Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 334)

स्थानीय

संगीतकार थापाको शव बुधबार पोखरा ल्याईयो, विहिबार अन्त्येष्टी

रेम बिक पोखरा, १९ चैत । संगीतकार सुन्दर थापाको शव बुधबार अन्त्येष्टिका लागि नेपाल ल्याईएको छ । केहि दिन अगाडि उपचारको क्रममा चिनमा निधन भएका थापाको शव गोन्जाऊ, हङकङ, थाईल्याण्ड हुँदै बुधबार काठमाण्डौ ल्याईपु¥याईएको थियो । निधन भएका थापाका निकट मानिने संगीतकार सुनील थापाले दिएको जानकारी अनुसार थापाको शव बुधबार नै पोखरा ल्याईयो ।संगीतकार थापाको शवलाई विहिबार बाटुलेचौरस्थित निवासमा अन्तिम …

Read More »

आईफोन चोरी गर्ने पक्राउ

रञ्जन अधिकारी पोखरा, १९ चैत एक व्यक्तिको आईफोन चोरी गरी फरार दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत्र १३ गते दिउँसो लेखनाथ ७ तालचोक निवासी मिलन चौरेली रानाभाटको ५२ हजार मूल्यको आईफोन चोरी भएको थियो । खोजतलाको क्रममा पोखरा १७ घारीपाटन बस्ने २३ वर्षीय सन्तोष नेपाली र कास्की निर्मलपोखरी ५ का २२ वर्षीय नरेन्द्र आचार्यलाई चोरी गरेको मोबाईल …

Read More »

पाँचौ हेमजा आलु महोत्सवको समापन विहिबार

पोखरा, १९ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविस स्थित विष्णुपादुका खेल मैदानमा जारी पाँचौ हेमजा आलु महोत्सवको विहिबार समापन हुदै छ । महोत्सवको छैटौ दिन सम्म ८० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव भित्र र वाहिर गरि करिव तीन करोड ७५ लाख वरावरको कारोवार भएको मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । महोत्सवमा पहिलो पटक आधुनिक …

Read More »

हेमजा आलु महोत्सवमा पाँचौ दिनसम्म ७० हजार दर्शक

पोखरा, १८ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविस स्थित विष्णुपादुका खेल मैदानमा शुरु भएको पाँचौ हेमजा आलु महोत्सव जारी रहेको छ । महोत्सवको पाँचौ दिन सम्म ७० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव भित्र र वाहिर गरि करिव तीन करोड २५ लाख वरावरको कारोवार भएको मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । वेलुका पख हावा हुरी …

Read More »

पाँचौ हेमजा आलु महोत्सवमा दर्शको संख्या वढ्दो

पोखरा, १७ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविस स्थित विष्णुपादुका खेल मैदानमा शुरु भएको पाँचौ हेमजा आलु महोत्सवमा दर्शकहरुको सख्या वढ्दै गएको छ । अन्य महोत्सव भन्द फरक खालको भएको कारण पनि दर्शकहरुको संख्या वढ्दै गएको छ । किसान र उपभोक्ता विच सिधा सम्पर्क गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोले पनि दर्शकहरुको सख्या वढेको छ महोत्सव मुल अयोजक समितिका …

Read More »

निषेधित जिप ठेगान लगाउँदै ट्राफिक, राजनितिक आडमा गरिएको जबरजस्तीको अन्त्य

माधब पनेरु पोखरा, १७ चैत। पोखरा उपत्यका प्रवेश गर्न नपाउने गरी दर्ता भई बागलुङ बेनी लगायतका ग्रामीण सडकहरुमा सञ्चालित जिपहरुलाई निषेधित क्षेत्रमा प्रवेश रोक्न बगर ट्राफिकले कडाई गरेको छ । विगत लामो समयदेखि धौलागिरी अञ्चलबाट चल्ने त्यस्ता जिपहरु पोखराको मुटु सिर्जनाचोक सम्म निर्वाध प्रवेश गरी यात्रु ओसार पसार गर्दै आएका थिए । कानूनत पोखरा उपत्यकामा प्रवेश नगर्ने गरी दर्ता भई …

Read More »

सरगम साँस्कृतिक कला केन्द्रले सुर ताल गर्ने

पोखरा, १७ चैत। सरगम साँस्कृतिक कला केन्द्रले गण्डकी अञ्चल व्यापी सुर ताल २०७१ गर्ने भएको छ । कला–संस्कृति र संगीतको उत्थानका लागि भन्ने मुल नारका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको अडिसन राउण्ड चैत २२ गते बाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउनका लागि संयोजकमा प्रशान्त सुनार, सहसंयोजकमा प्रिती गुरुङ नानी, सचिवालयमा सन्तोष सोनुव्यास, साँस्कृति संयोजकमा रोहीत …

Read More »

छोँज धीं ले ट्हो टे पर्व मनाउने

पोखरा १७ चैत्त तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्की जिल्ला कार्यसमितिको नियामित बैठकले तमुहरुको साँस्कृति पर्व ट्हो टे परम्परागत रुपमा मनाउने निर्णय गरेको छ । तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्कीका उपाध्यक्ष सुवेदार नन्द बहादुर तमुकोे अध्यक्षतामा बसेको जिल्लाको २८ आँै बैठकले चैत्तको अन्तिम मंगलबार मनाउदै आएको ट्हो टे पर्व यस वर्ष पनि विभिन्न क्षेत्रमा मनाउने …

Read More »

बरोजगार युवायुवतीलाई आधारभुत बेकरी तालिम

कृपा भण्डारी चैत १६, पोखरा । सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा शान्ति गृहको सहयोगमा बेराजगार युवायुवतीहरुलाई तीन हप्ते आधारभुत बेकरी तालिम प्रदान गरेको छ । जर्मनमा लामो समय सम्म बेकरी सम्बन्धी ज्ञान हासिल गरेका माधव केसीले प्रदान गर्नुभएको तालीममा ९ जनाको सहभागिता रहेको थियो । उनीहरुलाई क्यारोट केक, क्यासुनेट कुकिज, आलमाने कुकिज, पिजा लगायत विभिन्न १३ वटा आइटम …

Read More »

पोखराको पाँच तारे होटल फुलबारीको व्यावस्थापन क्लार्कलाई

सागर राज तिमिल्सिना पोखरा, १५ चैत आर्थिक अवस्था कम्जोर भएर समस्यामा परेको पोखराको पाँच तारे होटल फुलबारी भारतीय होटल समुह क्लार्कको व्यवस्थापनमा सन्चालनमा आएको छ । १५ वर्षे सम्झौता अनुसार क्लार्क समूहले जनवरी २०१४ देखि फुलबारीमा व्यवस्थापन र बजारीकरणको जिम्मेवारी लिएको हो । व्यापारिक घराना अमात्य समुहले सन् १९९८ बाट पोखरामा होटल सन्चालनमा ल्याएको थियो । शनिवार पत्रकार सम्मेलन गरि …

Read More »