Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 359)

स्थानीय

माईक्रोबस सेवालाई स्तरीय बनाउनुपर्नेमा जोड, मोबाईल प्रयोगले हुने दुर्घटनाको जिम्मेवारी व्यवसायीले नै लिनुपर्ने

रञ्जन अधिकारी पोखरा, १७ साउन / ‘पृथ्वी राजमार्ग बस सञ्चालक समितिले दादागिरी देखाउँछ । बढि पैसा असुल्छ, तर स्तरीय सेवा दिँदैन भनेर सुन्दै आएका छौं । यस्तो हुनुहुँदैन ।’ यो भनाई आम सर्वसाधारणको होईन, स्वयं समितिकै अध्यक्ष ऐन कुमार शाहीको हो । ‘हामीमाथि लाग्ने आरोपलाई चिर्न हाम्रो सेवा स्तरीय बनाउन जरुरी छ ।’ उनले यातायात क्षेत्रमा विकृतिहरु नभएका होईनन् भन्दै …

Read More »

ममिता प्रतिष्ठानद्वारा समाजमा योगदान दिएका चार व्यक्तित्व सम्मानित

रञ्जन अधिकारी पोखरा, १७ साउन / ममिता गौतम स्मृति प्रतिष्ठान, रामबजार पोखराले समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका चार व्यक्तित्वलाई शनिबार एक समारोहकाबीच सम्मान गरेको छ । पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख शिक्षासेवी जर्ज जोन, दलित आन्दोलनका अगुवा तथा राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पदमसिंह विश्वकर्मा, पूर्वसभासद कृष्णकुमारी परियार र समाजसेवी महेश गुरुङलाई दोसल्ला र सम्मानपत्रले कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले …

Read More »

लामाचौर गाविसको सार्वजनिक सुनुवाई, नागरिकको प्रश्न – एउटै गाविसमा पनि घार्मी बासीलाई किन विभेद ?

रञ्जन अधिकारी पोखरा, १६ साउन / ‘पोखरा उपमहानगरपालिकासँगै जोडिएको गाविस लामाचौर, यहाँको वडा नं. १ देखि ६ सम्म शिक्षा, स्वास्थ्य, पानी तथा सडकमा सुगम तर घार्मी ७ देखि ९ सम्म खानेपानी समेत डोकोबाट बोकेर खानुपर्ने बाध्यता । एकै गाविसमा पनि घार्मीबासीलाई किन विभेद ?’ यो प्रश्न वडा नंं ७ की संयोजक ज्योति पौडेलको हो । शुक्रबार भएको कास्कीको लामाचौर गाउँ विकास समितिको …

Read More »

चालीस वर्षपछि बाटुलेचौरमा लाखे नाच प्रदर्शन

रञ्जन अधिकारी पोखरा, १६ साउन / ‘एघार वर्षको उमेरमै बिहे गरेर घार्मीबाट बाटुलेचौर झरेकी हुँ । त्यतिबेला यहाँका नेवारहरुले लाखे नाच, गाईजात्रा देखाउँथे, यही मैदानमा तीजे मेला हुन्थ्यो ।’ पोखरा १६ बाटुलेचौरकी ७० वर्षीया हरिदेवी तिमिल्सिना शुक्रबार भन्दै थिईन् ‘ओमकुमार साहु बुढा, उनका छोरा टेकनारानको शेषपछि त लाखेनाच निकाल्ने चलनै हरायो ।’ नेवारहरुको बाहुल्य रहेको काठमाण्डौंमा नेवार समुदायले आफ्नो संस्कृतिलाई थाम्दै आएपनि …

Read More »

घाट प्रयोगको बिषयलाई लिएर झडप, खानी संचालन रोक्न पुगेका गाउँले माथि ठेकेदार पक्ष र प्रहरीको कुटपिट, ११ जना घाईते

१६ साउन, पोखरा । जिल्ला विकास समितिले टेण्डर निकालेको द्धार कस्सीयार घाटको खानी संचालनमा अवरोध पुर्याएको भन्दै ठेकेदार पक्ष केटाहरुले कास्कीको निर्मल पोखरीका गाउँलेलाई कुटपिट गरेका छन् । स्थानीयवासीले ठेकेदारले गुण्डा प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरी समेतको कुटपिटबाट ११ जना घाईत भएका छन् । घाईते मध्ये एकको अवस्था गंभिर रहेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् । आक्रमणबाट ७६ बर्षिय …

Read More »

कास्की स्थित कार्यालयहरुको वार्षिक प्रगति समिक्षा, जनताले कस्तो सेवा पाए ? मनन गर्न प्रजिअद्वारा ध्यानाकर्षण

रञ्जन अधिकारी पोखरा, १५ साउन / कास्कीका कार्यालयहरुको वार्षिक प्रगति समिक्षा गोष्ठी विहीबारदेखि सुरु भएको छ । जिल्ला विकास समितिको कार्यालय लगायत जिल्लाका विकाससँग सम्बन्धित सरकारी कार्यालयहरु, संस्थान, गैरसकारी संघसंस्थाको प्रगति प्रतिवेदन पेश हुनेछन् । समिक्षा गोष्ठीमा सम्बन्धित कार्यालय, संघसंस्थाबाट प्रस्तुत प्रतिवेदन माथि सहभागीहरुबाट आएका टिप्पणी, जिज्ञासाको जवाफ सम्बन्धित संघसंस्थाका प्रमुख एवं प्रतिनिधिले दिनेछन् । विहिबार आर्थिक विकास समिति तथा भौतिक पूर्वाधार …

Read More »

विद्युत प्राधिकरण पोखरा कार्यालयमा १ घण्टा तालाबन्दी

पोखरा १५ साउन । पोखराको पृथ्वीचोकका स्थानीयबासीले ६ दिनदेखि विजुली नआए पछि विद्युत प्राधिकरण पोखरा कार्यालयमा १ घण्टा ताला बन्दि गरेका छन् । उनिहरुले १ घण्टा ताला बन्दि गरे पछि विद्युत प्राधिकरण पोखराका कर्मचारीहरु आज साझँ ८ बजे सम्ममा विद्युत दिने बताए पछि उनिहरुले ताला खुल्दीएका थिए । पृथ्वीचोकस्थित ट्रान्सफर्मर विग्रिदा पोखराको पृथ्वीचोकका बासीन्दा ६ दिन देखि अन्धकारमा बस्न बाध्य …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा ‘मह’ जोडी

रेम बिक, पोखरा १४ साउन । साँगीतिक रियालिटि शो विग आईकनमा हरेक पटक फिल्मी सेलिब्रिटीलाई प्रमुख अतिथि बनाउँदै आएको पोखराको विग एफएमले यो पटक मह जोडीलाई पोखरा ल्याउने भएको छ । भदौ सात गते पोखरा सभागृहमा हुने पाँचौ सँस्करणको विग आईकनमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी प्रमुख अतिथि हुनेछन् । विग एफएमले यसको पुष्टी गरेको हो । ‘लाखौँ नेपालीको …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा उत्कृष्ट नौ छनौट, राजिव बाहिरिए

रञ्जन अधिकारी. पोखरा, १३ साउन / पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा तनहूँका राजिव परियार टपटेनबाट बाहिरिएका छन् । आईतबारको प्रस्तुतिका आधारमा मंगलबार घोषणा गरिएको टप नाईनको नतिजा अनुसार राजिव आउट भएका हुन् । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णयको आधारमा परियार प्रतियोगिताबाट बाहिरिएको एफएमले जनाएको छ । …

Read More »

सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनमा टप नाईन मंगलबार छानिने, भोटिङ गर्ने क्रम जारी

बिग न्युज पोखरा, १२ साउन । पश्चिमाञ्चलकै नम्बर वान एफएम, बिग एफएमले आयोजना गरेको पाँचौ संस्करणको सामसुङ ग्यालेक्सी ग्राण्ड निओ बिग आईकनका टपटेन प्रतिष्पर्धीबाट मंगलबार एक जना बाहिरिने भएका छन् । आईतबार टप टेन प्रतिष्पर्धीले आफ्नो प्रस्तुति राखेका थिए । श्रोताको एसएमएस भोटबाट ४० प्रतिशत र निर्णायकहरुको ६० प्रतिशत निर्णय अनुसार आईतबारको प्रस्तुतिका आधारमा एक जना बाहिरिएर टप नाईन बाँकी रहनेछन् । …

Read More »