Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » ‘इक्यान शैक्षिक मेला’ मंसिर २६ देखि पोखरामा

‘इक्यान शैक्षिक मेला’ मंसिर २६ देखि पोखरामा

पाेखरा । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यहि मंसिर २६ देखि २८ गते सम्म पोखरा सभागृहमा छैठाैं संस्करणको वृहत एजुकेसन फेयर आयोजना हुने भएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)कास्कीद्वारा आयोजित उक्त शैक्षिक मेलामा नेपाली विद्यार्थीहरुलाई विश्वका विभिन्न विश्वविद्यालय तथा कलेजहरुको शिक्षा प्रणाली सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजना गर्न लागिएको जनाइएको छ ।

इक्यान कास्कीले पोखरामा बिहीबार पत्रकार सम्मेलन गर्दै शैक्षिक मेलामा विदेशस्थित विश्वविद्यालय तथा कलेजहरुले स्कलरसिप, शिक्षाको गुणस्तर, लाग्ने शुल्क, बसाइँ सम्बन्धि जानकारी दिइने इक्यान कास्कीका उपाध्यक्ष एवं मेलाका संयोजक सन्दिप अर्यालले जानकारी दिए ।

गण्डकी प्रदेशको सबैभन्दा ठूलो शैक्षिक मेलाको रुपमा स्थापित भएको यस मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा अमेरिका, बेलायत, न्युजील्याण्ड, अष्टेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, जर्मनी, डेनमार्क, फ्रान्स, जापान, भारत, चीन, बंगलादेश लगायतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने आयोजक इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले जानकारी गराए ।

मेलामा ६५ वटा स्टल रहने छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७३ बमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा, शिक्षा मन्त्रालयबाट स्विकृति प्राप्त प्रतिष्ठित शैक्षिक अनुभवी परामर्शदाता संस्थाहरुका स्टल रहने मेलाका संयोजक एवं नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका उपाध्यक्ष सन्दिप अर्यालले बताए ।

ब्रिटिस काउन्सिलको प्रस्तुतिमा आयोजना हुन गइरहेको मेलाको टाइटल स्पोन्सरमा सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट रहेको छ, भने ईन एसोसियन विथमा हिमाअस एडुकेशन कन्सल्टेन्सीले साथ दिएको छ ।

यस्तै, मेलाको पावर्ड बाइमा काठमान्डौ इन्फोसिस एडुकेशन कन्सल्टेन्सी र कंगारु एडुकेशन कन्सल्टेन्सी रहेको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मेलाको प्रवद्र्धनमा अस्ट्रेलियाका प्यासिफिक कलेज अफ टेक्नोलोजि, स्काइलाइन इन्टरनेशनल कलेज, भाइव कलेज, मिन्ट कलेज र क्राउन इन्स्टिच्युट अफ हायर एडुकेशनले साथ दिएका छन् ।

त्यस्तै सपोर्टेड बाइमा मिराकल इन्स्टिच्युट, द नेक्स्ट एडुकेशन कन्सल्टेन्सि, जाइन्ट एडुकेशन, नमस्ते एडुकेशन इन्स्टिच्युट, एनमार्क एडुकेशन, टार्गेट इन्टरनेशनल एडुकेशन, इम्पल्स इन्टरनेशनल इन्स्टिच्युट, बिकन प्रिमियर इन्टरनेशनल एडुकेशन, एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज र थर्ड आई एडुकेशन रहेको इक्यान कास्कीले जानकारी गराएको छ ।

इक्यान कास्कीले आफ्नै आयोजना र व्यावस्थापनमा गर्न लागेको शैक्षिक मेलामा कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया सहित सम्बन्धित देशका विद्यार्थी भिसा नीति एवं अवसर र चुनौती सम्बन्धि आधिकारिक तथा प्रभावकारी परामर्श निःशुल्क रुपमा गरिने अर्यालले बताए ।

इक्यान शैक्षिक मेला वैदेशिक अध्ययनमा जाने विद्यार्थी एवं अभिभावकहरुको लागि पनि उत्सुकताको विषय रहेको अध्यक्ष भुवन क्षेत्रीले बताए ।

शैक्षिक क्षेत्रमा भएका परिवर्तन, विभिन्न देशका शिक्षा नीति, रहनसहन, वातावरण, समाज, सम्बन्धित कलेज तथा विश्वविद्यालय, लाग्ने शिक्षण शुल्क, स्वास्थ्य बिमा, अध्यागमन शुल्क लगायतका विषयमा मेला परिसरबाट लाभ हुने अभिप्रायले मेलाको आयोजना गरेको जानकारी दिइयो ।

 – Parichay Network

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …