Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 2)

राष्ट्रिय

विवेकशील साझाले सरकारलाई भन्यो- ‘निर्मला पन्त हत्याको अनुसन्धान प्रगति नियमित सार्वजनिक गर’

विवेकशील साझा पार्टीले निर्मला पन्त हत्या घटनाको अनुसन्धान प्रगतिको बारेमा एक वा दुई हप्तामा नियमित रुपमा सार्वजनिक गराउन माग गरेको छ । मंगलबार विज्ञप्ति जारी गरी अनुसन्धानलाई नकारात्मक असर नपर्ने गरी नियमित रूपमा (हप्ता-दुई हप्तामा) अनुसन्धानको बारेमा सम्बन्धित निकायबाट सार्वजनिक रूपमा आम नागरिकको पहुँच हुने गरी जानकारी गराउन पनि प्रहरीको काममा जनविश्वास जगाउनको लागि अति आवश्यक रहेको जनाएको छ । निर्मलाको शरीरबाट …

Read More »

हिंसाको चेतना बढोस : मुख्यमन्त्री गुरुङ

मंसिर १०, पोखरा । लैङ्गिक हिंसा न्यूनीकरण गर्न पहिले हिंसा सम्बन्धिको साक्षरता बढ्नुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । शुक्रबार देखि सुरु भएको लैङ्गिक हिंसासम्बन्धिको १६ दिने अभियान अन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभामा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङले हिंसासम्बन्धिको साक्षरता कम भएकै कारण हिंसाको तथ्यांक कम देखिएको बताए । नेपालको सन्दर्भमा हिंसासम्बन्धि घटना कम देखिनुमा उनले २ वटा कारण रहेको …

Read More »

कर्मचारीले नेपाल भनेको काठमाडौं मात्रै बुझ्छन्ःमन्त्री पण्डित

३ मंसिर, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्रसेवक कर्मचारीले नेपाल नै नबुझेको गुनासो गरेका छन ।ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ३३ औं आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति रहेको बताए । ‘धेरै रास्ट्रसेवकले नेपाल बुझेनन् । किनभने नेपाल के बुझे भने काठमाडौं हो, म जहाँ छु त्यही …

Read More »

हाच्छिउँ किन रोक्नु हुँँदैन ? यस्ता छन् हाच्छिउँ सम्बन्धी ७ रोचक तथ्य

हाच्छिउँ रोक्ने प्रयास तपाईंको लागि प्राणघातक हुन सक्छ भनेर कहिल्यै सोच्नुभएको छ ? डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ।इंग्ल्यान्डको लेस्टर शहरमा ३४ वर्षीय एक व्यक्तिको उपचारको क्रममा के पत्ता लाग्यो भने, हाच्छिउँ रोक्ने कोसिसका कारण उसको घाँटीका कोशिकाहरु फाटेका थिए । साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका …

Read More »

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । प्रादेशिक स्तरका विशेष तथा क र ख वर्गका सडकका लागिआवश्यक पर्नेे सबै मोटरवेल पुलको जिम्मा स्विस सरकारको स्विस विकास सहयोग कार्यक्रमअन्तर्गत लोकलब्रिज रोड प्रोग्राम (एलआरबीपी) ले सहयोग गर्नेछ । भौतिकपूर्वाधार विकास मन्त्रालयले यो कार्यक्रमको लागिबुधबार सम्झौता गरेको छ । मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार सडकमार्गमा पर्ने …

Read More »

उपचार गर्न थाईल्याण्ड गएका मुख्यमन्त्री सुटुक्क पुगे अमेरिका

काठमाडौं, कात्तिक २५ । उपचार गर्न थाइल्याण्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश छाडी देशभित्रै पनि हिँडडुल गर्न संघीय सरकारको अनुमति लिनुपर्ने नियम छ । कात्तिक १६ गते बैंकक प्रस्थान गरेका राईले अमेरिका जान संघीय मन्त्रिपरिषदसँग अनुमति लिएका छैनन् । उनको भ्रमणबारे ‘जानकारी नभएको’ परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘निजी खर्चमा उपचार …

Read More »

निर्मला हत्या प्रकरणःआजबाट अनिश्चितकालीन धर्ना बस्दै बाबु–आमा

२४ कार्तिक,कञ्चनपुर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडितले अनिश्चितकालीन धर्ना दिने भएका छन्। निर्मलाका बाबु, आमा र हत्या विरोधी अभियानमा संलग्न रहँदै आएका स्थानीयले आजदेखि धर्ना शुरु गर्ने तयारी गरेका हुन्। शनिबार महेन्द्रनगरमा भएको छलफलपछि यसअघि नै घोषणा गरिएको अनिश्चितकालीन धर्ना शुरु गर्ने निर्णय भएको हो। आज  ११ बजे महेन्द्रनगरको मदनचोकबाट र्‍यालीसहित …

Read More »

श्रीयाका हत्यारा समात्ने ‘कुशल’ वर्ष उत्कृष्ट कुकुर (फोटो फिचर)

अहिलेको २१ औँ शताव्दीको तीब्र विकासको समयमा पनि विश्वभरका प्रहरीका लागि कुकुर गतिलो साथी बनिरहेको छ । उच्च घ्राणशक्ति भएको कुकुरले इमानपूर्वक अनुसन्धानमा साथ दिने भएकाले नेपाल प्रहरीले वर्षभरीका उत्कृष्ट कुकुरलाई पुरस्कृतसमेत गरेको छ । नेपालीको प्रमुख चाड तिहारको दोस्रो दिन प्रहरीले देशभरका कार्यालयमा रहेका कुकरलाई विशेष पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरको विशेष कला प्रदर्शनी पनि गरियो । अपराध अनुसन्धानका क्रममा …

Read More »

भित्रियो तिहार,यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरिँदै (अडियो रिपोर्ट)

१९ कात्तिक । हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहार आजबाट सुरु भएको छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो–मीठो …

Read More »

केशव स्थापित मन्त्रीबाट बर्खास्त

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए । मी टू अभियानअन्तर्गत काठमाडौं …

Read More »