Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 30)

खेलकुद

आजदेखि पोखरामा कोकाकोला कप छात्र-छात्रा फुटवल प्रतियोगिता

पोखरा, २० जेठ- कास्की जिल्ला फुटवल संघको आयोजनामा बिहीबारदेखि पोखरा रंगशालामा अन्तर विद्यालय स्तरीय कोकाकोला कप छात्र-छात्रा फुटवल प्रतियोगिता सुरु हँदैछ । प्रतियोगिता अन्तर्गत कास्कीमा छात्रतर्फ ९० तथा छात्रातर्फ १३ टिम सहभागि हुने भएको कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले बताए । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको कार्यक्रम तथा अखिल नेपाल फुटवल संघको तत्वाधानमा हुन लागेको प्रतियोगितामा छात्रतर्फका …

Read More »

बंगलादेशको ए डिभिजन क्लबको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त

काठमाडौं, १९ जेठ- नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल महर्जन बंगलादेशको ए डिभिजन क्लबको प्रशिक्षक नियुक्त भएका छन् । पत्रकार सम्मेलन गरेर उनले बंगलादेशको ए डिभिजन क्लब ब्रदर्श युनियनको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेको जानकारी दिएका हुन् । क्लबसँग तीन महिनाको सम्झौता भएको र बिहीबार ढाका जाने पनि उनले बताएका छन् । उनले मासिक १५ सय अमेरिकी डलर अर्थात …

Read More »

बिमल भन्छन्ः ‘आजसम्म देशको लागि लडें, अब बहिनीको लागि लड्छु’

१९ जेठ, काठमाडौं । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरले आफ्नी बहिनी मनिषाको ‘हत्या’ गर्नेमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । आजसम्म देशको लागि लडेको भन्दै उनले अब ‘बहिनीको लागि लड्ने’ फेसबुकमा लेखेका छन् । उनी लेख्छन्, ‘सानो छँदा बाबु गुमाएँ । बाबु पनि देशको लागि लड्नुहुन्थ्यो । बिस्तारै त्यो पीडा भुल्दै जाँदा आज १० वर्ष भएको थियो । आज अर्को …

Read More »

आठौं क्षेत्रीय राष्ट्रपति रनिङ्ग शिल्ड कास्कीलाई

पोखरा, १७ जेठ- आठौ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगितामा कास्की जिल्ला च्याम्पियन बनेको छ । कास्कीले कुल २०१ अंक ल्याउदै आठौ पटक पनि क्षेत्रीय रनिङग शिल्ड जित्न सफल भयो । कास्कीले एथलेटिक्समा १ सय ३१, छात्रा भलिबलमा ४२, कबडड्ी छात्रछात्रामा २८ अंक ल्याउदै च्याम्पियन बनेको हो । कास्कीले रनिङ्ग शिल्ड सहित नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र …

Read More »

कास्की जिल्ला बक्सिङ संघमा पुनः गुभाजु

पोखरा, १७ जेठ- कास्की जिल्ला बक्सिङ संघको तेश्रो अधिवेशनले पुनः बुद्ध गुभाजुको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । संघको शनिबार भएको तेस्रो अधिवेशनले गुभाजुको नेतृत्वमा आगामी चार बर्षका लागि नयाँ समिति चयन गरेको हो । संघको उपाध्यक्ष राजेन्द्र पहारी, मनोनित उपाध्यक्ष रामराज अधिकारी, सचिव राजुबहादुर कोइराला, सहसचिव टेकबहादुर भुजेल, कोषाध्यक्ष सुमन श्रेष्ठ छन । त्यसैगरी सदस्यमा भरत आले, सूर्य …

Read More »

पोखरामा क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड सुरु

बिग न्युज  पोखरा १६ जेठ  । पोखरामा आठौ पश्चिमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजित १५ सय मिटर छात्र÷छात्रा दौडमा गुल्मीका रोहित अधिकारी र छात्रा दुर्गा पौडेलले स्वर्ण पदक जिते । छात्र तर्फ लम्जुङका विष्णुहरी पौडेलले रजत  र कास्कीका विवेक गुरुङले कास्य पदक हात पारे । छात्रामा नवलपरासीकी गुडिया गुप्ताले रजत पदक जित्दा …

Read More »

राष्ट्रपति रनिङ्ग शिल्ड पोखरामा आजदेखि, १४ सय बढि खेलाडी सहभागि

पोखरा, १६ जेठ- आठौ क्षेत्रीय राष्ट्रपति रनिङग शिल्ड खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा १७ गतेसम्म संचालन हुने प्रतियोगितामा छात्र/छात्रा भलिबल, एथलेटिक्स, कबडडी, फुटबल उसु, कराँते, तेक्वान्दो र छात्र क्रिकेटमा १६ जिल्लाका १४ सय २२ खेलाडी र १ सय ३५ अफिसियल गरि १५ सय बढिको सहभागीता रहनेछ । क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख …

Read More »

बहिनीको निधनपछि काठमाडौं आइपुगे विमल

काठमाडौं, १४ जेठ- उपचारका क्रममा बेल्जियममा रहेका राष्ट्रिय फुटबल टिमका स्ट्राइकर बिमल घर्तीमगर काठमाडौं फर्किएका छन् । उनी कतार एयरबाट बिहान साढे नौँ बजे काठमाडौं आइपुगेका हुन् । उपचारका लागि बेल्जियम गएका बिमल बहिनी मनिषाको ज्यान गएको खबर पाएपछि फर्किएका हुन् । विमल बिहान साढे ९ बजे कतार एयरबाट काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल आएको एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो …

Read More »

लेखनाथमा तीन दिने फुटबल प्रशिक्षण

लेखनाथ, १३ जेठ- फुटबलको क्षेत्रमा काम गर्दै आएको मध्यपुर युथ एसोसियसन र मर्सीकोर नेपालको आयोजना तथा आदर्श युवा क्लवको व्यवस्थापनमा तीन दिने फुटवल प्रशिक्षण सुरु भएको छ। मध्यपुर युथ एसोसियसनका अध्यक्ष तथा १६ वर्ष मुनि उमेर समहुका राष्ट्रिय प्रशिक्षक उपेन्द्रमान सिंहको अगुवाईमा लेखनाथ नगर क्षेत्रका भिविन्न वडाबाट प्रतिनिधीत्व हुने गरि २० जना खेलाडीहरुलाई प्रशिक्षण दिईएको हो। यस भन्दा अगाडी दुई …

Read More »

रुपाकोटमा आयोजित भलिबल प्रतियोगिताको उपाधि खोरदी क्लवलाई

जेठ ११, पोखरा – सिद्धार्थ स्मृति क्लव, रुपाकोट–९, मोहरिायाको आयोजनामा भएकोे पुरुष खुल्ला प्रतियोगिताको उपाधी खोरदी क्लवले जितेको छ । सिद्धार्थले फाइनलमा शान्ति दिप युवा क्लवलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस अघि भएको सेमिफाइनलमा शान्तिदिपले सिद्धार्थ स्मृतिलाई र खोरदीले हिमदृश्य युवा क्लवलाई पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने समुहले नगद ३० हजार, शिल्ड, मेडल र …

Read More »