Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु

दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु

बिग न्यूज
दैलेख, १० फागुन । दैलेखमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको हो ।

लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा हुँदा त्यसमा सवार चार जना यात्रुको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा महाबु-६ का श्रबणकुमार शाही, महाबु-३ कि निर्मला बिष्ट र वीरेन्द्रनगर सुर्खेतका तिलक बिष्ट रहेका छन् । एक जनाको भने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी टोली दुर्घटनास्थल पुगेर उद्धार कार्य सुरू गरेको छ ।

Check Also

दशैको पिङ्ग लोपको संघारमा(हेयौँ फोटो फिचर)

अशोक विश्वकर्मा पोखरा, कार्तिक ११ दशै भन्ने बित्तिकै झट्ट मानसपटलमा पिङ्गको झल्को नेपालीहरुमा आइहाल्छ । …