Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 186)

राष्ट्रिय

‘सरकारद्वारा १७ सभासद मनोनयन’, रुक्मिणी हटाइए

काठमाण्डौं १३ भदौ । प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको असन्तुष्टिका कारण संविधानसभाले पूर्णता पाउन अझै समय लाग्ने देखिन्छ । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादी र तराई केन्द्रित दलहरुले आफ्नो तर्फबाट नाम नपठाएपछि सरकारले २६ जना सभासदहरु मध्ये नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको तर्फबाट शुक्रबार १७ जनालाई मनोनयन गरेको छ। बाँकी सभासदहरुको मनोनयन छिट्टै गरिने सरकारका प्रवक्ताले बताएका …

Read More »

मलेसियामा नेपालीहरुलाई यातना , नेपाली दुतावास रमिते, , ४२ नेपालीको अवस्था अज्ञात

प्रेम सुनार, गुल्मी, भदौ १२– मलेसियास्थित जेसीवाई टेक्नोलोजी कम्पनीले नेपालीहरुलाई चरम यातना दिने गरेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् । एक नेपालीको मृत्यु भएपछि आन्दोलनमा रहका नेपालीहरुलाई कम्पनीले प्रहरी लगाएर चरम यातना दिँदै आएको पीडितहरुले बताएका छन् । गत सोमवार एक नेपालीलाई कम्पनीले उपचारमा वेवास्ता गरी उनको मृत्यु भएपछि सो कम्पनीका सबै कामदार आन्दोलनमा उत्रेका छ ।गुल्मीको ईस्मारजस्थल–९ घर भई …

Read More »

देशभर बलात्कारका घटना, मानिस असामाजिक बन्दै गएका हुन् ?

बर्दिया, भदौ १० – बर्दियामा एक तीन वर्षकी बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । धधवार ६ का एक व्यक्ति (पीडितको परिचय खुल्ने भएकाले नाम सर्वाजनिक नगरिएको)ले आफ्नै ३ वर्षकी छोरीलाई मंगलबार राती बलात्कार गरेका हुन् । अत्याधिक रक्तश्राव भई अवस्था गम्भीर हुँदै गएपछी बालिकालाई बिहान ११ बजेतिर भेरी अञ्चल अस्पताल भर्ना गरिएको छ । सुरुमा बालिकालाई खेल्दा चोट लागेको बताईए …

Read More »

२६ को मनोनयनमा भाँडभैलो, दलहरु आन्तरिक छलफलमा

काठमाडौ, भाद्र १० / कानुनविद्हरुले संविधानसभाको कामको बैधानिकतामा प्रश्न उठ्ने भन्दै २६ जना सभासदो तत्काल मनोनयन गर्न सत्तारुढ दललाई सुझाव दिएका छन् । उनीहरुले २६ मनोयनका लागि कुनै कानूनी अडन नरहेको स्पष्ट पारेका छन् । २६ जना मनोनयनसम्बन्धि सर्बोच्चको आदेश विरुद्घ सरकार आफैले पुनरावलोकनको निवेदन दिएको अवस्थामा मनोनयन गर्न मिल्ने/ नमिल्ने भन्ने द्वविधान भएपछि प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष …

Read More »

संसद् चल्न नदिने प्रचण्डको चेतावनी, बालुवाटारमा प्रचण्डको हैसियतबारे छलफल

काठमाडौं, भाद्र ९ – एमाओवादीले प्रमुख दलबीच भएको चार बुदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक समिति, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग गठन नभए मंगलबारदेखि सदन चल्न नदिने चेतावनी दिएको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार बेलुका प्रधानमन्त्री सुशील कोइरालालाई भेटी यस्तो चेतावनी दिएका हुन् । ‘उच्चस्तरीय राजनीतिक समितिको संयोजक प्रचण्ड हुने/नहुने प्रमुख कुरा होइन, बिगतका सहमति कार्यान्वयन गर्ने कुरा हो,’ …

Read More »

बाढीमा फसेका १५० लाई एक्लैले बचाए कमलले

बर्दिया भदौ ५ / पच्चीस वर्षीया कमल परियारले गुलरिया-२ गुजरानाका बाढीमा फसेका एक सय ५० जनालाई डोरीको सहयोगले उद्धार गरेका छन्। ‘बिहान ६ बजे बाढी गाउँमा पस्यो। बाढी आयो भन्दाभन्दै घरबाटै नदी बग्यो। यसपछि हतारहतार तीन महिना र पाँच वर्षकी छोरीलाई लिएर बाहिर निस्किएँ। आफू निस्कँदा गाउँलेलाई पनि घरबाट निस्क भन्दै कराउँदै हिँडे’, कमलले भने, ‘दुईवटा बच्चा समातेर आफ्नो शरीरमा …

Read More »

७ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न पक्राउ

काभ्रे, भाद्र २ । काभ्रेको उग्रतारा जनागाल–७ धनेश्वरमा ७ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भएको ४ दिनपछि घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पनौती नगरपालिका वडा नम्बर २ का १८ वर्षीय रोशन बोगटीलाई प्रहरीले सार्वजनिक गरेको हो । बोगटीले आफू घटनामा संलग्न रहेको स्वीकार गरेका छन् भने घटनमा आयुश नाम गरेको साथि पनि संलग्न रहेको बताएका छन् …

Read More »

प्रकृतिले सिँगारेको पर्यटनमा ब्यवसायिकताको खाँचो : राष्ट्रपति

भदौ १, पोखरा । राष्ट्रपति डा. रामवरण यादवले पर्यटनमा ब्यवसायिकताको खाँचो भएको बताएका छन् । नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने तथा पश्चिमाञ्चल विकास क्षेत्रको पर्यटन विकासको लक्ष्यसहित आइतबार शुरु भएको लोमाङथाङ–लुम्बिनी, फेवाताल–राराताल (लोलुफेरा) पदमार्ग यात्राको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताएका हुन् । यादवले प्रकृतिले पर्यटनलाई सिँगारेर झनै मोहक बनाएको भन्दै मोहित पार्ने पर्यटनमा ब्यवसायिकता खोज्न प्रर्यटन ब्यवसायीलाई आग्रह गरे । …

Read More »

७५ वटै जिल्लामा विद्युतीय मतदान प्रणालीलाई अवलम्वन गर्ने तयारीमा

पोखरा, ३१ साउन। निर्वाचन आयोगका निर्वाचन आयुक्त डा.रामभक्त पिवी ठाकुरले दलहरुले मिति नतोक्दा स्थानिय निकायको निर्वाचन हुन नसकेको बताएका छन् । निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई छैन शनिबार पत्रकारहरु सग हुने भने– निर्वाचन आयोग तयार हुदा पनि दलहरुले मिति नतोक्दा निर्वाचन हुन सकेन । स्थानिय निकायको निर्वाचन छीटो गर्नु पर्छ भनेर निर्वाचन आयोगले सरकारलाई दवाव दिईरहेको उनले जानकारी दिए । मिति …

Read More »

९ डिआईजीको एआईजीमा बढुवा, आफ्नो मान्छे राख्न मर्यादा वरियता मिचियो

काठमाडौं, साउन २९ / सरकारले ९ डिआईजीलाई एआईजीमा बढुवा गरेको छ। बिहीबार राती अबेरसम्म बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका ९ डिआईजीहरूलाई बढुवा गर्ने निर्णय गरेको छ। बढुवा समितिले साढे २ महिनाअघि प्रक्रिया सूरू गरेको सात एआइजी बढुवालाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टुंगो लगाएको हो। सातजना मात्र डिआईजीको बढुवा गर्नुपर्ने भएपनि मन्त्रीहरूले आफ्नो पक्षमा मान्छेलाई पार्नका लागि रमेश शेखर बज्राचार्य र …

Read More »