Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 4)

राष्ट्रिय

सरकारको होइन, डा. केसीको शैली अधिनायकवादीः उपप्रधानमन्त्री पोखरेल

 विराटनगर,५ साउन। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले शिक्षा सुधारका नाममा अनशन बसेर डा। गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाएका छन् । उनले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गरे । ‘डा। केसीले आफना माग पूरा गराउन अधिनायकवादी तरिका अपनाउनु भएको छ,’ केसीसँग वार्ता गर्न सरकारी पक्षले उदासीनता देखाएको आरोप लागिरहेका बेला उपप्रधानमन्त्री पोखरेलले भने, ‘कुनै …

Read More »

चलचित्र ‘मालिका’ सारा नेपाली नारीको प्रतिनिधि हो:नायिका थापा

अनुप पौडेल,पोखरा,०४ साउन ।सामाजिक अभियान्ताको रुपमा परिचित नायिका रेखा थापाले चलचित्र ‘मालिका’ आफ्नो मात्र नभई सारा नेपाली नारीको प्रतिनिधि चलचित्र भएको बताएकी छन् । एक कार्यक्रममा सहभागी हुन पोखरा आएकी उनले पत्रकार सम्मेलनमा बोल्दै नेपालमा महिलाको सहभागिता नभए देश आर्थिक हिसावले सफल नहुने धारणा समेत ब्यक्त गरेकी छन् । लक्ष्मीपुजा अर्थात कार्तिक २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रले विशेष गरि नेपालका …

Read More »

मलेठ घटनाको प्रतिवेदन विरुद्ध राजपा आन्दोलन सुरु

सप्तरी,४ साउन ।राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठमा भएको घटना बारे सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध राष्ट्रिय जनता पार्टीले आन्दोलन सुरु गरेको छ । प्रतिवेदन पूर्वाग्रही रहेकोले खारेजीको माग गर्दै उनीहरुले शुक्रवार राजविराज–रुपनी सडक खण्ड अन्तर्गत मलेठमा धर्ना बसेर एक घण्टा चक्काजाम गरेका हुन् ।सुरक्षाकर्मीको गैर–जिम्मेवारीका कारण घटना भएको छर्लङ्ग रहदा पनि आयोगले पूर्वाग्रही तवरले तयार पारेको प्रतिवेदन खारेजी नभएसम्म आन्दोलन नरोकिने …

Read More »

यसकारण खानुहुँदैन साउनमा मासु र रक्सी

काठमाडौं,४ साउन । साउन वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ । यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो ।के हो त यसको खास कारण ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा हामी यहाँ चर्चा गर्दैछौं । धार्मिक कारण यसै पनि हिन्दू धर्ममा मद्यपान र मांसाहारलाई राम्रो दृष्टिले हेरिन्न …

Read More »

विदेशिने नेपाली घटे, विदेशिन कतार र मलेसिया प्रमुख गन्तव्य

४ साउन, काठमाडौं । गत वर्ष समग्रमा काम खोज्दै विदेश जाने नेपालीको संख्या झण्डै २० प्रतिशतले घटेको छ । देशभित्रै राजनीतिक स्थिरता छाएको र खाडी मुलुकहरुमा पनि आर्थिक समस्याका कारण राम्रा रोजगारीको अवसर नपाएपछि विदेशिनेको संख्या घटेको हो । पछिल्लो समय मलेसियाको गन्तव्य रोकिएकाले पनि संख्यामा कमी आएको हुन सक्छ । गत आर्थिक वर्ष ०७४र७५ मा पुनः श्रम इजाजत लिनेसहित …

Read More »

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको पहिलो सम्बोधन (११ बुँदामा पढ्नुहोस्)

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभालाई पहिलोपटक सम्बोधन गरे । प्रदेश राजधानी पोखरा आएका प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुँदा १२ः४० बजे सम्बोधनको समय निर्धारण गरिएपनि साढे ३ बजेपछि मात्र सम्बोधन गरेका थिए । उनको सम्बोधनको मुख्य मुख्य विषय बुँदागत रुपमा: ‘नामै गण्डकी प्रदेश,सप्त गण्डकी हाम्रो सभ्यता र जीवनको सुरुवात हो,संस्कृतिको सुरुवात हो, सप्त गण्डकीको सुरुवात हिमालबाट हुन्छ, गण्डकीको ऐतिहासिक, …

Read More »

पोखरा विमानस्थलको आफ्नै महत्व छ,तोकिएको समयमा नै निर्माण सकिनुपर्छ:प्रधानमन्त्री ओली

पोखरा,साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।’प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण …

Read More »

सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला

साउन ३,भद्रपुर – बुद्धशान्ति–५ स्थित पाँचपोखरी सामुदायिक वनभित्र वयस्क जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । सड्न लागेको अवस्थामा फेला परेको भाले हात्तीलाई जिल्ला वन कार्यालय झापाको टोली, मानव हात्ती द्वन्द्व व्यवस्थापन समितिका अध्यक्ष, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट गएको टोली र स्थानीयवासीको रोहबरमा आज मुचुल्का तयार गरी खाल्टोमा पुरिएको छ । बुधबार दिउँसो घाँस दाउरा गर्न सामुदायिक वन पुगेका …

Read More »

नेपालमा भारतबाट वार्षिक ३५ करोडको खरानी आयात

बाँके,३ साउन । नेपालले भारतबाट अधिकांश सामानहरु आयात गर्ने गरेको छ । इन्धन, फलामे सामान, खाद्यान्न मात्रै नभएर भारतबाट खरानी समेत आयात हुने गरेको छ । नेपालगञ्ज नाका भएर मात्रै वार्षिक करोडौंको खरानी भित्रिने गरेको छ । भन्सार कार्यालयका अनुसार भारतबाट नेपालमा बर्सेनि ठूलो परिमाणको खरानी भित्रिने गरेको छ ।सिमेन्ट उद्योगले कच्चा पदार्थको रुपमा भारतबाट खरानी स्ल्याग भित्राउने गरेको नेपालगञ्ज …

Read More »

माइतीघर मण्डला र जुम्लामा सरकारबाट ज्यादती भयो:सभापति देउवा

काठमाडौं ,३साउन  । कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ ।प्रतिनिधिसभाको बैठक सारिएकामा संसद् परिसर नयाँ बानेश्वरमा प्रतिक्रिया दिँदै सभापति देउवाले माइतीघर मण्डला र जुम्ला घटनामा सरकारले ज्यादती गरेको बताए । सभापति देउवाले …

Read More »