Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » इक्यान चुनाव सरगर्मीः आफ्नै प्रतिस्पर्धीका लागि भोट मागे भण्डारीले

इक्यान चुनाव सरगर्मीः आफ्नै प्रतिस्पर्धीका लागि भोट मागे भण्डारीले

बिग खबर
पोखरा, २७ चैत । इक्यान केन्द्रको अघिल्लो चुनावमा प्रतिस्पर्धी भएर चुनावमा होमिएका सन्तोष प्याकुरेल र महेश भण्डारीबीच यो पटक गज्जबको मेलमिलाप देखिएको छ । इक्यान कास्कीका पुर्वअध्यक्ष समेत रहेका महेश भण्डारीले यो पटक भने अघिल्लो चुनावमा आफ्नै प्रतिस्पर्धी रहेका प्याकुरेलको पक्षमा भोट माग्दै हिँडेका छन् ।

केन्द्रीय महासचिव पदका लागि अघिल्लो चुनावमा यी दुईजना आपसमा प्रतिस्पर्धी थिए ।

केन्द्रीय महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका प्याकुरेललाई भण्डारीले सामाजिक संजाल फेसबुकमार्फत भोट गर्न अपील समेत गरेका छन् । इक्यानलाई कुनै पनि पार्टीको भातृ संगठनको रुपमा अथ्र्याउन हुन्न भन्ने कुरामा उहाँ र मेरो एउटै मत छ । र, त्यसमा हामी दुवैजना अडिग पनि छौँ । भण्डारीले भने, चुनाव एउटा लोकतान्त्रिक प्रकृया हो । यसमा प्रतिस्पर्धा गर्नु भनेको सँधै एकअर्काको विरुद्धमा उभिनु होईन । त्यसैले मैले पनि लोकतान्त्रिक चरित्र देखाएको मात्र हुँ ।

भण्डारीले इक्यानसँग सम्बन्धित रहेर गर्ने टिप्पणीहरुलाई केन्द्रमा निकै चासोका साथ हेर्ने गरिन्छ । यो पटक पनि सरोज बस्नेत प्यानलका लागि खुलेर लागेका महेश भण्डारीले पछिल्लो फेसबुक स्टाटसले बस्नेत प्यानलको लागि माहौल सृजना गरिरहेको छ । सामाजिक संजाल फेसबुकमा बस्नेत प्यालनको लागि माहौल सृजना भएको स्पष्ट देखिन्छ ।

केही दिन अघिमात्र उपाध्यक्षका प्रत्यासी राजेन्द्र रिजाल र महेशबाबु तिमल्सीनाले एकले अर्कालाई भोट मागेर चर्चामा आएका थिए ।

अघिल्लो निर्वाचनमा प्याकुरेल प्रकाश पाण्डे प्यानलबाट र भण्डारी सरोज बस्नेत प्यानलबाट उमेद्वार बनेका थिए । त्यसवेला भण्डारीलाई पराजित गर्दै प्याकुरेलले महासचिव पद आफ्नो पोल्टामा पारेका थिए । यद्यपी यो पटक भने प्याकुरेलले प्यानल परिवर्तन गरेका छन् ।

भण्डारीले अघिल्लो पटक आफूले निर्वाचन हार्दापनि विजयी प्याकुरेललाई सबैभन्दा पहिला बधाई दिएको भन्दै भण्डारीले यस पटक खुलेर उनको पक्षमा मत माग्ने समेत घोषणा गरेका छन । इक्यानको आउँदो निर्वाचनका लागि महासचिवमा सन्तोष प्याकुरेल र शेषराज भट्टराईविच प्रतिशपर्धा हुँदैछ ।

प्याकुरेल यस अघि पनि इक्यानमा एक कार्यकाल सदस्य, दुई कार्यकाल सचिव र एक कार्यकाल महासचिव भइसकेका छन भने भट्टराई कन्सल्टेन्सी पेशामा नै केही बर्ष अघि मात्रै प्रवेश गरेका ब्यक्ति हुन । उनीसंग इक्यानमा कुनै कार्यसमितिमा बसेको अनुभव छैन । उनी पहिलो पटक सिधै महासचिवमा प्रतिशपर्धा गर्दैछन ।

Check Also

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । …