Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय (page 375)

स्थानीय

पृथ्वी राजमार्गमा दिन दिनै अवरोध, अवरोधकर्ताको आक्रमणबाट प्रनानि सहित छ प्रहरी घाईते

पवन पौडेल, दमौली १३ बैशाख/ स्काईभेटरको ठक्करबाट स्थानीय दुई युवाको ज्यान गएपछि मुख्य दोषी चालकलाई कारबाही गर्नुपर्ने माग गर्दै राजमार्गमा अवरोध गरेका स्थानीयको आक्रमणबाट छ प्रहरी घाइते भएका छन् । घाइते प्रहरी नायव निरीक्षक भवानीप्रसाद धमलाको पोखराको मणिपाल  शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भैरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको र ३० भन्दा बढि टाँका लगाईएको बताईएको छ । …

Read More »

सुरुङमा पुरिएका मध्ये एक जना मृत फेला, २ मजदुरको अबस्था अझै अज्ञात

गोकुल बानियाँ, पोखरा १३ बैशाख  । कास्कीको सिल्दुजुरेमा निर्माणधिन माथिल्लो मादी जलबिद्युत आयोजनाको सुरुङमा शुक्रबारदेखि पहिरोले पुरिएका ३ मजदुरमध्ये एक जनाको शव फेला परेको छ । दुलेगौंडा ८ तनहुँका २१ वर्षीय सुजन गुरुङ मृत अवस्थामा फेला परेका हुन् । अझै दुई जना वेपत्ता छन् । उदयपुरका अर्जुन तामाङ र नरेन्द्र तामाङको अबस्था थाहा हुन नसकेको कास्की प्रहरीले जनाएको छ । …

Read More »

मेकानिक्सहरु पढेर होईन परेर बनेका ईञ्जिनियर: अधिकारी

रञ्जन अधिकारी, पोखरा, १३ वैशाख/ कास्की मोटरसाईकल वर्कशप (मेकानिकल) एशोसियसनको पाँचौ वार्षिक साधारणसभा पोखरामा शनिबार सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका सभासद् रविन्द्र अधिकारीले औद्योगिक विकास भईनसकेको हाम्रो जस्तो मुलुकमा विकासको आधार तहमा रहेका मेकानिक्सहरुको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुको क्षमता अभिवृद्धि तथा पेशागत हित, अधिकारका लागि सोच्नुपर्ने बताए । उनले मेकानिक्सहरु ईञ्जिनियर भएको उल्लेख गर्दै देश …

Read More »

माथिल्लो मादीको सुरुङमा थुनिएका १३ कामदार सम्पर्कमा, ३ को अवस्था अझै अज्ञात

गोकुल बानियाँ, पोखरा १२ बैशाख/कास्कीको सिन्दुजुरेमा निर्माणधिन माथिल्लो मादी जलबिद्युत आयोजनामा पहिरो जादा सुरुङभित्र थुनिएका मध्य १३ मजदुर बाहिरी सम्पर्कमा आएका छन् । सुरुङ भित्र कार्यरत १६ मध्य १२ नेपाली र एक चिनिया सकुसल सम्पर्कमा आएका हुन् । दिउसो साढे एक बजे माथिबाट आएको पहिरोले सुरुङको बाहिरी भाग पुरेपछि भित्र कार्यरत १६ मध्य ३ जनाको अबस्था अज्ञात रहेको सम्पर्कमा आएका मजदुरले बताएका …

Read More »

आयात प्रतिस्थापन पहिलो आवश्यकता: अध्यक्ष पाण्डे

पोखरा,१२ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले उत्पादनमूलक क्षेत्रमा लगानी र आयात प्रतिस्थापन नेपालको पहिलो आवश्यकता भएको औँल्याएका छन् । उनले आफू नेतृत्वको महासंघले उत्पादनमुखी कार्यक्रममा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । महासंघको नेतृत्व सम्हालेपछि पहिलो पटक राजधानी बाहिरको औपचारिक कार्यक्रममा देखिएका पाण्डेले ब्यवसायीक एकता,लगानीको सुरक्षा, औद्योगिक नीति, मजदूर र ब्यवस्थापनबीचको समस्या समाधानमा पनि …

Read More »

मनाङका पत्रकार बीपी लामाको निधन

पोखरा, १२ बैशाख/मनाङका पत्रकार बीपी लामाको उपचारका क्रममा विहिवार दिउँसो निधन भएको छ । ‘लिभर सिरोसिस’ अर्थात कलेजो सम्बन्धि रोगबाट पीडित पत्रकार लामाको काठमाण्डूको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । केहि समय पहिलेबाट विरामी भएका उनको उपचारका लागी अस्पतालमा राखिएको थियो ।

Read More »

एमाओवादी कास्की ३८ जिल्ला समिति सदस्य निर्वाचित

पोखरा, ८ बैशाख/एमाओवादी कास्कीको आइतबार साँझ सम्पन्न निर्वाचनमा ३८ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । एमाओवादीको इतिहासमा पहिलो पटक निर्वाचन प्रणालिबाट समिति चुनिएको हो । समितिको पदाधिकारी भने आज बस्ने जिल्ला समितिको बैठकले चुन्ने छ । बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष चयन गर्नेछ । सामुहिक नेतृत्वमा पार्टी पहिलो पटक जान लागेको हो । एमाओवादी कास्कीमा अधिकांश युवापक्ति विजयी …

Read More »

मुस्ताङको कोवाङमा चौरीको रगत खाने मेला बैशाख दोस्रो साता

पोखरा ६ वैशाख /धौलागिरी चौरी समुह कोवाङ मुस्ताङको आयोजनामा मुस्ताङको कोवाङ गाविसमा पर्ने वोक्सीखोलामा वैशाख ८ देखि २५ गतेसम्म चौरीको रगत खाने मेला हुने भएको छ । परम्परागत रुपमा मनाईदै आएको उक्त महोत्सव यस बर्ष पनि आयोजना हुन लागेको समुहका अध्यक्ष सकेन्द्र गौचनले बताए । श्रावण तथा वैशाख महिनामा चौरीको रगत खाने भए पनि वैशाख महिनामा सडक क्षेत्र नजिक चौरी …

Read More »

शान्ति प्रक्रिया भाड्न स्वदेशी र विदेशी लागे – नेता श्रेष्ठ

पोखरा, ५ बैशाख/एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले स्वदेशी र विदेशी तत्वहरुले शान्ति पक्रिया भाड्न खोजेको बताएका छन् । एकीकृत नेकपा माओवादी कास्कीको छैटौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै श्रेष्ठले शान्ति प्रक्रियाका अन्य पक्षलाई तोडेर सविधान बन्न नसक्ने बताउदै सविधान नबनी लोकतन्त्रको सरक्षण हुनै नसक्ने बताए । उनले शान्ति प्रक्रियाका पक्षलाई तोड्ने केहि मानव अधिकार बादि र विदेशी शक्ति शान्ति प्राक्रिया …

Read More »

फेवातालमा खसेका ४ विदेशीको उद्दार

पोखरा, वैशाख ४ – पोखराको फेवातालमा डुबेका ४ जना विदेशी पर्यटकलाई प्रहरीले उद्दार गरेको छ  । सशस्त्र प्रहरी सहायक निरीक्षक रमेशबहादुर थापाका अनुसार दिउँसो चलको हावाहुरीले छाल आएपछि डुंगा पल्टिँदा न्यूजिल्याण्डका ४ जना पर्यटक डुबेका थिए । उनीहरु सबैलाई सकुशल उद्दार गरिएको थापाले जानकारी दिए ।

Read More »