Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » आगो निभाउन रित्तो दमकल

आगो निभाउन रित्तो दमकल

पोखरा-  पोखरामा बिजुलीमा पोलमा लागेको आगो निभाउन रित्तो दमकल पुगेपछि स्थानीय अचम्ममा परेका छन्।

बिरौटा चोकको रहेको बिजुलीको पोलमा आगलागी भएपछि स्थानीयले बिजुली अफिस र दमकललाई फोन गरेका थिए। दमकल केही बेरमा घटना स्थलमा पुगे पनि जब आगो निभाउन थालियो, तीनचार बाल्टीपछि पानी नै सकियो।

दमकलमा पानी नभएको देखेपछि स्थानीय अचम्ममा परे। थप क्षति हुने हो कि भन्ने त्रास पनि स्थानीयमा उत्तिकै रह्यो। स्थानीयको सक्रियतासँगै त्यही एरियामा रहेको कैलाश बोरिङको पानी ट्याङ्करलाई खबर गरेर आगो नियन्त्रणमा लिने प्रयास गरिएको स्थानीय कपडा ब्यवसायि विष्णु भुवाँइले बताए।

देशसंचार अनलाइनबाट साभार

Check Also

योग दिवसमा पतञ्जली योग समिति, प्रदेश ४ समितिले विभिन्न कार्यक्रम गर्ने

पोखरा, ५ असार । जुन २१, अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रम गरिने …