Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » ‘सिन्डिकेट’ लाद्न नपाएपछि यातायात व्यवसायीले आन्दोलन गर्ने

‘सिन्डिकेट’ लाद्न नपाएपछि यातायात व्यवसायीले आन्दोलन गर्ने

बिग खबर
काठमाण्डौ, २६ चैत । यातायात क्षेत्रमा एकछत्र सिन्डिकेट लाद्न नपाएपछि व्यवसायीहरु सरकारको विरुद्धमा आन्दोलित हुने भएका छन् । सिन्डिकेट तोड्न सरकारले रुट इजाजत खुला गरेपछि आक्रोसित यातायात व्यवसायीहरुले भेला गरेर आन्दोलनको घोषणा गरेका छन् । उनीहरुले आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने दाबी गरेका छन् ।

यातायात व्यवस्था विभागले १८ चैतमा यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । यो यातायातमा कायम सिण्डिकेट तोड्न महत्वपूर्ण कदम मानिएको छ ।

तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । यसका लागि हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् । यद्यपी सरकारको यो निर्णयलाई लिएर नयाँ यातायात व्यवसायीहरु भने निकै उत्साहि छन् ।

उता यातायात व्यवसायी महासंघले सबैभन्दा पहिलो चरणमा प्रधानमन्त्री र सातवटै प्रदेशका मूख्यमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएर दबाब दिने बताएको छ । यति गर्दा पनि माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने महासचिव सिटौलाले भने । यो पटकको आन्दोलन हदैसम्मको हुने चेतावनी उनले दिएका छन् ।

‘एकपक्षीय ढंगबाट संशोधन भएको निर्देशिका मान्दैनौं । यसलाई कायम राख्ने हो भने आन्दोलनको विकल्प छैन’ सिटौलाले भने, ‘हामी नेपाल बन्दै गर्न पनि तयार छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले भने सिन्डिेकटका सामू विगतका सरकारले झै घुँडा नटेक्ने बताउँदै आएका छन् । त्यही बलमा यातायात व्यवस्था विभागले अरनिको राजमार्गमा कायम सिन्डिेकेट तोडेपछि व्यवसायी आतंकित बनेका छन् ।

Check Also

यस्तो बन्ने भो भालु पहाड ! ४५ करोडको गुरुयोजना, २३ फिटको शिव र बुद्धको मूर्ति (भिडियो सहित)

पोखरा ५ असोज । स्याङ्जाको भालु पहाडलाई उत्कृष्ट टुरिजम स्पोट बनाइने भएको छ । पर्यटकिय …