Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » खेलकुद (page 80)

खेलकुद

नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता

१४ असार, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाललाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको छ । मेलबर्नमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अध्यक्ष एन श्रीनिवासको अध्यक्षतामा भएको बैठकले नेपाललाई यो स्तर दिने निर्णय गरेको हो। बैठकले नेपालसँगै नेदरल्याण्डलाई ट्वान्टी-२० राष्ट्रको मान्यता दिएको हो । नेपाल र नेदरल्याण्डले बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो । विश्वकपको समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको …

Read More »

गोल्डेन बुटको प्रतिस्पर्धामा मेसी र नेयमार अगाडि

रियो दि जेनेरियो (एपी), असार १३ – विश्वकपको गोल्डेन बुटको प्रतिस्पर्धामा बार्सिलोनाका खेलाडीबीच प्रतिस्पर्धा हुने देखिएको छ । लियोनल मेसीले बुधबार नाइजेरियाविरुद्ध ३-२ ले जित हासिल गरेको खेलमा २ गोल गरेसँगै यस्तो प्रतिस्पर्धा देखिएको हो । ब्राजिलमा नेयमर र मेसीको गोल संख्या समान ४ पुगेको छ । यी दुवै खेलाडी बार्सिलोनामा सँगै फुटबल खेल्छन् । जेरडान साकिरी पनि गोल्डेन बुटको …

Read More »

विश्वकपका चर्चित स्क्यान्डल

गेरेल इमरे, असार १३ – ब्राजिल विश्वकपमा उत्कृष्ट गोल, रोमाञ्चक खेल र उत्साहजनक वातावरण छ । तर यसमा अघिल्ला विश्वकपमा जस्तो चर्चित ‘स्क्यान्डल’ भने भएको थिएन । जुन अविस्मरणीय होस् । तर उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले इटालीका जर्जियो चेलिनीलाई टोकेर त्यसलाई पनि पूरा गरिदिए । यहाँ केही अरू यस्ता घटना, खेलाडीले गरेको काम र रेफ्रीको गल्तीलाई समेटिएको छ । “ह्यान्ड …

Read More »

विश्वकप फुटबल: प्रि–क्वाटरफाइनलको समिकरण पुरा, पोर्चुगल बाहिरियो

१३ असार / ब्राजिलमा जारी विश्वकप फुटबलमा अन्तिम १६ को समिकरण पुरा भएको छ । गएरातिका खेलबाट थप ४ वटा टिम प्रि क्वाटरफाइनलमा प्रवेश गरेसँगै समिकरण पुरा भएको हो । समूह जी बाट जर्मनी र अमेरिका तथा समूह एचबाट बेल्जीयम र अल्जेरिया प्रि क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम ४ टिम बने । गएराति भएको खेलमा जर्मनीले अमेरिकालाई पराजित गरे पनि दुवै टिम …

Read More »

मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल खेलाडी छनोट

काठमाण्डौं, ७ असार / आगामी असार ११ ईन्डोनेसियामा हुने मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय खेलाडी छनोट गरिएको छ। ईन्डोनेसियाको राष्ट्रिय फुटबल टिम विरुद्ध हुने मैत्रिपूर्ण फुटबलका लागि सागर थापाको नेतृत्वमा २२ सदस्यीय खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघका प्रवक्ता ललितकृष्ण श्रेष्ठले बताए। फरवार्ड: भरत खवास बिमल घर्तिमगर दीपक राई अनिल गुरूङ जुमानु राई असिम जंग कार्की मिड फिल्डर: जगजित …

Read More »

विश्वकपमा कोलम्बिया र आईभरीकोष्ट, उरुग्वे र ईंगल्याण्ड तथा जापान र ग्रिस खेल्दै

बिग न्युज, पोखरा ५ असार / ब्राजिलमा जारी विश्वकप फुटबलमा आज पनि राति, मध्यरात र बिहान गरी तीन खेल हुँदैछन् । राति पौने दश बजेदेखि हुने खेलमा कोलम्बिया र आईभरीकोष्ट प्रतिष्पर्धामा उत्रनेछन् । कोलम्बियाले पहिलो खेलमा ग्रीसलाई ३–० गोलले हराएको थियो भने आईभरीकोष्टले जापानलाई २–१ गोलले हराएको थियो । दुवै टीम जीत हात पार्दै अर्को चरण प्रवेश पक्का गर्न चाहन्छ …

Read More »

पोखरामा विद्यालयस्तरीय कोकाकोला कप फुटबल प्रतियोगिता सुरु

पोखरा, जेठ ३१ गते । यूवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अन्र्तगत अखिल नेपाल फुटबल संघ कास्कीको संयोजनमा शनिबार देखि पोखरामा छात्र÷छात्रा कास्की जिल्लास्तरीय कोकाकोला कप विद्यालयस्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ । पोखरा रगंशालाको फुटबल मैदानमा सुरु भएको प्रतियोगिताको छात्रतर्फ उद्घाटन खेलमा नेपाल भारतमैत्री विद्यालयले शिवशक्ति उच्च माविलाई १—० गोल अन्र्तरले पराजित गदै विजयी सुरुवात गरेको …

Read More »

इतिहास रच्दै विमल युरोपियन क्लब एन्डरलेक्टसँग अनुबन्धित

काठमाडौँ, २५ जेठ / नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तिमगरले बेल्जियमको क्लब एन्डरलेकमा एक वर्षको व्यावसायिक अनुबन्धन पाएका छन्। दुई महिना एन्डरलेकमा विशेष प्रशिक्षण तथा थुपैं अभ्यास खेल खेलेर गतसाता नेपाल फर्किएका विमललाई आइतबार उनका एजेन्ट रेने कोस्टरले टेलिफोनबाट अनुबन्धनबारे जानकारी गराएका थिए। एन्फाको विज्ञप्तीमा भनिएको छ, विमललाई पुनः २६ जुलाई, २०१४ देखि ३१ मे २०१५ सम्म आफ्नो एकेडेमीमा …

Read More »

वीर गणेशमान सिंह गोल्डकप उपाधि आर्मीलाई, पुलिस ३-१ गोलले पराजित

रञ्जन अधिकारी, पोखरा २४ जेठ / बिराटनगरमा संचालित वीर गणेशमान सिंह गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । शनिबार भएको फाइनल भिडन्तमा अर्को विभागीय टोली पुलिसलाई ३-१ गोल अन्तरले पराजित गर्दै आर्मीले उपधिसँगै ५ लाख मात्र पाएन, ५ वर्षे उपाधिको खरेडी टारेको छ । आर्मीले यसअघि २०६६ मा बुटबलमा भएको तिलोत्तमा गोल्डकप जितेको थियो । उपविजेता पुलिसले भने …

Read More »

विश्वकपको गीतमा १९७४ एडी पनि समावेश (भिडियोसहित)

काठमाडौं, जेठ २१ –यही महिना हुन गइरहेको फिफा विश्वकप फुटबल प्रतियोगितका लागि लक्षित गरेर कोकाकोलाले तयार गरेको एन्थममा नेपालको चर्चित ब्याण्ड १९७४ लाई पनि समावेश गरिएको छ । ‘वल्र्ड  इज अवार्स’ बोलको गीतलाई विश्व भरीका १२० संगीतकार र निर्माताहरुले ‘रिमिक्स’ गरेर तयार गरेका हुन् । यस गीतलाई २४ वटा स्थानीय भाषामा पनि तयार गरिएको छ । यसका लागि उनीहरुले करिब …

Read More »