Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » पोखरामा लागूऔषध सहित एकजना पक्राउ

पोखरामा लागूऔषध सहित एकजना पक्राउ

मंसिर १९,पोखरा । पोखरामा लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देवकोटा चोकका २६ बर्षिय राजन मौर्यरहेका छन् । पोखरा महानगरपालिका –१० अमरसिंह चोकबाट मौर्यलाइ अवैध लागूऔषध सहित वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलिले पक्राउ गरेको हो ।

शंका लागि चेकजाँच गर्दा मौर्यले बोकेको कालो झोला भित्र डाईजापाम ६० थान, नुर्फिन ६० थान र फनरागन ६० थान गरी जम्मा १८० थान फेला परेको हो । उक्त लागूऔषध बरामद गरीे घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

FILE PHOTO

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …