Deprecated: Methods with the same name as their class will not be constructors in a future version of PHP; Category_Post_List_widget has a deprecated constructor in /home/bigkha5/public_html/site/wp-content/plugins/1category-post-list-widget11/category-post-list-widget.php on line 75
शैक्षिक परामर्शमा प्रत्यक्ष वैदेशिक लगानीको चर्को विरोध – BIG FM 101.2 MHz

Breaking News
Home » व्यापार / व्यवसाय » शैक्षिक परामर्शमा प्रत्यक्ष वैदेशिक लगानीको चर्को विरोध

शैक्षिक परामर्शमा प्रत्यक्ष वैदेशिक लगानीको चर्को विरोध

काठमाडौं, १४ साउन । शैक्षिक परामर्शको क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीको नेपालका व्यवसायीहरुले चर्को विरोध गरेका छन् । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका नेपाली व्यवसायीहरु संगठित यहाँका पाँच संस्थाहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका हुन् ।
अष्ट्रेलियन परामर्शदाता कम्पनी आईडीपीले प्रत्यक्ष रुपमा नेपाली विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले कार्यालय स्थापनाको तयारी गरेपछि पाँचै संस्थाका पदाधिकारी एक ठाउँ उभिएका हुन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एजुकेशनल कन्सल्टेन्सी एसोसिएन अफ नेपाल (इक्यान), फ्री एजुकेशन कन्सल्टेन्सीज अर्गनाइजेसन नेपाल (फेकोन), इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ्स इनिसिएटिभ अफ नेपाल (आइरिन), नेप्लिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नाएर) र जाप्निज ल्याङ्वेज स्कूल एसोसिएसन अफ नेपाल (जाल्सान) ले आफूहरुको असहमति प्रकट गरेका हुन् ।

शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गरी यस्ता क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीमा रोक लगाउनुपर्ने माग गर्दै उनीहरुले नेपाली परामर्शदाता कम्पनी सक्षम र आत्मनिर्भर रहेकाले विदेशी लगानी ल्याउन नहुने धारणा राखे ।

पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष बिष्णुहरी पाण्डे, फेकोनका अध्यक्ष युवराज कटुवाल, आइरिनका अध्यक्ष कुमार कार्की, नायरका महासचिव विज्ञान श्रेष्ठ, जाल्सानका प्रथम उपाध्यक्ष झमकलाल श्रेष्ठ, इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायतले नेपाली परामर्शदाता कम्पनीहरु सबै हिसाबले सक्षम र आत्मनिर्भर भएको दाबी गर्दैै विदेशी भित्रन नदिने बताएका हुन् ।

आईडीपी आउनासाथै अन्य धेरै विदेशी कम्पनीहरु नेपाल आउन तयार भएर बसेका भन्दै उनीहरुले त्यसले अस्वस्थ प्रतिस्पर्धा बढाउने र वर्षेनी अर्बौं रकम नेपालबाट बाहिरिने बताए । विदेशी कम्पनी आउँदा नेपालीहरुले सञ्चालन गरिरहेका साना परामर्शदाता कम्पनी बन्द हुने अवस्थामा पुग्ने र धेरै नेपालीहरुको रोजगारी गुम्न सक्ने नेपाली व्यवसायीको भनाई छ ।

Check Also

फेवाबजार डटकमः अब किस्ता सुविधामा अनलाइन सपिङ

पोखरा। पैसा साथमा भएन । बजार निस्कने समय भएन । अब चिन्ता लिनुपर्दैन । किस्ताकिस्तामा तिर्न …