Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय (page 5)

राष्ट्रिय

नेपाल-चीन आवतजावत बन्द

रसुवा,१३ साउन । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ ।ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्‍याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ ।प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति …

Read More »

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता

काठमाडौं,१० साउन । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बनाउने मन्त्रालयको पूर्वघोषणा अनुरुप नै मूल्य समायोजन गर्ने सहमति भएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ …

Read More »

मन्त्रिपरिषद बैठकमा आजदेखि कागजको प्रयोग नगरिने

१० साउन, काठमाडौं । मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजको प्रयोग नगरिने भएको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।

Read More »

‘अन्नपूर्ण’ पछि वायु सेवा निगमले नेपाल भित्र्यायो अर्को विमान

काठमाडौं,१० साउन  | नेपाल वायु सेवा निगमलले अर्को ठूलो विमान विमान ‘मकालु’ काठमाडौं ल्याएको छ ।वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको हो । विमानको कलसाइन ‘नाइन एन एएलजेट’ रहेको निगमले जनाएको छ । निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । …

Read More »

भरतपुरमा प्रहरीको गोली लागी रिक्साचालक घाइते 

चितवन, साउन ९ । चितवनको भरतपुर बसपार्कचोकमा बुधबार प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तनाव उत्पन्न भएको हो ।ली लागेर घाइते हुनेमा नवलपुर, गैंडाकोट–४ का ३० वर्षीय रिक्साचालक महेन्द्र सुनार रहेका छन् । उनको भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीलाई मुख्य राजमार्गमा गुड्न …

Read More »

बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिन्छु :अध्यक्ष दाहाल

काठमाडौं, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बाँचुन्जेल जनता र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको पाँचौं स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा दाहालले नेताहरुको सपना साकार गर्न दुःख कष्टपूर्वक अघि बढिरहने बताए । उनले अहिलेको सरकारले विकास र समृद्धिको चाहना पूरा गर्ने दावी पनि गरे …

Read More »

आलोचना पछि कानुनमन्त्री शेरबहादुर तामाङले रुँदै दिए राजीनामा

काठमाडौं ,साउन ८  ।बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । कानुन मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तामाङले राजीनामा दिनुभएको हो । पत्रकार सम्मेलनमा भावुक हुँदै आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर प्रस्तुत गरिएको तामाङले बताउनुभयो । अाफू सधैँ नेपाली महिलाकाे सम्मानमा अाँच अाउन …

Read More »

कानुनमन्त्री शेरबहादुर तामाङलाई राजिनामा दिन दबाब

काठमाडौं,साउन ८ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राको विषयमा जथाभावी बोलेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङलाई पार्टीले राजीनामा दिन निर्देशन दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्देशनपछ तामाङले आज राजीनामा दिने तयारी गर्नुभएको छ । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । उहाँको यो अभिव्यक्तिको चर्को आलोचना भएपछि पार्टीले उहाँलाई राजीनामा दिन निर्देशन …

Read More »

जहाजहरू भारत र चिन जान धेरै समय लाग्दैन:मन्त्रीअधिकारी

अनुप पौडेल, पोखरा ०७ साउन ।संघिय सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्री रविन्द्र अधिकारीले अब देशका अन्तराष्ट्रिय विमानस्थल चल्ने र देशका विभिन्न स्थानबाट जहाजहरू भारत र चिन जान धेरै समय नलाग्ने बताएका छन् ।उनले देशमा रहेका जहाज बेचेर सक्किएको र देशमा आफ्नो जहाज नभएसम्म देशको विकास नहुनुका साथै पर्यटक नाभित्रिने समेत बताए । पोखराको गुप्तेश्वर गुफामा निर्मित बुढानिलकण्ठको मुर्ति अनावरण …

Read More »

एकतामा आउन पुराना कम्युनिस्ट नेतालाई प्रचण्डको आहृवान

काठमाडौं, ७ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट पार्टीमा सहभागी हुन पुराना कम्युनिष्ट पार्टीका नेताहरुलाई आहृवान गरेका छन् । विश्वमै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने अवसर गुम्न नदिन बाँकी रहेका सबै पुराना कम्युनिष्ट नेताहरुलाई पार्टी एकतामा आउन उनले आग्रह गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार अध्यक्ष …

Read More »