Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
प्रहरी अधिकृतसँग बदला लिन दीपक मनाङ्गेको नयाँ चाल ! – BIG FM 101.2 MHz

Breaking News
Home » राष्ट्रिय » प्रहरी अधिकृतसँग बदला लिन दीपक मनाङ्गेको नयाँ चाल !

प्रहरी अधिकृतसँग बदला लिन दीपक मनाङ्गेको नयाँ चाल !

बिग न्यूज्
पोखरा, १० फागुन । चौध वर्षअघि प्रहरी कारवाहीमा परेका एक व्यक्तिले सम्बन्धित प्रहरी अधिकृतसँग बदला लिन प्रहरी प्रधान कार्यालय र गृहमन्त्रालयमा निवेदन दिएको जानकारी प्राप्त भएको छ ।

चौध वर्षअघि नयाँबजारस्थित प्रहरी कार्यालयमा इञ्चार्ज रहेका प्रहरी उपरिक्षक अशोक सिंहविरुद्ध राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले समीर गुरुङ नामक आफ्ना एक सहयोगीमार्फत् उजुरी दर्ता गराएका छन् ।

२०६१ सालमा अशोक सिंह नयाँबजार थानाको इन्चार्ज भएर गएपछि उनले गुण्डागर्दी र अपराध नियन्त्रण गर्ने क्रममा दीपक मनाङ्गेलाई गिरफ्तार गरी एक व्यक्तिको हत्या गराएको विषयमा मुद्दा चलाएको र त्यसबेला करिव अढाई वर्षसम्म मनाङ्गे थुनामा परेका थिए । त्यसबेला मनाङ्गेविरुद्ध ज्यान मार्ने उद्योगसहित दर्जनबढि मुद्दा चलाइएको थियो ।

सिंहले त्यतिबेला चलाएको मुद्दाको आधारमा अदालतले राजीव गुरूङलाई दोषी ठहर गरी कैद सजाय गर्ने निर्णय सुनाएको र सोही निर्णयका कारण दीपक मनाङ्गे प्रदेश सभामा चुनाव जितेर पनि शपथ लिनबाट वञ्चित भई हाल फरार रहनु परेको छ ।

प्रहरी उपरिक्षक अशोक सिंह अहिले कास्की जिल्ला प्रहरी प्रमुख रहेका छन् । दीपक मनाङ्गे पनि प्रदेशसभा सदस्यका रूपमा सपथ लिन पोखरा जानुपर्ने थियो । तर, अदालतको पुरानो फैसला कार्यान्वयन गर्ने तत्परता प्रहरीले लिएपछि मनाङ्गे शपथ नै नलिई फरार भएका छन् ।

यसरी अशोक सिंहका कारण आफ्नो भविष्य चौपट भएपछि मनाङ्गेले ठमेल पर्यटन बोर्डको अध्यक्षसमेत रहेका आफ्ना सहयोगी समीर गुरूङमार्फत् प्रहरी प्रधान कार्यालयमा अनुचित ढङ्गले रकम असुली गर्नेगरेको भनी अनलाईन उजुरी पारेका छन् ।

गुरूङले २०६१ सालमा पनि पाँच हजारवटा दस्तखत भएको एक उजुरी तयार गरी राजदरबारमा दर्ता गराएका थिए । त्यसबेला सत्यतथ्य बुझेपछि दरबारले अशोक सिंहविरुद्ध कुनै कारबाही गर्नुनपर्ने ठहर गरेको थियो ।

समीर गुरूङ दीपक मनाङ्गेका दाहिने हात मानिन्छन् र उनले पोखरास्थित ग्राण्ड होटलमा डिस्को पनि सञ्चालन गर्ने गर्दछन् । गुरूङले सोही डिस्को सञ्चालन गर्ने क्रममा अशोक सिंहलाई मासिक दश लाख रकम बुझाउने गरेको भनी उजुरी दिएको बुझिएको छ । कास्कीबाट अशोक सिंहलाई सरुवा नगराएसम्म आफू सुरक्षित रहन नसक्ने ठानेर एसपी सिंहका विरुद्ध उजुरी दिई कारवाही गराउन खोजेको बुझिएको छ ।

Check Also

‘हतार र अप्रत्याशित किसिमले छापामार शैलीमा पार्टी विभाजन’ पत्रकार सम्मेलनमा संयोजक नै पत्रकार दीर्घामा

काठमाण्डौ, १ माघ । विवेकशील साझा पार्टीले उज्ज्वल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको निष्कर्ष निकालेको छ …