Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 3)

स्थानीय

पोखरामा भिरबाट लड्दा एकजना घाईते

मंसिर २५, पोखरा । पोखरामा भिरबाट लड्दा एक व्यक्ति घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका –२५ माथिल्लो हेम्जा सापकोटा चोकका ४५ बर्षिय बासुदेव गिरी रहेका छन् । मादक पदार्थ सेवन गरी घर नजिकैको भिरको बाटो हिड्ने क्रममा उनी अचानक करिब १०० मिटर तल खसेका थिए । घाईते गिरीको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । घटनाका विषयमा थप …

Read More »

फेवातालमा सुप्रिल डुबेकै ठाउँमा डुबे रोजन, लाइफ ज्याकेट नलगाई सेल्फी लिन खोज्नु मुख्य कारण (अपडेट)

पोखरा । असावधानीले पोखराका फेवाताल, बेगनासताल, फुस्रेखोला, फेवाताल ड्याम, सेती लगायतका क्षेत्रमा वर्षेनी दर्जनौंले अकालमा ज्यान गुमाईरहेका छन् । काठमाण्डौ ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल बोर्डबाट सेल्फि खिच्न खोज्दा फेवातालमा डुबेर बेपत्ता छन् । पूर्वान्ह साढे १० बजेतिर डुबेका उनको अवस्था अझै थाहा हुन सकेको छैन । यसअघि, गत जेठ १३ गते रामेछाप घर भई …

Read More »

फेवातालमा डुंगाबाट खस्दा काठमाडौंका राजन बेपत्ता

पोखरा, मंसिर २४ । फेवातालमा डुंगाबाट खसेर एक युवा बेपत्ता भएका छन्। सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ सेल्फी खिच्ने क्रममा डुंगाबाट डुबेर बेपत्ता भएका हुन्। सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका श्रेष्ठले फोटो खिच्नकै लागि तालको बिचमा पुगेपछि ज्याकेट उतारेका थिए । त्यसपछि मोवाईलबाट सेल्फी खिच्न लाग्दा उनी डुङ्गा बाट खसेर बेपत्ता भएको श्रेष्ठकी दिदि रोशनीलाई उदृत गर्दे …

Read More »

एलिनाको अध्यक्षतामा महानगर बाल मञ्चको नयाँ कार्यसमिति गठन

अनुप पौडेल । २३ मंसिर । पोखरा महानगर बाल मञ्चको अध्यक्षमा एलिना श्रेष्ठ चयन भएकी छन् । पोखरा महानगरपालिका सामाजिका शाखाको सहयोगमा सम्पन्न भएको महानगर स्तरीय बाल भेलाले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा सुवास अधिकारी,सचिवमा सन्देश वि.क,सहसचिवमा सोनिका बराल,कोषाध्यक्षमा प्रदिप राज पाण्डे चयन भएका छन् । त्यस्तै सदस्यमा क्रमश मौसमी अधिकारी,उद्दार अधिकारी,विनु माया प्रजा,उत्तम …

Read More »

पोखरामा एक व्यक्तिको आकस्मिक मृत्यु

मंसिर २३, पोखरा । पोखरामा अचानक मुटु दुखेको भन्दै ढलेका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ७० बर्षिय गोर्खाली भनि चिनिने पुरुष रहेका छन् । उनी पोखरा रामबजारका रुद्र पुनको मझेरीपाटनमा रहेको बङ्गुर फारममा बिगत ५ वर्ष देखि काम गर्दै आएका थिए । मुटु दुखेको भन्दै ढलेका उनलाई पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । …

Read More »

बागलुङमा सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

२३ मङ्सिर,बागलुङ । बागलुङ बजारमा सामूहिक रुपमा जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। बागलुङ नगरपालिका ४ उपल्लाचौर बस्ने २२ वर्षीय राम कुँवर,३३ वर्षीय हस्तबहादुर खत्री र २२ वर्षीय डेल्चन कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शनिबार राति उपल्लाचौर स्थित एक घरमा मदिरा सेवन गरी १७ वर्षीया एक किशोरीलाई मदिरा सेवन गराई सामूहिक रुपमा करणी गरेको उजुरीका आधारमा …

Read More »

पोखराको भलाम खोलामा बन्यो दुई कराेडकाे पक्की पुल

 २३  मंसिर,पोखरा । पोखरा महानगरपालिका-२०,स्थित भलामखोलामा झन्डै दुई करोड लागतमा पक्की पुल बनेको छ। नेपाल सरकारको १ करोड ७३ लाख ४२ हजार रुपैयाँ र १९ लाख २६ हजार ८९४ रुपैयाँ बराबरको जनश्रमदानबाट पुल निर्माण पूरा भएको हो। गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले नवनिर्मित पुलको शनिबार उद्घाटन गरेका छन् । उक्त अवसरमा उनले पुल निर्माणसँगै यस क्षेत्रको विकासको ढोका खुलेको बताए …

Read More »

बागलुङमा विष खाएर तीनजना विरामी

मंसिर २२, बागलुङ । बागलुङमा विष खाएर तीनजना विरामी भएका छन् । बिरामी हुनेमा ढोरपाटन नगरपालीका ९ सुप्राङकी ३० वर्षिय भुम्लि बि.क र उनका दुई छोरीहरु ११ वर्षिय राममाया बि.क. र ६ वर्षिय दानमाया बि.क.रहेका छन् । आफ्नै घरमा मुसा मार्ने बिषादी सेवन गरी गम्भिर अवस्थामा रहेका तीनैजनालाई उपचारका लागि अस्पताल पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले …

Read More »

स्याङजामा प्रेसर कुकर पड्कदा एक जना घाइते

मंसिर २२,स्याङ्जा । स्याङ्जामा प्रेसर कुकर पड्कँदा एकजना घाइते भएका छन् । वालिङ नगरपालीका १३ खानीडांडाकी २८ वर्षिय लक्ष्मी ढकाल आफ्नै घरमा खाना बनाउने क्रममा अचानक प्रेसर कुकर पड्किँदा घाइते भएकी हुन् । घाइते ढकाललाई उपचारको लागि नमस्ते हस्पिटल पोखरा ल्याइएको छ । घटनास्थलमा तत्कालै खटिएको प्रहरी टोलीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

Read More »

 चिसो बढेसगैँ मनाङमा हिमपात सुरु

मंसिर २२, मनाङ । हिमाली जिल्ला मनाङमा हिमपात सुरु भएको छ । जिल्लाका माथिल्लो भेगहरुमा हिमपात भए पछि जाडो ह्वात्तै बढेको छ । मनाङको सदरमुकाम चामेबाट तलका भेगहरुमा भने सामान्य हिमपात परेको छ । सामान्य हिमपात भएता पनि जाडो भने निकै बढेको छ । हिजो रातभर परेको हिमपातका कारण जिल्लामा अत्यधिक जाडो बढेको छ । हिमपात सुरु भएकोले जनजिवन कष्टकर बनेको …

Read More »