Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 185)

राष्ट्रिय

सरकारले आइतबार बजेट सार्वजनिक गर्ने

२६ असार, काठमाडौं । सरकारले असार २९ गते आर्थिक वर्ष २०७१/७२ को बजेट सार्वजनिक गर्ने भएको छ । व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकमा अर्थमन्त्री रामशरण महतले चालु आर्थिक वर्षको आर्थिक सर्वोक्षण पेश गरे । संसद बैठकमा सभामुख सुवाषचन्द्र नेम्वाङले बजेटका लागि आइतबार अपराहृन ४ बजे संसदको बैठक बोलाइएको जानकारी दिए । यसअघि संसदमा पि्रबजेट छलफल भएको थियो भने सरकारको नीति तथा कार्यक्रम …

Read More »

एक नेपालीको वार्षिक आम्दानी ७१ हजार ! २३ प्रतिशत नेपाली गरिवीको रेखामुनि

२६ असार, काठमाडौं । नेपालीहरुको वार्षिक प्रतिव्यक्ति आय ७१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष नेपालीको प्रतिब्यक्ति औषत आय ६२ हजार ६ सय ७७ रुपैयाँ रहेकोमा यो बर्ष झण्डै १३.८ प्रतिशत बढेर ७१ हजार ३ सय ५ अर्थात ७ सय १७ अमेरिकी डलर पुगेको छ । सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा भने १२.४ प्रतिशतले बढेर ६९ …

Read More »

नारायणकाजीलाई हप्काउँदा माइक्रो सहचालक प्रहरी खोरमा

२३ असार काठमाडौं । तपाई सार्वजनिक माइक्रो बसमा चढ्नुभएको छ र कुनै विषयमा चित्त बुझेन भने सहचालकको जवाफ पाउनुहुन्छ, ‘त्यस्तो सुविधा चाहिने भए आफ्नै गाडीमा जाऊ । होइन भने ट्याक्सीमा जाऊ ।’ निजी गाडी छाडेर सार्वजनिक सवारी साधनमा हिँड्न थालेका एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आइतबार यस्तै जवाफ भेटाए, ‘चित्त नबुझ्नेले ट्याक्सीमा गए हुन्छ ।’ माइतिघरबाट माइक्रो बस चढेर लगनखेलतर्फ …

Read More »

महाकविबाट असार पन्ध्रको रोचक वर्णन ‘आषाढको पन्ध्र’

नेपालमा खुशीयाली छ । हृदयले नवागत पाहुनाको प्रेमपूर्वक स्वागत गरिरहेछ । क्षितिजको किनारमा पूर्वका डाँडामाथि आजको प्रभातको मनोहर मुहान् देखिनासाथ टुक्रिएका बादलका छिरबिरे फैलावटमा आनन्दको गुलाबी रंग चढ्यो, एकै छिन पृथ्वीलाई स्वर्गको रंगले हलुका तवरले छोयो । आजको लालीमा विशेष मोहनी थियो । आजको उदयमा हृदयको विशेष उल्लास थियो, प्रेमको अवलोकनले प्रकृतीका सौन्दर्यमा वैचित्रय थप्तछ, भावको रंगले दुनियाँको रंग चढाउँछ्, …

Read More »

यस्तो आउँदैछ बजेट

काठमाडौ, असार १३ – सरकारले आगामी आर्थिक वर्षको लागि ६ खर्बको हाराहारीमा बजेट बनाउँदैछ । १५ गते ल्याउन लागिएको नीति तथा कार्यक्रम झण्डै झण्डै टुंगिएकोले त्यसकै आधारमा बजेट निर्माण भैरहेको छ । नेपाललाई सन् २०२२ सम्ममा अति कम विकसितबाट विकासशील राष्ट्र बनाउने लक्ष्य अनुसार जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथकितामा राखेर बजेट निर्माण भइरहेको छ । …

Read More »

नेपाली छोरी तेरिया डीआईडी लिटिल मास्टर्स च्याम्पियन

पोखरा, ८ असार / बुटवल नेपालकी बालिका तेरिया मगरले भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भइरहेको रियालीटी सो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जितेकी छन्। शनिबार राती भएको ग्रान्ड फिनालेमा तीन जना फाइनलिस्टलाई पछि पार्दै तेरियाले उपाधि हात पारेकी हुन्। यस्तै दोस्रोमा अनुस्का क्षेत्री भइन्। अडिसन राउन्ड देखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार …

Read More »

एसएलसीमा कास्कीमा दुई सहित पश्चिमाञ्चलभर २५ विद्यालय निल, ५८ विद्यालय शतप्रतिशत

रञ्जन अधिकारी, पोखरा ४ असार । गत जेठ ३१ गते प्रकाशित एसएलएसी परीक्षा २०७० को नतिजा अनुसार यस वर्ष मुलुकभर ४३.९२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । पछिल्ला वर्षहरुमा एसएलसी नतिजा सन्तोषजनक छैन । पाँच वर्ष यता लगातार आधाभन्दा बढी अनुत्तीर्ण हुँदै आएका छन् । आंशिकतर्फ करीब ८९ प्रतिशत विद्यार्थी फेरि अनुत्तीर्ण भए । यस वर्षको एसएलसी परीक्षामा देशभरका तीन …

Read More »

ओलिलाई पार्टीअ ध्यक्ष बनाई छाड्ने नेता नेपालको दाबि

गोकुल बाँनिया, पोखरा १ असार । नेकपा एमालेका पोलिटब्युरो सदस्य प्रदिप नेपालले केपी ओलीलाई पार्टी अध्यक्ष बनाईछाड्ने दाबि गरेका छन् । नवौ महाधिबेशनको लागि ओली पक्षबाट उपाध्यक्षका प्रत्यासी समेत रहेका नेता नेपालले देशभरको माहौल ओली पक्षमै रहेकाले उनिनै पार्टी अध्यक्ष बन्ने जिकिर गरेका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले १५ पोलिटब्युरो सदस्य र ७ …

Read More »

चुलोचौको गर्दै उत्कृष्टता, संभवतः मध्यपश्चिममा सर्वाधिक बढी

सुर्खेत– आमाले उनलाई सधैँ भन्ने गर्थिन्– ‘बाबु पढेर फस्ट आउनु पर्छ है।’ विडम्बना! दस वर्षको छँदा रुखबाट लडेर आमाको निधन भयो। त्यतिबेला नारायण शाह कैलालीमा पाँच कक्षामा पढ्थे। आमाको दुःखद घटनापछि नारायण बुवा र भाईबहिनीसँगै सुर्खेत आए। उनलाई उपत्यकाका नामी निजी विद्यालयमा पढ्ने रहर नभएको होइन। तर, कमजोर आर्थिक अवस्थाको कारण परिवारले भरखरै खुलेको गाउँकै हार्भेस्टमुन स्कुल छान्यो। त्यही स्कुलबाट …

Read More »

ओलीलाई नेपालको सुझाव “अब प्रधानमन्त्री वा राष्ट्रपति बन्नु होस्”

सागर राज तिमिल्सिना पोखरा, २७ जेठ/नजिकिदै गएको एमालेको महाधिवेशनमा एमाले अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले अर्का पत्यासी केपी शर्मा ओलीलाई राष्ट्रपति वा प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले एमाले संसदीय दलका नेता समेत रहेका ओलीलाई स्वास्थ्यको ख्याल गर्दै अध्यक्षमा नलड्न सुझाव दिए । नेता नेपालले स्वास्थ्यका कारण ओलीले पार्टिको झमेलामा …

Read More »