Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » अन्तराष्ट्रिय » विश्वकपको फाइनलमा मैदान छिर्ने यी महिलालाई दिइयो यस्तो सजाय

विश्वकपको फाइनलमा मैदान छिर्ने यी महिलालाई दिइयो यस्तो सजाय

काठमाडौं ।फिफा विश्वकपको फाइनल खेल भइरहेका बेला मैदानमा छिर्ने रुसकी महिला संगठन Pussy Riot का चार सदस्यलाई १५ दिनसम्मका लागि जेलमा राखिएको छ ।

यसका साथै यो संगठनमाथि कुनै पनि स्टेडियममा खेल हेर्नका लागि तीन वर्षको प्रतिबन्धको लगाइएको छ । संगठनले फिफाको नियम तोडेको र गैर कानूनी तरिकाले पुलिस ड्रेस लगाएको आरोप लागेको छ ।

स्मरण रहोस्, आइतबार फ्रान्स र क्रोएशिया बीचको अन्तिम खेलको क्रममा मैदानमा अचानक चारजना दौडेर छिरेका थिए । जसका कारण खेल केही समयका लागि रोक्नुपरेको थियो ।

पछि रुसको महिला संगठन Pussy Riot ले यसको जिम्मेवारी लियो । ट्वीटरमा जारी एक पोष्टमा उक्त संगठनले भनेको छ, ‘हामीले यो सबै खेलको क्रममा अवैध गिरफ्तारी र राजनीतिक कैदीका लागि गरेका हौं ।’

यो प्रदर्शनलाई उनीहरुले ‘पुलिसम्यान इन्टर द गेम’ को नाम दिएका थिए । सन् २०११ देखि नै यो विरोधी समूह सक्रिय छ । यो संगठन विशेषगरी भ्लादिमिर पुटिनको प्रशासनको विरोध गर्ने गर्दछ ।

Check Also

मनोरन्जन लिउँ:गम्भिर बनौ

व्यवहारिक र रोजगारमुखि शिक्षाको आवश्यकता महशुश सँगै देशमा शैक्षिकनीति परिमार्जनको बहश त चलेकै हो तर …