Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी पहिलो ‘भ्वाइस अफ नेपाल’ विजेता – BIG FM 101.2 MHz

Breaking News
Home » मनोरञ्जन » प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी पहिलो ‘भ्वाइस अफ नेपाल’ विजेता

प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी पहिलो ‘भ्वाइस अफ नेपाल’ विजेता

प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को विजेता भएका छन् । कतारको दोहामा भएको ‘दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा तीन जनालाई पछि पार्दै उनी विजेता बनेका हुन् । उनी टिम दिप श्रेष्ठबाट हुन् । सिडी विजय ‘दोस्रो खोजी प्रतिभा’ मा पनि उपविजेता बनेका थिए

नेपालमा पहिलो पटक भएको ‘दि भ्वाइस अफ नेपाल’को टाइटल उनले आफ्नो पोल्टामा पारेका हुन् । टाइटलसँगै उनले २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य फिनालेमा पुगेका थिए । ब्लाइण्ड अडिसनमा टीम प्रमोदबाट उनको यात्रा सुरु भएपनि ब्याटल राउण्डमा रोजाइमा नपरेपछि निर्णायक दीप श्रेष्ठले आफ्नो टीममा भित्राएका थिए । जसकारण, उनको यात्रा रोकिएन ।

सिडी विजय पहिल्यै स्थापित गायक हुन् । उनले जोखिम मोलेरै प्रतियोगितामा भाग लिएका थिए । अन्ततः उनी दर्शकका मायाका कारण पहिलो भ्वाइस अफ नेपालको उपाधि जित्न सफल भए ।

नेपालको पहिलो फ्रेञ्चाइज शो ‘नेपाल आइडल’ को पहिलो उपाधि पनि धादिंग घर भइ पोखरामा बस्दै आएका बुद्ध लामाले जितेका थिए ।  बुद्ध बिग एफएम १०१.२ ले आयोजना गर्दै आएको बिग आइकन २०१२ मा चौथो बनेका थिए । पहिलो नेपाल आइडलमा टप फोर भएका सागर आले मगर सातौं विग आइकनका उपविजेता हुन् । अहिले दोस्रो संस्करणमा टप एट बाट आउट भएका निलिमा थापा मगर सातौं बिग आइकनका टप फाइभहुन् । दोस्रो संस्करणको फाइनलमा पोखराबाट विक्रम बराल छन् । पोखरेलीहरु विक्रमलाई उपाधि जिताएर पोखरा हार्न नजान्ने भन्दै सामाजिक सञ्जाल रंगाइरहेका छन् ।

Check Also

सुटिङ सेटमा हरिहर अधिकारीको गर्लफ्रेन्डले गरिन् बबाल (भिडियोसहित)

बिग न्यूज पोखरा, २८ पुस । ज्योतिष हरिहर अधिकारी नायक बनेको फिल्म शुभ लभ को …