Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 340)

स्थानीय

सगरमाथा चुम्ने अभियानमा एचआईभी संक्रमित श्रेष्ठ

रञ्जन अधिकारी,पोखरा ३० कार्तिक / एचआईभी संक्रमितहरु समाजमा अझै सार्वजनिक हुन सकिरहेका छैनन्, कारण एउटै हो समाजमा अपहेलित हुने डर । अझै पनि समुदायमा एचआईभी संक्रमितहरुलाई हेर्ने नजर सकारात्मक छैन । जसरी एचआईभी लागुन्, धेरैले यौन आशक्तिले नै रोग लाग्यो भनेर छिःछिः गर्ने गरेको पीडितहरुको गुनासो छ । यौन व्यवसायीसँग असुरक्षित सम्पर्कका साथै सुई साटासाट गरी लागूपद्धार्थ प्रयोगले पनि अधिक मात्रामा …

Read More »

सकियो तीन दिने वृहत शैक्षिक मेला/ मेलामा विद्यार्थी र अभिभावकहरुको उल्लेख्य भीड : ईक्यान

रेम बिक ,पोखरा ३० कात्तिक/  विद्यार्थी र अभिभावकहरुको बाक्लो सहभागिता सहित दोस्रो ‘वृहत शैक्षिक मेला’ आईतबार सकिएको छ । विग एफएमको प्रस्तुतीमा नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले आयोजना गरेको तीन दिने वृहत शैक्षिक मेला निकै सफल भएको आयोजकले बताएका छन् । ‘मेला निकै सफल रह्यो र आयोजकको रुपमा हामी पुर्ण रुपमा सन्तुष्ट छौँ ।’ ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले …

Read More »

स्थानीयको आरोप– महेन्द्रगुफाको आम्दानी लिने तर गुफा व्यवस्थापनका लागि केहि नगर्ने ?

रञ्जन अधिकारी पोखरा, २९ कार्तिक / पोखराका प्रमुख पर्यटकीय गन्तव्यमा पर्छन् वडा नं. १६ बाटुलेचौरस्थित महेन्द्र गुफा र चमेरे गुफा । यी गुफाका स्वामित्व स्थानीय विन्ध्यवासिनी उच्च माविको अधिनमा छ । तत्कालिन राजा महेन्द्रको भ्रमणपछि स्थानीयले विद्यालय सञ्चालनका लागि गुफाको रेखदेख गर्ने र त्यसबाट प्राप्त हुने आम्दानी विद्यालयलाई हुने गरि पाउन बिन्ती गरेअनुसार २०३२ सालपछि राजा वीरेन्द्रको आदेश अनुसार नै …

Read More »

दोस्रो ईक्यान वृहत शैक्षिक मेलामा परामर्श लिने विद्यार्थीको घुईंचो

रञ्जन अधिकारी पोखरा, २९ कात्तिक । पोखरा सभागृहमा जारी दोस्रो ईक्यान वृहत शैक्षिक मेलामा विद्यार्थीको घुईंचो बढेको छ । दोस्रो दिनको समाप्तिसम्म गत वर्षको तुलनामा अत्यधिक युवाहरु वैदेशिक अध्ययन परामर्शका लागि आएको आयोजक ईक्यान कास्कीले जानकारी दिएको छ । शनिबारको दिन बिदा परेकाले पनि विद्यार्थीहरुको उपस्थिति बढेको हो । मेला प्रवेशका लागि निःशुल्क व्यवस्था भएकाले कतिको संख्यामा विद्यार्थी आए भनेर …

Read More »

विमानस्थल पछि अबको चासो ‘पोखरा बसपार्क’

रञ्जन अधिकारी. पोखरा २८ कार्तिक । चार दशक भयो पोखराको पृथ्वीचोकमा व्यवस्थित बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण भएको । तर, त्यसबेला छुट्टाईएको दुई सय पाँच रोपनी जग्गा अहिले ८१ रोपनीमा खुम्चिएको छ । २०६४ सालको नगर योजना अनुसार एक सय २५ रोपनी क्षेत्रमा बसपार्क निर्माण गर्न प्रतिवेदन तयार भएको थियो तर सात वर्ष पछि त्यसको पनि एक तिहाई जग्गा अतिक्रमणमा …

Read More »

ईक्यान मेलाको उद्घाटनमा नायक हमाल श्रीमतीसँगै

बिग न्युज पोखरा, २६ कार्तिक / नेपाली चलचित्र जगतका महानायक राजेश हमाल सपत्नी पहिलो पटक पोखरा आउँदैछन् । गत जेठमा विवाह बन्धनमा बाधिँएका हमाल पहिलो पटक पोखरामा पत्नी मधु भट्टराई सहित सार्वजनिक हुन लागेका हुन् । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा बिग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतीमा पोखरामा कात्तिकको २८ गतेदेखि ३० गतेसम्म चल्ने दोस्रो ट्रिनिटी ईक्यान बृहत …

Read More »

पोखरा बसपार्क निर्माणको लागि नागरिक सरोकार समिति गठन

गोकुल बानियाँ , पोखरा २५ कार्तिक । झण्डै ४० बर्षदेखि निर्माण हुन नसकेको पोखरा बसपार्क निर्माणमा दवाब दिन नागरिक सरोकार समिति गठन गरिएको छ । मंगलवार पोखरामा आयोजित सर्बपक्षिय भेलाबाट पोखरा बसपार्क निर्माण सरोकार समिति गठन गरिएको हो । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थाापा संयोजक रहेको समितिमा नागरिक समाजका राम बहादुर पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, …

Read More »

बिग एफएमको प्रस्तुतिमा दोस्रो ईक्यान ‘वृहत शैक्षिक मेला’ कार्तिक अन्तिम साता, तयारी तीब्र

रेम बिक पोखरा, २४ कार्तिक । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतिमा कार्तिक अन्तिम साता पोखरामा दोस्रो बृहत शैक्षिक मेला हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी शैक्षिक मेलाको तयारी तीब्र रुपमा अघि बढेको जानकारी दिएको छ । कात्तिकको २८ गतेदेखि ३० गतेसम्म चल्ने बृहत शैक्षिक मेलालाई नेपाली फिल्म उद्योगका महानायक …

Read More »

पत्रकार शर्मा बाबा आनन्द सञ्चार पुरस्कारबाट सम्मानित

रञ्जन अधिकारी पोखरा २३ कार्तिक/ कान्तिपुर दैनिक पोखरा ब्युरोमा कार्यरत पत्रकार लालप्रसाद शर्मा बाबा आनन्द सञ्चार पुरस्कारबाट सम्मानित भएका छन् । बाबा फाउण्डेशन नेपालले बाल अधिकार र वातावरण संरक्षणको Ôेत्रमा कलम चलाएको भन्दै शर्मालाई आफ्नो सातौं वार्षिक साधारणसभाको अवसरमा आईतबार १० हजार एक पुरस्कार राशी सहित सम्मान गरेको हो । पोखरामा आयोजित एक समारोहका बीच पश्चिमाञ्चल Ôेत्रीय प्रशासक दिनेश कुमार थपलिया, नेपाल …

Read More »

विश्व शान्ति स्तुपमा वार्षिक विशेष पूजा पोखराकै पर्यटकीय केन्द्रलाई संरक्षणको खाँचो

रञ्जन अधिकारी पोखरा, २२ कार्तिक / कास्कीको पुम्दीभुम्दी १ अनदुडाँडा, मिनथुम्कि स्थित विश्व शान्ति स्तुपको १५ औं वार्षिकोत्सवको अवसरमा शनिबार विशेष पूजा सम्पन्न भएको छ । प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, भारतको उडिसा भुवनेश्वरबाट आएका प्रमुख भिक्षु योदा सोनी, धर्मशिला बुद्ध विहार पोखराका भिक्षु श्रद्धानन्द लगायतले सामूहिक रुपमा दीप बालेर पूजा शुभारम्भ गरेका थिए । निप्पोन जान म्योहोजीका भिक्षुहरुले …

Read More »