Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
एसिया कप छनोटमा नेपालको जित:दीपेन्द्र र आरिफको अर्धशतक – BIG FM 101.2 MHz

Breaking News
Home » खेलकुद » एसिया कप छनोटमा नेपालको जित:दीपेन्द्र र आरिफको अर्धशतक

एसिया कप छनोटमा नेपालको जित:दीपेन्द्र र आरिफको अर्धशतक

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।

दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।

सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने ।

FILE PHOTO

Check Also

पोखरा फुटबल रंगशालाको काम बल्ल अघि बढ्ने भो, कभर्डहल १५ महिनामा सक्नुपर्नेमा ५ वर्ष लगाउने कम्पनीलाई नै जिम्मा !

पोखरा । लामो समय देखि प्रतिक्षारत पोखरा फुटबल रंगशालाको काम अघि बढने भएको छ । …