Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » ‘क्लियर टिभी’ जडान गर्दा ‘सेटअप बक्स’ निशुल्क, एउटै तारबाट ‘इन्टरनेट’ पनि चलाउन पाईने

‘क्लियर टिभी’ जडान गर्दा ‘सेटअप बक्स’ निशुल्क, एउटै तारबाट ‘इन्टरनेट’ पनि चलाउन पाईने

बिग खबर
पोखरा, २१ चैत । ‘एचडी फर्म्याट’मा टेलिभिजन हेर्न चाहनेहरुका लागि पोखरा इन्टरनेट प्रालिले पोखरामा पनि ‘क्लियर टिभी’को औपचारिक शुरुवात गरेको छ । केहि समय अगाडिदेखि नै पोखरा र आसपासमा जडान शुरु भएको ‘क्लियर टिभी’को परिक्षणकाल ‘सक्सेस’ भएको प्रालिले जनाएको छ ।

‘क्लियर टिभी’को सेवालाई ग्राहकहरुले निकै रुचाएका छन् । उच्च गुणस्तरको सेवासँगै ‘क्लियर टिभी’ जडान गर्नेहरुका लागि कम्पनीले ‘सेटअप बक्स’ निशुल्क उपलब्ध गराईरहेको प्रालिका प्रवन्ध निर्देशक सरोज कोइरालाले जानकारी दिए ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय टिभी च्यानलहरुको साथमा पोखराका स्थानीय च्यानलहरुसमेत क्लियर टिभीमार्फत हेर्न सकिन्छ,’ कोईरालाले भने ।

छोटो समयमै क्लियर टिभीको ‘सब्सक्राइबर’ ३ हजार कटेको कम्पनीले जनाएको छ । परिक्षण सफल भैसकेपतिछ सेवा शुभारम्भको अवसरमा प्रालिले सेटअप बक्सको अफर ल्याएको उनले जानकारी दिए ।

‘ग्राहकले २ हजार रुपैयाँ तिरेर ६ महिनासम्म टिभी हेर्न सक्छन्,’ उनले भने । एक वर्षको एकैपटक शुल्क तिर्दा थप २ महिना टिभी हेर्न सकिने कोइरालाले जानकारी दिए । एक वर्षको जडान गर्दा ४ सय रुपैयाँसमेत छुट प्रदान गरिने उनले बताए । सेवा जडानको पहिलो ६ महिना वा एक वर्षपछि मासिक ३ सय, ५ सय र ७ सयका विभिन्न प्याकेजहरु उपलब्ध गराइने उनले बताए ।

क्लियर टिभी जडान गरेपछि २ सय भन्दा बढी टिभी च्यानल आउने प्रालिका प्रवन्धक विजेशशंकर पालिखेले बताए । अहिले भइरहेका ग्राहकले पुरानै संरचनाबाट टिभी जडान गर्न सक्नेछन् । ‘सेटअप बक्समात्रै परिवर्तन गरेर तारहरु पुरानै प्रयोग गर्न सकिन्छ,’ उनले भने ।

६ महिनाका लागि इन्टरनेट जडान गरेमा पनि ६ महिनाकै लागि निःशुल्क टिभी जडान गरिने उनले जानकारी दिए । एउटै तारबाट क्लियर टिभीसँगै इन्टरनेट सेवा पनि सँगै दिने भएकोले ग्राहकहरुका लागि अझै बढि सजिलो भएको कम्पनीले जनाएको छ । उच्च गुणस्तर, स्तरीय च्यानल, २४सै घन्टा सेवा लगायतका विशेषताले क्लियर टिभीप्रति ग्राहकको आकर्षण बढ्नेमा आफू विश्वस्त रहेको उनले बताए । ‘व्यावसायिक प्रतिष्ठान तथा होटलहरुमा क्लियर टिभी जडानको माग राम्रो छ,’ उनले भने ।

Check Also

‘दी भ्वाइस अफ नेपाल’सँग ‘क्याप्सुल ९’ को सहकार्य

बिग खबर काठमाण्डौ, ४ बैशाख । साउनबाट शुरु हुन लागेको गायन रियालिटी शो ‘दी भ्वाइस …