Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय

राष्ट्रिय

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् । सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो । भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर लुम्बनी …

Read More »

नेकपाको बन्दले पोखरा ठप्प,एक ठाउँमा भेटियो शंकास्पद वस्तु

पोखरा, साउन २९ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको असर पोखरामा पनि असर देखा परेको छ । केही फाट्टफुट्ट मोटरसाईकल र अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प छ । पसलहरु भने बन्द नै रहेका छन्  । विप्लवको बन्दले स्कुल तथा कलेजहरु पनि बन्द छन् भने पोखरा सुनसान छ । आजै गुरुङहरुको महान चाड ट्होंटे पर्व भएकोले …

Read More »

ओली-प्रचण्ड नेतृत्वको ने.क.पा. विरुद्ध उजुरी,दल दर्ता खारेज गर्न माग

२९ साउन, काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपाले आयोगमा उजुरी गरेको हो । तत्कालीन एमाले र तत्कालीन माओवादी बीच एकता भएपछि नयाँ पार्टीको नाम ने.क.पा. राखेर निर्वाचन आयोगमा दर्ता गरिएको छ जुन नाम कट्टेल नेतृत्वको नेकपासँग मिल्छ । त्यसैले …

Read More »

तनहुँबाट काठमाण्डौं गएका बालक बेपत्ता, बसमा सँगै गएकाले ‘अपहरण’ गरेको आमाको उजुरी

पोखरा । तनहुँका एक बालक काठमाण्डौ पुग्नेबित्तिकै अपहरणमा परेका छन् । आइतबार तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट काठमाडौं गएकी सीता महतका ९ वर्षीय छोरा सिजान्त महत काठमाण्डौमा झर्ने बित्तिकै हराएका हुन् । सोमवार बिहान काठमाडौं पुगेका बालककी आमाले गोंगबु प्रहरीमा दिएको उजुरी अनुसार तनहुँबाट काठमाडौं पुगेलगत्तै उनको छोरा ‘अपहरण’ मा परेका हुन् । तनहुँबाट सोही गाडीको एकै सीटमा बसेर काठमाण्डौ गएका दिलबहादुर कार्कीले …

Read More »

राष्ट्रपति अपहरण गर्नेलाई १५ वर्ष कैद:सांसद धम्क्याउनेलाई ७ वर्ष

साउन २८,काठमाडौँ । नेपालका राष्ट्रपतिको अपहरण ! सुन्दै अपत्यारिलो र अविश्वनीय कुरा । उच्च सुरक्षा सर्तकताका साथ अत्याधुनिक हात हतियारसहितका दर्जनौँ सुरक्षाकर्मीको घेराभित्र रहने राष्ट्रपतिलाई अपहरण गर्न सक्ने कसको हिम्मत ? अपहरण गर्ने आँट त के सायदै कसैले यसको कल्पना पनि गर्न नसक्ला । तर भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको नेपालको नयाँ कानुनले भने राष्ट्रपतिको सुरक्षामाथि चुनौती दिनेलाई कानुनी …

Read More »

सिंहदरबारभित्रै प्रशासन मन्त्रालयका उपसचिव आचार्य कुटिए

२८ साउन, काठमाडौं । सिंहदरबारभित्रै एक जना उपसचिव कुटिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । मन्त्रालय स्रोतका अनुसार आइतबार दिउँसो निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उनीमाथि मुक्का प्रहार गरेका थिए । भण्डारीले सिफारिस अनुरुप एक कर्मचारीको सरुवा नगरिए पछि उनले कुटपिट गरेको स्रोतको भनाइ छ ।‘उनले कुर्सी उचालेर जाइलाग्नुका साथै गमला …

Read More »

नेपाल यातायातको लास्ट सिटमा बसेर बालुवाटार पुगेका थिए केसी

साउन २६,काठमाडौँ – डा गोविन्द केसी, यो नामसँग अनशन लगभग प्राय बनेको छ । १६ दिन अगाडि डा केसीले आफ्नो सबैभन्दा लामो २७ दिने अनशन तोडेका थिए । चिकित्सा शिक्षा विधेयकमा गरिएको तोडमोडको विरोधमा जुम्लाबाट सुरु भएको यसपटकको डा। केसीको अनशन काठमाडौँमा आएर तोडियो । बिचमा विभिन्न पक्षले उनको समर्थनमा आन्दोलन गरे ।सरकारले उनका मागमा आलटाल गर्‍यो, टिमल्न खोज्यो तर …

Read More »

पोखरा विमानस्थललाई थप जग्गा आवश्यक ! सशक्त प्रतिकारमा उत्रन स्थानीयको यस्तो तयारी

रञ्जन अधिकारी  पोखरा, २४ साउन । पोखरा अन्तर्राष्ट्रिय शहर बन्ने पहिलो आधार नै हो ‘विमानस्थल’ । साढे ४ दशकअघिदेखिको योजना बल्ल अहिले पूरा गर्न अग्रसरता देखाइएको छ । कहिले प्राविधिक कठिनाई, कहिले लागत, कहिले मुआब्जाका कारण काम भएको थिएन । अब सबै मिलिसकेपछि त द्रुततर गतिमा हुनुपर्ने हो । तर, आशंका कायमै छ । पोखरा जस्तो सानो उपत्यकामा ठूला जहाजको उडान/अवतरण सम्भव …

Read More »

आफैलाई खाना खुवाउने होटलको बालक मार्ने २ जना पनि प्रहरी इन्काउन्टरमा मारिए (फोटो फिचर)

भक्तपुर । काठमाडौं काँडाघारी टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुर थिमिमा पु¥याई बालकको हत्या गर्ने दुई अपहरणकारी पनि प्रहरीको गोलीबाट मारिएका छन् । उनीहरुको सूर्यविनायक जंगलमा प्रहरीसँगको दोहोरो भिडन्तमा ज्यान गएको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । महाशाखाबाट खटिएर आएका प्रहरी नायव उपरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोलीसँगको दोहोरो भिडन्तमा अपहरणकारी नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ र सिन्धुपाल्चोक कार्यथलीका …

Read More »

स्याङ्जाकी पद्मा अर्याल भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दै, कानुनमन्त्री भानुभक्त ढकाल

पोखरा । राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । स्वास्थ्य राज्यमन्त्री उनलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएपछि सो मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी फोरमकै डा. सुरेन्द्र यादवे पाउने भएका छन् । एक साता अघि मन्त्रिपरिषद् बैठकले कृषि भूमि तथा सहकारी मन्त्रालय …

Read More »