Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » डा.गोविन्द केसीको समर्थनमा पोखरामा प्रदर्शन (भिडियो सहित)

डा.गोविन्द केसीको समर्थनमा पोखरामा प्रदर्शन (भिडियो सहित)

अनुप पौडेल, पोखरा,०५ साउन चिकित्सा शिक्षा सुधारका नाममा १५ औ सत्याग्रह अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा आज पोखरामा प्रदर्शन गरिएको छ ।गएको २२ दिन देखि अनसनमा रहेका केसीको समर्थनमा आज पोखराका चिकित्सक,नागरिक समाजका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

पृथ्वीचोकबाट सुरु भएको र्याली सृजनाचोक हुदै पृथ्वीचोकमा नै पुगेर अन्त्य भएको थियो ।सरकार विरुद्दको उक्त प्रदर्शनमा केपी सरकार मुर्दावाद ,डा.केसी एक्लो छैनौ,हामि तिम्रो साथ छौ,माफिया मुखी ऐन चाहिदैन,अभिव्यक्ति स्वतनत्रताको रक्षा गर लागयतका नारा लगाईएको थियो ।

विरोध र्याली पछिको सभालाई सम्बोधन गर्दै डा.केसीको पक्षमा रहेका वसन्त गौतमले देशका नेताहरू मार्सी चामलकोमा विकेको भन्दै डा.केसीको माग तत्काल सम्बोधन गर्न माग गरेका छन् ।उनले अघि थपे,’डा केसीले गरेको माग जाहेज छन् र मागहरू जनहितका लागि हो यसमा उहाको केहि स्वार्थ छैन ।’

त्यस्तै कार्यक्रममा बोल्दै नागरिक समाजमा आवद्द सुजन पाण्डेले डा.केसी सारा नेपालीका लागि लडेको र केसीको माग सम्बोधन नभए प्रत्यक नेपाली अनसन बस्न तयार हुनुपर्ने धारणा व्यक्त गरे । जुम्लामा अनसन बस्दा सरकारले धरपकड गरेको भन्दै उक्त व्यवहार अमानवीय भएको जिकिर गरे ।

डा.केसीको माग सम्बोधन नभएसम्म आफुहरुले सरकार विरुद्द प्रदर्शन गरिराख्ने कार्यक्रममा उपस्थित डा.केसीका समर्थकले चेतावनी समेत दिएका छन् । केसीलाई गत बिहीबार सरकारले जुम्लाबाट काठमाडौं ल्याएको थियो ।

PLEASE CLICK BELOW FOR VIDEO

VID_20180721_124025 (1)

Check Also

गण्डकी प्रदेशमा आजका घटना / दुर्घटना (साउन ३०, २०७५)

बागलुङमा घर भत्किँदा ३ बेपत्ता, लमजुङमा शव फेला, पर्वतमा भिरबाट लडी मृत्यु लमजुङ शव फेला …