Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 30)

राष्ट्रिय

बजारमा पाईने सबैखाले खुला दुध अबैधानिक ः महर्जन

पोखरा, पुष २६,माधब पनेरु । राट्रिय उपभोक्ता मंचका केन्दीय अध्यक्ष प्रेमलाल महर्जनले नेपाल सरकारले र्निदेशति गरेको मापदण्ड पुरा नगरेको सबै प्रकारको दुध अबैधानिक भएको बताएका छन । पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि महर्जनले दुध बिक्रि तथा उत्पादनका मापदण्ड पुरा नभएको अबस्थामा सबै प्रकारका दुधहरु मानव जिवन र राज्य दुबैका लागि खतरनाक भएको बताए । पोखरा र आसपासमा बिक्रि हुदै आएका …

Read More »

विप्लव माओवादीको आव्हनमा आज शिक्षण संस्थाहरु ठप्प

पोखरा, २६ पुस- विपलव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारी विद्यार्थी सगठनले मंगलबार शैक्षिक आमहड्तालको घोषणा गरेको छ । आमहड्तालका कारण शिक्षण संस्थाहरु आज ठप्प छन् । पठनपाठन हुन सकेको छैन । सर्वोच्च अदालत परिसर भित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने दुई जना कार्यकर्ताको रिहाइको माग मगलबार शैक्षिक हड्ताको आयोजना गरेको अखिल क्रान्तिकारी विद्यार्थी …

Read More »

संसद् बैठक अघि बढ्यो

काठमाडौँ, २५ पुस- नियमित कार्यसूचीमा प्रवेश गर्दै आज व्यवस्थापिका–संसद्को बैठक सञ्चालन भएकाे छ । संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले आज त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद् सञ्चालनमा अवरोध नगरेको बताइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका नौ दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबुल भएको थियो । सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय …

Read More »

चुनावका लागि क्रियाशिल हुन काँग्रेस कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन

पोखरा, २५ पुस– नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताएका छन् । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको आज शिलान्यास गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताए । देशमा चाँडै नै स्थानीय तहको …

Read More »

नेपाललाई फ्रि वाईफाई जोन बनाउने तयारी, अब छिट्टै आफ्नै स्याटेलाइट पनि हुने

पोखरा, २५ पुस- सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले आफ्नो भूउपग्रह नहुँदा प्रत्येक बर्ष अरबौं अमेरिकी डलर विदेशी रहेको बताउँदै आफनै भूउपग्रह राख्न लागिएको बताएका छन् । नेपाल टेलिकमले पोखराको छिनेडाँडामा निर्माण गरि संचालनमा ल्याएको टेलिफोन एक्सचेन्जको आइतबार उद्घाटन गदै आफ्नै भूउपग्रह राख्न लागिएको जानकारी दिए । सरकारले अब आकाशमा पनि सूर्यचन्द्र अंङकीत रातो झण्डा फहराउने तयारी गरिरहेको बताए …

Read More »

ओलीको बुद्धिमा लागेको भए देश द्वन्द्वमा गइसक्थ्यो: गुरुङ

पोखरा, २४ पुस- नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीको बुद्धिले देशलाई द्वन्द्वमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । आइतबार पोखरामा आयोजित कास्की तथा मुस्ताङ जिल्लाको संयुक्त पूर्ण बैठक तथा प्रशिक्षणमा बोल्दै चार नम्बर प्रदेशका पार्टी इञ्चार्ज समेत रहेका गुरुङले एमालेको लाइन राष्ट्रिय एकताविरोधी रहेको टिप्पणी गर्नुभयो । ‘ओलीको बुद्धिमा लागेको भए देश द्वन्द्वमा …

Read More »

अख्तियार प्रमुख लोकमान सिंह कार्की पदमुक्त

काठमाडौं, २४ पुस- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की पदमुक्त भएको फैसला सुनाएको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गरेको छ । कार्कीको योग्यता नपुगेको भन्दै परेको रिट खारेज गर्ने सर्वोच्चको यसअघिको ओदश खारेज गर्दै आदेशमा भनिएको छ, प्रचलित नेपालको अन्तरिम संविधानको …

Read More »

सिईओ ज्ञवालीले सरकारलाई बुझाए दोश्रो स्पष्टिकरण पनि

पुस २४ गते- राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले सरकारलाई दोस्रो स्पष्टिकरण पनि बुझाएका छन् । ज्ञवालीले आइतबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर ६ पृष्ठ लामो स्पष्टिकरण बुझाएका हुन् । पहिलोपटक स्पष्टिकरण पेस गरेका ज्ञवालीलाई सरकारले ‘तपाईंलाई किन नहटाउने ?’ भन्दै २४ घण्टे दोस्रो स्पष्टिकरण सोधेको थियो ।

Read More »

फेवातालको पानीमुनिकै जग्गाको लालपुर्जा

काठमाडौ, २४ पुस- पर्यटकीय नगरी पोखराको मुख्य आक्रषण फेवातालको अतिक्रमण घट्नुको साटो झन् बढिरहेको छ । तालको करिब १७ सय रोपनी जमिन अतिक्रमणमा परेको सरकारले गठन गरेको समितिको प्रतिबेदनमा छ । आजको कान्तिपुर दैनिकमा खबर छ । केहि समयअघि सरकारद्धारा गठित छानविन समितिको अध्ययनले यति धेरै जग्गा मिचिएको देखाएको थियो । व्यक्तिले पानीमुनिको जग्गा समेत आफ्नो नाममा दर्ता गराएको औंल्याउँदै …

Read More »

पोखरामा वनमन्त्रीले भनेः राष्ट्रवादीका नारा लगाउने कम्युनिष्टहरुले इतिहास बिर्सिए

पोखरा, २३ पुस- नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा वन मन्त्री शंकर भण्डारीले संविधान संसोधन विधयकलाई सरकारले अघि वढाउने बताएका छन्। नेपाली काँग्रेस पोखरा–१७ को वडा भेला तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संसोधना विधेयक कुनै हालतमा अगाडि वढ्ने भएकाले यसलाई फेल गरेर देखाउन एमालेलाई चेतावनी दिए। सरकार संसदलाई अनिर्णयको वन्दि वनाउने पक्षमा छैन। अव संसदमा संसोधन विधयक पेश हन्छ उनले …

Read More »