Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 10)

खेलकुद

पोखरामा ओम फ्यामिली योगा टेनिस सुरु

पोखरा, २६ पुस- आउँदै गरेको माघे सक्रान्ति पर्वको अवसरमा पोखरामा मंगलबारदेखि तेश्रो ओम फ्यामिली योगा कप टेनिस प्रतियोतिगा शुरु भएको छ । ओम फ्यामिली योग ध्यान केन्द्रको आयोजनामा लेकसाइडको गुरुङ्ग भिलेज टेनिस कोर्टमा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन दिन चन्द्र लामाले दिल गौतमलाई ६–२, ६–२ ले, सुरेश श्रेष्ठले हर्क गुरुङ्गलाई ६–०, ६–७ र ११–९ ले, लोक गुरुङ्गले …

Read More »

पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

पोखरा, २५ पुस– सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन …

Read More »

कर्पाकेली कप बास्केटबलको उपाधी फिमला क्लवलाई

पोखरा, २४ पुस- कर्पाकेली पुन युवा क्लव राम बजार पोखरा द्वारा आयोजित दोश्रो कर्पाकेली कप बास्केटबलको उपाधी फिमला क्लव फुलवारीले प्राप्त गरेको छ । शनिवार सम्पन्न फाइनल खेलमा रामबजार कर्पाकेली समाजलाई ६८–६० को अंकले हराउँदै नगद ३० हजार प्राप्त गर्यो । उपविजेता रामवजार कर्पाकेली समाजले नगद १७ हजार प्राप्त गरेको छ । त्यसै गरि महिला तर्फको फाइनल खेलमा फिमला क्लव …

Read More »

दशौं पोखरा पिस क्रिकेट कप माघ २२ गतेदेखि

पोखरा, २४ पुस- विकृति विसंगति विरुद्ध क्रियाशील पोखरा पिस क्लवले निरन्तर संचालन गर्दै आइरहेको क्रिकेट प्रतियोगिताको दशौं संस्करण माघ २२ गतेदेखि २९ गतेसम्म पोखरा रंगशालामा गर्ने क्लवद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । टि–ट्वान्टी स्वरुपमा खेलाइने प्रतियोगिताका विजेता टोलीले नगद ७० हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेता टोलीले नगद ३० हजार, मेडल्स र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले …

Read More »

राष्ट्रिय फुटबल रेफ्री सुरज मानन्धरले लिए खेल जीवनबाट सन्यास

बेसीसहर, २१ पुस- पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर आउनुभएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् । आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गर्नुभएका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि …

Read More »

अन्तराष्ट्रिय सफल पोखरा म्याराथन फागुन पहिलो साता

पोखरा, २० पुस- नेपाल भूतपुर्व खेलाडी मञ्चले ११ औं अन्तराष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता फागुन पहिलो साता आयोजना गर्ने भएको छ । मञ्चको बुधवार सम्पन्न वैठकले फागुनको ७ गते प्रतियोगिता गर्ने निर्णय गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने पोखरा म्याराथन बारे जानकारी दिदैं मंचका अध्यक्ष खडग रानाभाटले यस पटकको पोखरा म्याराथन अझै भव्य र सभ्य …

Read More »

१५ अाैं आहा रारा गोल्ड कपको तयारी तिव्र, मैदान मर्मतसम्भार गरिँदै

पोखरा १९, पुस– पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ को तयारी तिव्र पारिएको छ । सहारा क्लवको आयोजनामा माघ ४ गते बाट १५ गतेसम्म पोखरा रंङ्गशालाको खेल मैदानमा संञ्चालन हुने प्रतियोगिताको तयारी तिव्र पारीएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । उनले भने “प्रतियोगितामा सहभागि हुने १२ टिमको अबको केहि …

Read More »

आहा रारा गोल्ड कपको तयारीका लागि मैदान मर्मत गर्दै सहारा क्लव

पोखरा, १४ पुस– सहारा क्लब पोखराद्धारा आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औ आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताका लागि मैदान सम्भारका लागि आयोजक जुटेका छन् । ग्राउण्ड व्यवस्थापन उपसमितिले मैदानमा पानी हाल्ने देखि अन्य सम्भारका काम थालेको हो । प्रतियोगिता स्थल पोखरा रंगशालाको खेल मैदान मर्मत सम्भार, पानी हाल्ने, प्याराफिट निर्माण र मर्मत सम्भार एवँ रंगरोगनको कार्यलाई अगाडी बढाएको …

Read More »

माल्दिभ्सविरूद्ध नेपालको गोल वर्षा, नेपालले ९-० ले हरायो

पोखरा, १३ पुस- भारतको सिलगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरूद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको छ । बुधबार कञ्चनजंघा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ९ -० को जित दर्ता गरेको हो। नेपालका लागि साबित्रा भण्डारीले ५ गोल गरिन्। खेलको पहिलो हाफमा ३-० ले अगाडि रहेको नेपालले बाँकी गोल दोस्रो हाफमा गरेको हो। पहिलो खेलमा भुटानलाई ८–० …

Read More »

कास्कीमा प्रदेश स्तरीय मदन भण्डारी स्पाेर्टस् एकेडेमी कमिटी गठन

पोखरा, १३ पुस- कास्कीमा सम्पन्न खेलाडी तथा खेलप्रेमीहरुको एक भेलाले ४ नं प्रदेश स्तरीय मदन भण्डारी स्पाेर्टस् एकेडेमी कमिटी गठन गरेको छ । कास्कीका विष्णु केसीको संयोजकत्वमा गठित १९ सदस्यिय कमिटीमा ४ नं प्रदेश जिल्ला एकेडेमीका अध्यक्ष, खेलाडी तथा खेलप्रेमीहरु लाई समावेश गरिएको छ । उक्त कमिटीको सदस्यमा ऋषी गौतम (कास्की), देवेन्द्र पाण्डे (पर्वत), अनिल पाण्डे (तनहुँ), सेत पुन (नवलपरासी), …

Read More »