Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » पशुपतिको नयाँ ‘कोकोनट बिस्कुट’ बजारमा

पशुपतिको नयाँ ‘कोकोनट बिस्कुट’ बजारमा

बिग खबर
पोखरा, २१ चैत । श्री पशुपति इन्डष्ट्रिज प्रालिले आफ्नो नयाँ उत्पादन कोकोनट बिस्कुट बजारमा ल्याएको छ ।

नेपालकै अग्रणी औद्योगिक घरानाका रुपमा प्रसिद्धि कमाएको चौधरी ग्रुपद्वारा सञ्चालित श्री पशुपति बिस्कुट इन्डष्ट्रिज प्रालिले उपभोक्तालाई नयाँ स्वाद दिने क्रममा उच्च गुणस्तरको कोकोनट बिस्कुट उत्पादन लञ्च गरेको कन्ट्री म्यानेजर विकास बिडारीले जानकारी दिए । उनले अन्य कोकोनट बिस्कुटभन्दा यो भिन्न रुपमा आएको दाबी समेत गरेका छन् ।

बिहान चियासँगै भोक जगाउने र दिउँसो भोक मेटाउने बिस्कुटका रुपमा कोकोनट बिस्कुट आएको बिडारीको तर्क छ । विदेशी बिस्कुटहरुसँग प्रतिस्पर्धा गर्न र स्वदेशी बिस्कुटमै नेपाली उपभोक्ताई सन्तुष्टि दिन सक्ने गुणस्तर यसमा रहेको उहाँको भनाइ छ ।

१०, २० र ५० रुपैयाँ मूल्य पर्ने आकर्षक प्याकेटमा बजारमा आएको बिस्कुटले उपभोक्ताको मन जित्न सफल हुने कम्पनीलको विश्वास छ । यो बिस्कुट उपभोक्ताको स्वास्थ्य र क्रयशक्तिलाई ध्यानमा राखेर बजारमा ल्याइएको कम्पनीले जनाएको छ । काठमाडौँको बजारमा आएको एक हप्तामै उपभोक्ताले अत्यधिक मन पराएकाले पोखराको बजारमा पनि यसले राम्रो प्रभाव पार्ने कम्पनीको दाबी छ ।

बजारमा उच्च कोटिको नरिबल बिस्कुटको मागलाई ध्यानमा राखेर नरिवलको वास्तविक स्वादसहितको नयाँ कोकोनट बिस्कुट उत्पादन गरिएको प्रमुख कार्यकारी अधिकृत होमनाथ न्यौपानेले जानकारी दिए । गुणस्तर र लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले नयाँ नयाँ स्वादका बिस्कुट आम उपभोक्ताका लागि उत्पादन गर्दै अघि बढ्ने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

सन् १९७२ देखि बिस्कुट उत्पादन गर्न थालेको कम्पनीले सोल्टी, सुगर फ्रि क्रन्च, सुप्रिम क्रिम, एम्मी क्रिम, मारी, कुकिज, लेमन पफलगायतका बिस्कुटहरु बजारमा ल्याइसकेको छ ।

Check Also

पोखरा इन्टरनेटको बिल अब ‘इ–सेवा’बाट भुक्तानी गर्न सकिने

रेम बिक पोखरा, २८ कात्तिक । ‘पोखरा इन्टरनेट’का सेवाग्राहीले अब ‘इ–सेवा’ मार्फत आफ्नो बिल भुक्तानी …