Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » व्यापार / व्यवसाय » फेवाबजार एप मार्फत् सामान घरमै, पोखराबाट सेवा सुरु

फेवाबजार एप मार्फत् सामान घरमै, पोखराबाट सेवा सुरु

जमाना नै टेक्नोलोजीको छ । व्यस्तता बढ्दो छ । मोबाइल सबैसँग छ । एउटा एप् डाउनलोड गरेर त्यहाँबाटै सामान अर्डर गरे घरमै आईपुग्छ । त्यो पनि विशेष छुटमा ।

पोखराका युवा व्यवसायी सुजन आचार्यले फेवाबजार डटकम एप लञ्च गर्दै सोहि मार्फत अनलाईन बजारमार्फत सेवा सुरु गरेका छन् । वेबसाइटमार्फत पनि उपलब्ध सामान हेर्न मिल्ने व्यवस्था मिलाइएको उनले बताए ।

हाललाई इलेक्ट्रिोनिक, इलेक्ट्रिकल, किचन एण्ड डाइनिङ सामानहरु अर्डर गर्न सकिनेछ । १५ दिनभित्र नै क्लोदिङ एण्ड फेसनस्पोर्टस् एण्ड आउटडोर, फर्निचर एण्ड डेकोरेशन, लगेज एण्ड ट्राभल गेयर्स पनि उपलब्ध गराईने उनले बताए । ग्राहकले सामान अर्डर गरेको ३ देखी देखी ५ दिनभित्र सामान घरमै पाउने व्यवस्था कम्पनीले गरेको छ । निःशुल्क होम डेलिभरीको सेवा पनि रहेको उनको भनाई छ ।

सेवा शुभारम्भको अवसरमा ३ देखि १० प्रतिशतसम्म विशेष छुट दिइएको उनले बताए । पोखरा १६ दीप स्थित एस आचार्य इन्टरनेशनल प्रालिले यो सेवा प्रदान गर्दछ । काठमाण्डौमा पनि सेवा विस्तार गर्दै नारायणगढ, इटहरी र नेपालगञ्ज सम्म पुग्ने लक्ष्य लिइएको उनले बताए ।

फेवा बजार डटकमको गण्डकी प्रदेश सांसद दीपक कोइरालाले उद्घाटन गरे । उनले स्मार्ट सिटीको परिकल्पना गरिरहँदा अब यस्ता सेवा विस्तार हुन आवश्यक रहेको बताए । युवाहरु स्वदेशमै यसरी स्वरोजगार बन्दै अन्य युवालाई समेत रोजगारी प्रदान गर्न सके मुलुक समृद्ध हुने बताए ।

दीपक कोईरालाले अनलाईन व्यवसाय संचालन युग सुहाउँदो व्यवसाय रहेको भनाई राखे । अहिले अनलाईनवाटनै धेरै कुरा सम्भव हुँदै गएको अवस्थामा अनलाईन व्यवसायको भविष्य राम्रो रहेको संसदको अर्थ तथा विकास समितिका सभापति समेत रहेका सांसद कोइरालाको भनाई छ ।

पोखरा महानगर वडा नं १६ का अध्यक्ष जीवन आचार्यले फेवा बजार डटकमको सुरुवातले घरमै वसेर गुणस्तरीय सामान पाउन सकिने अवस्था आएको भनाई राखे । कार्यक्रममा युवा व्यवसायी बालकृष्ण कोइराला, नेकपाका युवा नेता तथा समाजसेवी विपिन आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Check Also

पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ९५ अर्ब लगानी

पोखरा, कात्तिक १ । पोखरामा पर्यटन क्षेत्रमा करिब ९५ अर्ब रुपैयाँको लगानी भएको बताइएको छ …