Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 20)

राष्ट्रिय

‘युवा शक्ति नेपाल’ पार्टी पोखराबाट घोषणा

रञ्जन अधिकारी पोखरा, १३ चैत- नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई गत मंसिरमा पोखरामा विरोध गरेको घटनाबाट चर्चामा आएका सञ्जिव भट्टराईले ‘युवा शक्ति नेपाल’ पार्टी घोषणा गरेका छन् । नयाँ शक्ति विद्यार्थीले पृथ्वीनारायण क्याम्पस परिसरमा आयोजना गरेको कार्यक्रममा भट्टराईमाथि जुत्ता प्रहार गरेको भनेर समाचार बाहिर आएको थियो । उनै भट्टराईले डा. भट्टराईकै पार्टीसँग मिल्दोजुल्दो नामको आईतबार पत्रकार सम्मेलन नै …

Read More »

केरुङ–काठमाडौं–पोखरा हुँदै भारतसम्म रेलमार्ग जोड्न प्रस्ताव

काठमाडौं, १३ चैत- प्रधानमन्त्री प्रचण्डले सडक, रेल, हवाई र इन्टरनेटको सञ्जालबाट नेपाललाई चीनसँग जोड्न सरकारले प्राथमिकता दिएको बताएका छन् । चीन–काठमाडौं थप हवाई सेवा बिस्तार गर्न र केरुङबाट काठमाडौं, पोखरा हुँदै भारतसम्म रेलमार्ग जोड्न उनले सुझाव दिए । बेइजिङ परराष्ट्र अध्ययन विश्वविद्यालयमा आइतबार नेपाल अध्ययन केन्द्र उदघाटन गर्दै प्रचण्डले भने, ‘भूपरिवेष्ठित देश नेपालको चीनसँगको कनेक्टिभिटी मुख्य चासो हो ।’ भूकम्पपछि …

Read More »

केरुङदेखि काठमाडौं तथा पोखरासम्मको रेल्वे निर्माणका विषयमा प्रधानमन्त्रीले गरे चीनमा छलफल

काठमाडौं, ११ चैत- प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका उपप्रधानमन्त्री झाङ गोलीबीच केरुङदेखि काठमाडौं तथा पोखरासम्मको रेल्वे निर्माण, ऊर्जा विकास, पूर्वाधार विकास, तातोपानी नाका पुनःसन्चालन र दुई देशबीचका अन्य नाका सन्चालन गर्ने विषयमा शुक्रबार छलफल भएको छ । एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन शुक्रबार हाइनान प्रान्तको बोआओ पुगेका प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङसँग भएको शिष्टाचार भेटका अवसरमा द्विपक्षीय …

Read More »

एक लाख ११ हजार राशीको कीर्ति स्मृती पत्रकारिता पुरस्कार युवराज घिमिरेलाई

पोखरा, ११ चैत- नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा संचालित समाजसेवी कीर्तिवहादुर केसीको स्मृतीमा सुर्यप्रेम वहुउद्धेश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृती पत्रकारिता पुरस्कार पहिलो पटक पत्रकार युवराज घिमिरेलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा शुक्रवार वसेको वैठकले तीन दशक भन्दा वढी समय पत्रकारिता गरेका घिमिरेलाई उक्त पुरस्कारले सम्मान गर्ने निर्णय गरेको नेपाल पत्रकार …

Read More »

प्यूठानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

प्यूठान, ११ चैत  – स्वर्गद्वारी दर्शनका लागि तिर्थयात्रु लिएर आएको स्कार्पियो जीप दुर्घटनामा परि ज्यान गुमाएकाहरुलाई शुक्रबार ललितपुर लैजान सकिएको छैन । दुर्घटनामा ज्यान गुमाएकालाई लैजान दुई वटा हेलिकप्टर प्यूठान झिकाइएको भएपनि चालकले ५ बजेपछि उड्न नमानेपछि र काठमाडाैं त्रिभुवन विमानस्थलले ५ बजेपछि ल्यान्डिङ अनुमति नदिएपछि हेलिकप्ट शनिबार बिहानै मात्रै त्यसतर्फ लाग्नेछन् । शुक्रबार बिहान बा ८ च १५६१ नम्बरको जीप …

Read More »

कोरियन भाषा परीक्षाको अनलाइन फारम खुल्यो

काठमाडौं, ९ चैत- रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइन फारम खुलेको छ । मंगलबार राति १२ बजेदेखि अनलाइन फारम खुलेको हो । बैंकमार्फत शुल्क तिर्नुपर्ने भएकाले बुधबार कार्यालय समयपछिमात्रै फारम भर्न सकिनेछ । १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्ने इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिए । पहिलोपटक नेपालमा कोरियन भाषाका …

Read More »

नारायणगढ–मुग्लिन सडकखण्ड अब दैनिक ६ घण्टा बन्द हुने

चितवन, ८ चैत- निर्माण कार्यलाई तिव्रता दिन नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । दैनिक साढे ४ घण्टा आवागमन रोकेर काम गर्दै आएको सडकखण्डमा यही चैत १५ गतेदेखि अर्को सूचना जारी नभएसम्म दैनिक ६ घण्टा यातायात आवतजावत रोकिने भएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार अब दैनिक बिहान १० देखि अपराह्न ४ बजेसम्म सडक …

Read More »

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

काठमाडौं, ६ चैत- सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म निरपेक्षतालाई हटाएर हिन्दु राष्ट्र बनाउनु पर्ने प्रस्ताव सहित संविधान संशोधन विधेयक दर्ता गरेको छ । आइतबार संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका ६ सांसदले दर्ता गरेको संशोधन प्रस्तावमा भनिएको छ, संविधानको धारा ४ को उपधारा १ मा संशोधन गरी ‘धर्मनिरपेक्षता भन्ने पदावधीको सट्टा पूर्ण धार्मिक …

Read More »

पोखरामा एटीएमबाट पैसा चोरेको आशंकामा दुई बिदेशी पक्राउ

चैत, ५ पोखरा- एटीएमबाट डाटा चोरी गरी पैसा झिकेको आशंकामा दुई विदेशी नागरिकलाई प्रहरीले पोखराको लेकसाईडबाट पक्राउ गरेको छ । लेकसाईडमा फ्ल्याट भाडामा लिएर बस्दै आएका बुल्गेरियन नागरिक रामोन डिमोभ र मार्टिन ऋस्टोर पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नगद ३ लाख, एटीएम चिफ रिडर, चोर्न प्रयोग गरिएका अन्य सामग्री, भिसा कार्ड तथा ल्यापटप लगायतका सामग्री बरामद गरेको जिल्ला …

Read More »

५ उपमहानगर र १७३ नगरपालिकामा कार्यकारी अधिकृत तोकियो

चैत्र ५ गते- स्थानीय बिकास मन्त्रालयले ५ उप-महानगर र १ सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत तोकेको छ । ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको एक दिन पछि नै मन्त्रालयले थप स्थानमा समेत अधिकृत तय गरेको हो । गाउँपालिकाको जिम्मा अधिकृत स्तरका कर्मचारीलाई दिए पनि उपमहानगर र नगरपालिकामा उप(सचिवस्तरका कर्मचारीले कार्यभार सम्हाल्नेछन् । मन्त्रालयले ४ वटा महानगरपालिकामा भने सह(सचिवस्तरका कर्मचारी …

Read More »