Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » न्यूरोडमा खुल्यो ‘सिटी स्क्वायर ब्यांक्वेट’ (फोटो फिचर)

न्यूरोडमा खुल्यो ‘सिटी स्क्वायर ब्यांक्वेट’ (फोटो फिचर)

बिग न्यूज
पोखरा, ९ फागुन । तारे होटलको सेवा र सुविधासहित पोखराको न्यूरोडमा ‘सिटी स्क्वायर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट’ संचालनमा आएको छ ।

७ करोड रुपैयाँको लगानीमा संचालनमा ल्याईएको व्याङ्क्युट तथा रेष्टुरेन्टले गुणस्तरिय तथा ग्राहकहरुको रोजाई अनुसारको सेवा दिने दावी गरेको छ ।

व्याङ्क्युटमा ठूलो देखी साना सवै खालको कार्यक्रमहरु गर्न मिल्ने ४ सय, २ सय ५०, ६० र १५ जना क्षमताका ४ वटाहलहरु का साथै ७० जना क्षमताको रेष्टुरेन्ट तथा बार पनि रहेका छन् । चारवटैहलहरु आधुनिक तरिकाले निर्माण गरिएको साथै एयर कन्डिसन र साउन्डप्रुफ रहेको छ ।

विभिन्न कार्यक्रम तथा उत्सवको लागि आवश्यकता वमोजिमको सेवाका साथ कार्यक्रम गर्न सकिने वताईन्छ । परिसरमै वार, कफि सप तथा जुस कर्नर छ ।

‘पोखरा अव प्रदेशको राजधानीमात्र नभई अन्तराष्टिय« शहर वन्दै छ । पर्यटकीय शहरमा अत्याधुनिक सुविधा सम्पन्न व्याङ्क्युट पनि आवश्यक छ ।’ सिटी स्क्वाएर व्याङ्क्युट एण्ड रेष्टुरेन्ट प्रालिका अध्यक्ष प्रमेश पराजुलीले भने ‘बजारको नजिकै सुविधा सम्पन्न हलको अभावमा अन्यत्र भौतारिनु पर्ने समस्या अव हुँदैन । उत्कृष्ट सेवा दिने गरि हामी आएका छौँ’।

विवाह, व्रतवन्ध लगायतका कार्यक्रमहरुको लागि पनि मन्डपदेखी आवश्यक सवै सुविधा एकै ठाँउमा भएको कम्पनीको भनाई छ । कम्पनीका दक्ष र व्यवसायिक ५० जनाको जनशक्तिले सेवादिने प्रवन्ध निर्देशक आदर्शमान श्रेष्ठले वताए । ‘हामीसँग भएको सवै जनशक्ति अनुभवी र दक्ष छन् । ग्राहकको रोजाई अनुसारको गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धताका साथ आएका छौँ’। श्रेष्ठले भने‘बजारको केन्द्रमा भएपनि पर्याप्त पार्किङको लागि ठाउँ छुट्टाएका छौँ’।

Check Also

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ …