Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » दाइजो नदिएको भन्दै युवतीमाथि हत्या प्रयास

दाइजो नदिएको भन्दै युवतीमाथि हत्या प्रयास

बिग खबर
वीरगंज, २२ चैत । दाइजो नदिएको भन्दै एक १८ वर्षिया युवतीको हत्या प्रयास भएको छ । युवतीको ससुरालपट्टीबाट उनका श्रीमान र सासुससुरा मिलेर उनलाई मार्ने प्रयास भएको खुलेको हो ।

पर्साको छिपहरमाई गाँउपालिका–४ तुलसिवर्वाकी रविना खातुनलाई उनकै श्रीमान साविर मियाँ धोबी र सासूससुराले जिउमा आगो लगाई मार्ने प्रयास गरेका हुन् ।

रविनासँग रहेको सुनको गहना लिई घरबाट निकाल्न खोज्दा उनले ससुराली पक्षको प्रतिरोध गरेपछि ससुराली पक्षले जीउमा आगो लगाई मार्ने प्रयास गरेको रविनाले बताएको प्रहरीले जनाएको छ ।

चैत १३ गते श्रीमान् साविर, ससुरा फरजन मिया धोवी, सासू शोभा खातुन लगायतका ससुराली पक्षले कुटपिट गरी शरीरमा आगो लगाएको भएपनि घटना बिहीबार सार्वजनिक भएको हो ।

नौ दिनसम्म घरमा लुकाई राखिएकी रविनाले बिहीबार उम्किन सफल भई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा सम्पर्क गरेकी थिइन् ।

उनलाई उचारका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराइएको छ । रविनाको कम्मरदेखि तल शरीरको दाहिने भाग जलेको छ । रविनाको दाहिने खुट्टा र कम्मरमा आगोले जलेर भएको घाउ उपचार अभावमा बिग्रिएको चिकित्सकको भनाइ छ ।

रविनाले दिएको उजुरको आधारमा प्रहरीले अनुसन्धानलाई अगाडि बढाउनुको साथै ससुराली पक्षलाई जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित गराउन मातहतका प्रहरी चौकीलाई निर्देश दिएको नायब उपरीक्षक लिम्बूले जानकारी दिए ।

भारतको दिल्लीमा काम गर्ने रविनाका श्रीमान साविरले उतै कान्छी राखेको र कान्छीबाट एउटा छोरो समेत रहेको रविनाले प्रहरीलाई बताएको प्रहरीको भनाइ छ । विवाह भएको तीन वर्ष बित्दा समेत रविना आमा बन्न नसकेपछि साविरले कान्छी भित्र्याइ घरबाट निकाल्न खोजेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Check Also

विदेशमा हुनेले नेपाली बिरुद्ध नै कुनै कसूर गरे यस्तो सजाय हुन्छ

१ भदौ ,काठमाडौं । नेपालमा शुक्रबारदेखि नयाँ कानून कार्यान्वयनमा आएको छ । मुलुकी ऐनलाई प्रतिस्थापन गरी …