Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » चितुवाको आक्रमणमा परी तनहुँमा चार वर्षीया बालिकाको मृत्यु

चितुवाको आक्रमणमा परी तनहुँमा चार वर्षीया बालिकाको मृत्यु

कात्तिक ३०,दमौली । चितुवाको आक्रमणमा परेर बिहीबार साँझ तनहुँमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–४ चिसापानी निवासी चार वर्षीया अस्मिता लम्साल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको आँगनमा खेलिरहेको अवस्थामा अस्मितालाई साँझ ५ बजे चितुवाले आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणबाट घाइते भएकी उनलाई उपचारका लागि दमौली अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक बालिकाको बुबा कृष्ण लम्साल वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । उनी आमा सरस्वती लम्साल र दुई दाजुको साथमा बस्दै आएकी थिइन् ।

तस्बिर:गिता थापा मगरको फेसबुकबाट ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …