Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 10)

स्थानीय

पोखरामा नर्सिङ होमका सञ्चालक सहित एकैदिन १४ जुवाडे पक्राउ

९ मंसिर,पोखरा । पोखराका दुई ठाउँबाट प्रहरीले एकैदिन चार लाख ३२ हजार तीन सय ९० रुपैयाँ सहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ । नयाँबजार स्थित मार्गदर्शन एकेडेमी बाट ९ जना र बिरौटाबाट ५ जना पक्राउ परेका हुन् । नयाँबजारमा मार्गदर्शन एकेडेमीका सञ्चालक ५८ बर्षीय पुर्णबहादुर श्रेष्ठ,अमरसिंह चोकका ५८ बर्षीय मीनबहादुर बराल,नयाँबजारका ४५ बर्षीय सोभीत केसी, ६० बर्षीय भरतकाजी ढुङगाना, महेन्द्रपुलका …

Read More »

विवेकशील साझा पार्टी, गण्डकी प्रदेशका उम्मेदवारहरूकाे वार्षिक चुनाबी भेला लमजुङ राइनासमा

पाेखरा, ९ मंसिर । विवेकशील साझा पार्टीकाे अहिलेकाे ध्यान संगठन विस्तारमा छ । प्रदेश स्तरमा संगठन निर्माण भइरहेका छन् भने संगठनका क्रियाशील सदस्यहरूले पनि अाफ्ना गतिविधिलाई अघि बढाइरहेका छन् । गण्डकी प्रदेश अन्तरगतका विभिन्न क्षेत्रका उम्मेदवारहरुले वार्षिक चुनाबी भेला लमजुङको राइनाश होमस्टेमा गरेका छन् । पार्टीले हालै प्रदेश संयाेजकमा महेश भण्डारीलाई चयन गरेकाे छ । प्रदेश अन्तर्गतका ११ वटै जिल्लामा …

Read More »

मिनि ट्रकको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

९ मंसिर,लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–८, डुँड्कुलामा मिनि ट्रकको ठक्करबाट एक बालिकाको घटनास्थलमै ज्यान गएको छ । प्रहरीका अनुसार बेसीशहरबाट डुम्रेतर्फ जाँदै गरेको बा २ क १९७६ नम्बरको मिनि ट्रकको ठक्करबाट सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी ६ वर्षीया करुणा गिरीको घटनास्थलमै ज्यान गएको हो । प्रहरीका अनुसार घटना आइतबार दिउँसो पौने २ बजे भएको हो । प्रहरीले मिनि ट्रक र चालक धादिङ भोला …

Read More »

तनहुँमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

८ मंसिर, तनहुँ । तनहुँमा मोटरसाईकल दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ । भानु नगरपालिका–३ ढिकुरादी स्थित डुम्रे बेशीशहर सडक खण्डमा ग १० प ४०३७ नं. को मोटरसाईकल दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाईकल चालक सोही ठाउँका ३० वर्षीय गणेश तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति बुझ्दा उक्त मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले …

Read More »

समृद्धिको सपना पुरा गर्न हजारौं प्राविधिकको खाँचो छ:किरण गुरुङ

७ मंसिर,पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले समृद्धिको सपना पुरा गर्न देशलाई हजारौं प्राविधिकहरुको खाँचो रहेको बताएका छन् । शुक्रबार पोखरा ईञ्जीनियरिङ्ग कलेजमा अनेरास्ववियूले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उनले अगाडी भने,“संघियतालाई संस्थागत बनाउन र सरकारको समृद्धिको यात्रा सफल पार्न प्राविधिक जनशक्तिहरुले विशेष भूमिका रहनेछ ।” कार्यक्रममा नवआगन्तुक …

Read More »

गण्डकी प्रदेशका शिक्षकहरुको सामाजिक विकास मन्त्रालय अगाडी धर्ना

अनुप पौडेल । ७ मंसिर, पोखरा । स्थानीय तहलाई शिक्षासम्बन्धी ऐन आफूखुशी बनाउन रोक लगाउनुपर्ने लगायतका माग सहित गण्डकी प्रदेशका शिक्षकहरुले शुक्रबार सामाजिक विकास मन्त्रालय अगाडी धर्ना दिएका छन । केन्द्रको कार्यक्रम अनुसार शिक्षक महासंघ गण्डकीको आयोजनामा शुक्रबार धर्नासंगै विरोध र जुलुस निकालिएको कार्यक्रम संयोजक एवम नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेलले जानकारी दिएका छन् । गण्डकी प्रदेशका प्रत्येक बिद्यालयका …

Read More »

पोखराका मुख्य सडकमै भेटिन्छन सडक बालबालिका,योजना र शब्दमा मात्र सिमित बाल अधिकार

७ मंसिर,पोखरा । पोखराको मुख्य मुख्य सडकमा सडक बालबालिकाहरु बोरा बोकेर र मानिसहरु सङ्ग पैसा मागेको दृश्य नौलो होइन । बाल अधिकार र बालश्रमको आवाज उठि रहदा ती सडक बालबालिका भने जाडोको समयमा सडकमै सुत्न बाध्य छन । पोखराको सडक छेउमा बालबालिका सम्बन्धी विभिन्न होडिङ्ग बोर्ड राखिएको छ र बालबालिकालाइ काम नलगाउन भनी लेखिएको हुन्छ । तर पोखरमा सडकमा रहेका बालबालिकाले …

Read More »

अवैध रुपमा विदेशी मुद्रा कारोवार गर्ने भारतिय सहित एक महिला पक्राउ

७ मंसिर,पोखरा । अवैध रुपमा विदेशी मुद्राको कारोबार गर्ने भारतिय नागरिक सहित एक नेपाली महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह र काठमाण्डौ महानगरपालिका ३५ की चन्दा थापा रहेका छन । प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतिय रुपैया, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैया …

Read More »

तनहुँको शुक्लागण्डकी–८ का वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

७ मंसिर,तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी विरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ। सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराएकी हुन्।उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ। इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार विकले वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता भएको र कानूनअनुसार अनुसन्धान गरिने बताए। उनका अनुसार अदालतको आदेशपछि …

Read More »

मंसिर १३ देखि हुने सफल पोखरा एक्सपो तथा मोवाइल मेलाको तयारी तीव्र

६ मंसिर, पोखरा । पोखरा उद्योग बाणिज्य संघले सफल पोखरा एक्सपो तथा तेस्रो मोवाइल मेला २०७५ को तयारी तीव्र पारेको छ । लगानीको सम्वद्र्धनःउद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराको साथ मंसिर १३ गतेदेखि मंसिर २४ गतेसम्म हुने मेलाको काम तीव्र पारिएको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई परिस्कृत गर्दै यो पटकदेखि एक्सपो …

Read More »