Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » मनोरन्जन लिउँ:गम्भिर बनौ

मनोरन्जन लिउँ:गम्भिर बनौ

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुश सँगै देशमा शैक्षिकनीति परिमार्जनको बहश त चलेकै हो तर पहिले त भइरहेको शिक्षाको गुणस्तर सुधार गर्नुपर्छ हामीकहाँ सामुदायिक सरकारी र निजि विद्यालयहरु छन् । ति विद्यालयमा छुटाछटौ शैक्षिक गुणस्तर छन् । अलिक सम्पन्न निजि तथा समुदायिकमा निम्न तथा निम्न मध्यम वर्गका सरकारी विद्यालयमा पढनुपर्ने हुन्छ । निम्न तथा निम्न मध्यमवर्गले निजि विद्यालयमा पढाउन आर्थिक रुपले नसक्ने सरकारी स्कुलमा नाममात्रको पढाइ हुने,यहि गम्भिर विषयवस्तुलाई छक्का पन्जा ३ ले पस्केको छ । कतिपय पैसा तिरेर त के नतिरीकन पनि बालबच्चा पढाउन सक्दैनन् तिनका बाल बच्चाले त सरकारी विद्यालयमा पढनुपर्ने त्यो बच्चाको के दोष गरिबको कोखमा जन्मैकै कारण ऊ सरकारी स्कुल पढनुपर्ने हुन्छ शिक्षामै भेदभाव धनि र गरिबमा अनि सरकारी स्कुलमा गरिने राजनीति र पढाइप्रतिको व्यवस्थाले गरिब गरिबै राम्रोसँग पढन र माथि उठन पाउदैनन् । दिपाश्रीको यसपालीको फिल्मले देशको शैक्षिक अवस्थालाई देखाउने प्रयत्न गरेको छ ।

शिवहरि विद्यालयको प्रधान अध्यापकछन् तर विद्यालय नै उनको वसमा छैन् । स्कुल स्थानिय नेताको खिचातानीमा परेको छ । शिक्षकहरु स्कुल समयमा कोही व्यक्तिगत तथा घरायसि काममा त कोहीतास खेल्नमा मस्त भएको देखाइएको छ । गणित शिक्षक बुद्धि कक्षामा भन्दातास खेल्नमा व्यस्त नेपाली शिक्षक स्कृल पढाउने समयमा जग्गादलाली गर्नमा व्यस्त,पाले केदार घिमिरे स्कुलको घण्टि बजाउन छाडेर सहनाइ बजाउन व्यस्त अङग्रेजी पढाउने शिक्षक नभएर नेपाली शिक्षकले अङग्रेजी पढाएका छन् । प्रधानअध्यापक शिवहरिकी छोरी उज्यली दिपिका आफनो समाचार वाचिकाको जागीर छोडेर अष्टेलियाजाने तयारीमा कागजात बनाइरहेकी तर स्कुलमा अङग्रेजी विषयको पढाइ नेपाली शिक्षकले पढाएको र आफ्नो बाबुको झुकेको सिर उठाउन र विद्यालयको पढाइ सुधारमा जुटेकी छन् ।

काजी र वाङदेल दुई राजनैतिक पाटीको रस्साकस्सी छ । राजनीति सृुधारर्न आमासँग बस्ने राजालाई काजीले घर ल्याउछ वाङदेलसँग मित लाउछ उजेलीलाई बुहारी बनाउछ । उस्को मुठीमा नभइ समस्यामा पारिन्छ । काजी र वाङदेल दुई राजननैतिक पाटीको रस्साकस्सीले स्कृल सुधारमा लागी परेकी दिपिका सुरुमाहार खाएकी भएपनि अन्त्यमा स्कुल सुधारको जित हासिल गरेकी छिन् । मिडिया तथा नारी नै समाज सुधारको दरिलो माध्यम स्थापित भएको देख्न सकिन्छ । परिवार तथा समाजमा नारीलाई सामान्य भुमिका मान्ने हाम्रा समाजका पात्रलाई गतिलो झापड हानेको छ । महिला नभएको घर पनि घर हो त्यो त साढे पाल्नेगोठ हो लक्ष्मीगिरीको डाइलक । घर परिवार समाज सामाजिक व्यवस्थामजबुत बनाउन हामी सबैले हाम्रो काम कतव्र्य के हो बुझन् जरुरी छ ।

यसपालिको दिपाश्री निरौलाको फिल्मले कमेडीलाई भन्दा विषयवस्तुलाई महत्व दिएकोले गतिलो सन्देश दिन सफल भएको छ । सरकारी स्कुलका कर्मचारी कमजोरी होइनन् तर त्यहाको प्रशाशनको कमजोरीले कर्मचारी कामचोर भएका छन् । जस्को मारमा गरिब र जेहेन्दार विद्यार्थी परेका छन् । तिनै प्रधानअध्यापक पछि पुरस्कृत भएका छन् । प्रशाशनको सुधार भएपछि विद्यालयको रिजल्ट सतप्रतिशत आएको छ । विद्यालयका विद्यार्थी कमजोर होइनन् प्रशाशन र कामचोर कर्मचारीले विद्यार्थीको पढने समय र अवसर गुमाइदिएका छन् । साथ र सहयोग जो कोहीलाई पनि चाहिन्छ । चाहे नेता होस प्रधानअध्यापक होस चाहे लोग्ने होस स्वास्नीतथा सासु बुहारी गतिलो काम गरेर देखाउन सफल बन्नको लागी हरेकलाई साथ चाहिन्छ । सुधार जो कोहीले गर्न सक्छ ।

उजेली जस्तै समाज सुधारकको खाचो छ देशमा शिक्षित दक्ष विदेसिने युवापुस्तालाई देशमै बस गर केहि देश बनाउनु छ तिमिले भन्न पुगेको छ । त्यस्तै फिल्मले श्रीमान श्रीमतिको सासु बुहारीको माया के कस्तो हुनुपर्ने हो यो बुझन फिल्म छक्का पन्जा ३ र्हेनौपर्छ । निर्देशकले कलाकारलाई कथावस्तुमा चरित्रमा बाध्न सफलभएकी छन् । फिल्मले मनोरन्जन मात्र दिदैन गम्भिर ज्ञान सुझाब सँगै राजनैतिक नेता तथा सरकारी कर्मचारीलाई गतिलो सन्देश दिएको छ । दर्शकलाई मात्र बुझेर मनोरन्जनलाई बढि ध्यान दिने यो टिमले यसपालीको फिल्ममा देशकै लागी गम्भिर सन्देश दिन पुगेको छ । देशभरिकै सामाजिक समस्यालाई उजागार गरेको छ । विकाश निर्माणको मुख्य आधार शैक्षिक गुणस्तर सुधार गर्न साच्चिकै देशका उच्चपदस्थ व्यक्ति, राजनैतिक कार्यकतार्, सरकारी कर्मचारी शिक्षक शिक्षिका गम्भिर हुनुपर्ने आवश्यकता छ ।

(गीता पोख्रेल सिग्देल-बिग.एफ.एम)

Check Also

प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी पहिलो ‘भ्वाइस अफ नेपाल’ विजेता

प्रथम बिग आइकन उपविजेता सिडी विजय अधिकारी सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ को …