Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » राष्ट्रिय खेललाई स्थापित गराउला ‘डमरुको डण्डिबियो’ले ?

राष्ट्रिय खेललाई स्थापित गराउला ‘डमरुको डण्डिबियो’ले ?

रेम बिक
पोखरा, २१ चैत । नेपालमा अहिले क्रिकेटको चर्चा ह्वात्तै बढेको छ । अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेट टोलीले देखाएको सफल प्रदर्शनले पनि यसको चर्चा दिनानुदिन बढ्दै गएको हो । पछिल्लो समय कलाकार सिताराम कट्टेल उर्फ धुर्मुसले पनि नेपालमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने भन्दै आफ्नो अभियानलाई तिव्रता दिईरहेका छन् । यसले पनि नेपालमा क्रिकेटको माहौल अझै बढाउने काम गरेको छ ।

तर नेपालको राष्ट्रिय खेलको बारेमा पुरै नेपाल बेखबर छ । अझै कतिपयलाई त नेपालको राष्ट्रिय खेल कुन हो ? भन्ने सम्म थाहा छैन ।

डण्डिबियोलाई केहि वर्ष अगाडि मात्रै हो सरकारले राष्ट्रिय खेल घोषणा गरेको । केहि समय पहिलासम्म आक्कलझुक्कल खेलिने यो खेल सरकारले राष्ट्रिय खेलको रुपमा घोषणा गरेपछि त झनै आझेलमा परेजस्तै भएको छ । आजकलका बालबालिकालाई डण्डिबियो भनेको के हो ? भन्ने सम्म थाहा छैन । शायद यो खेलको उल्लेख्य प्रचार नभएकोले पनि यसो भएको हुनसक्छ ।

यद्यपी पछिल्लो समय एउटा नेपाली फिल्मले भने नेपालको राष्ट्रिय खेल डण्डिबियोको प्रचार गर्ने उद्देश्य राख्दै आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । फिल्मको नाम हो, ‘डमरुको डण्डिबियो’ ।

नेपालमा खेलकुदसम्बन्धि फिल्महरु शायदै बन्छन् । त्यसैमाथि धेरै कम मान्छेलाई मात्र थाहा भएको डण्डिबियो खेलको विषयमा फिल्म बनाएर निर्माण यूनिटले ठुलै चुनौती बोकेको छ । सार्वजनिक ट्रेलर हेर्दा लाग्छ फिल्मको मूख्य पात्र डण्डिबियो खेललाई स्थापित गराउनका लागि सँघर्ष गर्छ । स्पोर्टस् फ्यामिली जनराको ट्रेलरले डण्डिबियोको विशेषता र यसको महत्व पनि देखाउन खोजेको छ ।

फिल्मको मूख्य पात्रमा खगेन्द्र लामिछाने देखिएका छन् । फिल्ममा उनीसँगै बुद्धि तामांग, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको मुख्य भूमिका छ । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा नोर्वु छिरिङ घले र विनोद गुरुङको लगानी छ । फिल्ममा खगेन्द्रकै लेखन, हरि हुमागाँइको छायांकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन छ । फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

बैशाख २१ गते रिलिज डेट तोकिएको स्पोर्टस् जनराको यो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै डण्डिबियो खेलको बिषयमा चासो देखिन थालेको छ ।

हेर्नुस् फिल्मको ट्रेलर :

Check Also

मनोरन्जन लिउँ:गम्भिर बनौ

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुश सँगै देशमा शैक्षिकनीति परिमार्जनको बहश त चलेकै हो तर …