Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 362)

स्थानीय

पोखरामा ५७ औं राष्ट्रिय सहकारी दिवस मनाइयो, उत्कृष्ट पुरस्कृत, काम नगर्ने कारबाहीमा

रञ्जन अधिकारी पोखरा, २० चैत ‘सहकारी मार्फत दिगो आर्थिक विकास तथा सामाजिक न्याय’ नाराका साथ कास्कीमा पनि ५७ औं राष्ट्रिय सहकारी दिवस वृहत ¥याली सहित विहिबार मनाईएको छ । पोखराको चिप्लेढुंगाबाट झाँकी, बाजागाजा तथा भजन सहित निकालिएको ¥याली पोखरा सभागृहमा गई सहकारीसभामा परिणत भएको थियो । सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथ कास्कीका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले अहिले …

Read More »

पत्रकार महासंघका लागि सहयोगी हातहरु बढ्दै

पोखरा, १९ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाको निर्माणाधिन बहुउद्देश्यीय भवनको लागि आर्थिक सहयोग संकलन अभियानले तिव्रता पाएको छ । यो क्रममा कतिपय संघ संस्थाले स्वतस्फूर्त रुपमा र कतिपयले महासंघको आग्रह स्वीकार गरी आर्थिक सहयोग गरेका छन् । यसैक्रममा बुधबार पोखराको लेकसाईड स्थित माउन्ट कैलाश रिर्सोटले ५० हजार २५ रुपैया सहयोग गरेको छ । रिसोर्टका सञ्चालक नरेश भट्टराईले भवन …

Read More »

खैरेनीटार महोत्सवको तयारी पुरा, दुई लाख दर्शक भित्र्याइने

पवन पौडेल चैत्र १९, दमौली । शुक्रबारबाट खैरेनीटारमा शुरु हुने छैठौं खैरेनीटार महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गर्दै आयोजकले स्टल निर्माण तथा प्रचार प्रसारका कामहरु सकेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका मुल संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार एकाई समितिका सभापति हरिबहादुर थापाले खैैरेनीटार तथा आसपासको पर्यटन …

Read More »

संगीतकार थापाको शव बुधबार पोखरा ल्याईयो, विहिबार अन्त्येष्टी

रेम बिक पोखरा, १९ चैत । संगीतकार सुन्दर थापाको शव बुधबार अन्त्येष्टिका लागि नेपाल ल्याईएको छ । केहि दिन अगाडि उपचारको क्रममा चिनमा निधन भएका थापाको शव गोन्जाऊ, हङकङ, थाईल्याण्ड हुँदै बुधबार काठमाण्डौ ल्याईपु¥याईएको थियो । निधन भएका थापाका निकट मानिने संगीतकार सुनील थापाले दिएको जानकारी अनुसार थापाको शव बुधबार नै पोखरा ल्याईयो ।संगीतकार थापाको शवलाई विहिबार बाटुलेचौरस्थित निवासमा अन्तिम …

Read More »

आईफोन चोरी गर्ने पक्राउ

रञ्जन अधिकारी पोखरा, १९ चैत एक व्यक्तिको आईफोन चोरी गरी फरार दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत्र १३ गते दिउँसो लेखनाथ ७ तालचोक निवासी मिलन चौरेली रानाभाटको ५२ हजार मूल्यको आईफोन चोरी भएको थियो । खोजतलाको क्रममा पोखरा १७ घारीपाटन बस्ने २३ वर्षीय सन्तोष नेपाली र कास्की निर्मलपोखरी ५ का २२ वर्षीय नरेन्द्र आचार्यलाई चोरी गरेको मोबाईल …

Read More »

पाँचौ हेमजा आलु महोत्सवको समापन विहिबार

पोखरा, १९ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविस स्थित विष्णुपादुका खेल मैदानमा जारी पाँचौ हेमजा आलु महोत्सवको विहिबार समापन हुदै छ । महोत्सवको छैटौ दिन सम्म ८० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव भित्र र वाहिर गरि करिव तीन करोड ७५ लाख वरावरको कारोवार भएको मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । महोत्सवमा पहिलो पटक आधुनिक …

Read More »

हेमजा आलु महोत्सवमा पाँचौ दिनसम्म ७० हजार दर्शक

पोखरा, १८ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविस स्थित विष्णुपादुका खेल मैदानमा शुरु भएको पाँचौ हेमजा आलु महोत्सव जारी रहेको छ । महोत्सवको पाँचौ दिन सम्म ७० हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सव भित्र र वाहिर गरि करिव तीन करोड २५ लाख वरावरको कारोवार भएको मुल आयोजक समितिका संयोजक रमेश कार्कीले जानकारी दिए । वेलुका पख हावा हुरी …

Read More »

पाँचौ हेमजा आलु महोत्सवमा दर्शको संख्या वढ्दो

पोखरा, १७ चैत। आलु गाउको रुपमा परिचित कास्कीको हेमजा गाविस स्थित विष्णुपादुका खेल मैदानमा शुरु भएको पाँचौ हेमजा आलु महोत्सवमा दर्शकहरुको सख्या वढ्दै गएको छ । अन्य महोत्सव भन्द फरक खालको भएको कारण पनि दर्शकहरुको संख्या वढ्दै गएको छ । किसान र उपभोक्ता विच सिधा सम्पर्क गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोले पनि दर्शकहरुको सख्या वढेको छ महोत्सव मुल अयोजक समितिका …

Read More »

निषेधित जिप ठेगान लगाउँदै ट्राफिक, राजनितिक आडमा गरिएको जबरजस्तीको अन्त्य

माधब पनेरु पोखरा, १७ चैत। पोखरा उपत्यका प्रवेश गर्न नपाउने गरी दर्ता भई बागलुङ बेनी लगायतका ग्रामीण सडकहरुमा सञ्चालित जिपहरुलाई निषेधित क्षेत्रमा प्रवेश रोक्न बगर ट्राफिकले कडाई गरेको छ । विगत लामो समयदेखि धौलागिरी अञ्चलबाट चल्ने त्यस्ता जिपहरु पोखराको मुटु सिर्जनाचोक सम्म निर्वाध प्रवेश गरी यात्रु ओसार पसार गर्दै आएका थिए । कानूनत पोखरा उपत्यकामा प्रवेश नगर्ने गरी दर्ता भई …

Read More »

सरगम साँस्कृतिक कला केन्द्रले सुर ताल गर्ने

पोखरा, १७ चैत। सरगम साँस्कृतिक कला केन्द्रले गण्डकी अञ्चल व्यापी सुर ताल २०७१ गर्ने भएको छ । कला–संस्कृति र संगीतको उत्थानका लागि भन्ने मुल नारका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिताको अडिसन राउण्ड चैत २२ गते बाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफल बनाउनका लागि संयोजकमा प्रशान्त सुनार, सहसंयोजकमा प्रिती गुरुङ नानी, सचिवालयमा सन्तोष सोनुव्यास, साँस्कृति संयोजकमा रोहीत …

Read More »