Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

१३ साउन,काठमाडौं । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी १० जनाको मृत्यु भएको छ ।६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले इन्डोनेसियाको लोमोक टापु सबैभन्दा बढी प्रभावित भएको छ ।

बालीबाट ४० किलोमिटरको दूरीमा रहेको लोम्बोक टापु ध्वस्त जस्तै भएको छ ।

भूकम्पमा परी कयौं घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । भूकम्पका कारण दर्जनौं घर र सवारी साधनमा क्षति पुगेको छ ।रातको समयमा भूकम्प गएकाले धेरै मानिस प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

Check Also

अमेरिकामा पोखराकी बृन्दा सहित तीनको गोली हानी हत्या

वाशिङ्टन– अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का …