Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 20)

खेलकुद

सोलिडारिटी कप फुटबलः नेपाल सेमिफाईनल प्रवेश, ब्रुनाई ३ गोलले पराजित

काठमाडौँ, २३ कात्तिक – नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितमा नवयुग श्रेष्ठ, भरत खवास र विमल घर्ती मगरले समान एक–एक गोल गरे । पहिलो हाफमै नेपाललाई अग्रता दिलाउने …

Read More »

सहारा एकेडेमीलाई २५ हजार रुपैयाँ सहयोग

पोखरा, २३ कात्तिक- फ्याफुल्ला महिला बचत तथा ऋण सहकारी संस्था पोखराले सहारा एकेडेमी पोखरा–१७ दोबिल्लालाई आर्थिक सहयोग गरेको छ । सहकारीको पाँचौं वार्षिकोत्सवको अवसरमा सहकारीले एकेडेमीलाई २५ हजार रुपैयाँ नगद तथा जिन्सी सामान सहयोग गरेको हो । एकेडेमीमा आश्रित अनाथ तथा असहाय बालबालिकाको लालनपालन तथा शिक्षाका लागि सहकारीले सहयोग गरेको हो । प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संस्था …

Read More »

रुपातालमा भएको माछा मार्ने प्रतियोगितामा सोम प्रथम

पोखरा, २१ कात्तिक- पोखरा एङ्गल्स क्लवले शनिवार कास्कीको रुपातालमा राखेको १० औ फिसिङ् (बल्छी) प्रतियोगितामा पोखरा–६ बैदामका शोम गुरुङ्ग प्रथम भएका छन् । रुपातालमा रहेको आनन्द सापकोटाको केज भित्र राखिएको प्रतियोगितमा विजयी सोमवहादुर गुरुङ्गले विभिन्न जातका ४ किलोग्राम माछा समाप्त सफल भई प्रथम स्थान हाँसिल गर्न सफल भएका हुन् । स्वदेशी तथा विदेशी गरी जम्मा ११ जना प्रतियोगिहरु सहभागी रहेको …

Read More »

एएफसी सोलिडारिटी कपअन्तर्गत नेपालको सेमिफाइनल सम्भावना कायमै

काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका अवसर सदुपयोग गर्न नसकेपछि नेपालले गोलरहित बराबरीमा चित्त बुझायो । तर कमजोर प्रतिद्वन्द्वी मानिएको टिमोर लेस्टेसँग बराबरी खेल्नका बाबजुद नेपालको सेमिफाइलमा पुग्ने सम्भावना कायमै रहेको छ । समूह ‘ए’ मा रहेको नेपाल …

Read More »

पोखराका दुईजना महिला भलिवल खेलाडीले माल्दिभ्समा लिग खेल्दै

पोखरा, १९ कात्तिक- महिला भलिवलका राष्ट्रिय दुई जना खेलाडी माल्दिभ्समा व्यावसायीक रुपमा लिग खेल्ने भएका छन् । महिला भलिवलकी सह–क्याप्टेन मन्जु गुरुङ र खेलाडी अरुणा शाही माल्दिप्समा आयोजना हुने राष्ट्रिय लिगमा व्यावसायीक रुपमा सहभागी हुन बिहीबार पोखराबाट हिँडेका छन् । फुभामुल्क युथ एण्ड स्पोटर्स डेभलपमेन्ट एशोसियसन क्लवबाट करीब २० दिनको लागि कन्ट्याकमा आफुहरु माल्दीप्स जान लागेको मज्जु गुरुङले बताईन् । …

Read More »

नेपालको असन्तुष्टिप्रति आईसीसीको सकारात्मक जवाफ

काठमाडौं, १८ कात्तिक- अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सल्लाहकार समूहको कार्यविधिबारे असन्तुष्टि जनाउँदै नेपालले पठाएको पत्रको जवाफ दिएको छ । र, छिट्टै नेपालमा प्रतिनिधि पठाउने बताएको छ । नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको आईसीसीले विधान संशोधनको मस्यौदा तयार पार्न सल्लाहकार समिति बनाएको छ । तर, समितिको नेतृत्व र कार्यविधिप्रति सल्लाहकार समितिका सदस्यहरु सन्तुष्ट छैनन् र समिति गठन भएको लामो समय …

Read More »

आर्सनल, बायर्न म्युनिख, एथ्लेटिको मड्रिड र पिएसजी नकआउट चरणमा

काठमाडौं, कात्तिक १७ चर्चित क्लबहरु आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३-२ ले हराउँदै इङलिश क्लब आर्सनलले अन्तिम १६ मा ठाउँ सुरक्षित गरेको हो । खेलमा आर्सनललाई विजयी गराउन ग्रानिट झाका, ओलिभर जिरु र मेसुत ओजीलले १÷१ गोल गरे । यही …

Read More »

पर्यटकीय गाउँ तोल्कामा आजपनि विभिन्न खेल हुँदै

पोखरा, १४ कार्तिक- कास्कीको पर्यटकीय गाउ तोल्कामा जारी बृहत खेलकुद कार्यक्रममा शनिवार दोश्रो चरणको खेलहरु सम्पन्न भएका छन । देउराली युवा क्लवले आफ्नो १३ औ वार्षिकोत्सव तथा दिपावलीको अवसरमा आयोजना गरेको विविध खेलकुद कार्यक्रम अन्तर्गत शनिवार दोश्रो चरणको खेलहरु सम्पन्न भएको हो । शनिवार सम्पन्न दोश्रो चरणको पहिलो खेलमा लामाखेतले मकवानपुरलाई २५–२३, २५–२० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश ग¥यो …

Read More »

कास्कीको पर्यटकीय गाउँ तोल्कामा विविध खेलकुद कार्यक्रम सुरु

पोखरा १२ कार्तिक- कास्कीको उत्तरपश्चिम अन्नपूर्ण ट्रेकमा पर्ने तोल्का ८ लुम्लेमा बृहत खेलकुद कार्यक्रम शुरु भएको छ । तोल्का ८ लुम्लेमा रहेको देउराली युवा क्लवले आफ्नो १३ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत खेलकुद कार्यक्रम बुधवारबाट शुरु भएको हो । सो समारोहको उद्घाटन गर्दै स्थानिय समाजसेवी हरिमान गुरुङले क्लवले आफ््नो वार्षिकोत्सवका अवसरमा खेलकुद कार्यक्रमको आयोजना गरी युवाहरु बीच आपसी भाइचाराको …

Read More »

अनिल गुरूङको कप्तानीमा नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं, ११ कात्तिक- कात्तिक १७ गतेदेखि मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीमध्येबाट दुई नयाँ अनुहारसहित मंगलबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपाली टोलीमा डिफेण्डरहरु दीपक गुरुङ र देवेन्द्र तामाङलाई पहिलो पटक राष्ट्रिय टोली स्थान बनाएका छन् । अनिल गुरुङको कप्तानीमा तीन गोलरक्षक, …

Read More »