Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता – BIG FM 101.2 MHz

Breaking News
Home » खेलकुद » त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

त्रिकोणात्मक टी–२० शृङ्खलामा नेपाल र नेरल्याण्ड्स संयुक्त विजेता

काठमाडौं,१४ साउन । बेलायतमा भएको एकदिने त्रिकोणात्मक २०–२० शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । लर्ड्स मैदानमा भएको खेलमा वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिना निष्कर्ष सकिएकाले आफ्नो अघिल्लो खेलमा जित निकालेका दुवै टिमलाई विजेता घोषित गरिएको हो ।
आइतबार बेलुका भएको पहिलो खेलमा नेपालले स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०लाई ९ विकेटले हराएको थियो । वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा नेपालले ४१ रनको लक्ष्य ४ ओभर ४ बलमा एक विकेटको क्षतिमा भेट्टायो ।नेदरल्याण्ड्सले पनि वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा एमसीसीलाई १० रनले हरायो । नेदरल्याण्ड्सले प्रस्तुत गरेको ७३ रनको लक्ष्य पछ्याएको एमसीसीले ६३ रन मात्रै बनाउन सक्यो ।
शृङ्खलाको निर्णायक मानिएको खेलमा नेपाल र नेरल्याण्ड्स भिडेका थिए । रातिको यो खेल वर्षाका कारण रोकियो । नेदरल्याण्ड्सले १६ ओभर ४ बलमा चार विकेटको क्षतिमा १७४ रन बनाएको अवस्थामा खेल ठूलो वर्षाका कारण रोकिएको हो ।

Check Also

पोखरा फुटबल रंगशालाको काम बल्ल अघि बढ्ने भो, कभर्डहल १५ महिनामा सक्नुपर्नेमा ५ वर्ष लगाउने कम्पनीलाई नै जिम्मा !

पोखरा । लामो समय देखि प्रतिक्षारत पोखरा फुटबल रंगशालाको काम अघि बढने भएको छ । …