Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » अब गण्डकी प्रदेशका सबै नगरपालिकामा शौचालय,५ करोड २० लाखको बजेट विनियोजन

अब गण्डकी प्रदेशका सबै नगरपालिकामा शौचालय,५ करोड २० लाखको बजेट विनियोजन

१६ कात्तिक,पोखरा । गण्डकी प्रदेशका सबै नगरपालिकामा भौतिक पूर्वाधार विकास मन्त्रालयले शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन २० लाख छुट्याएको छ । मन्त्रालयको यो रकम शौचालय निर्माणको लागि ६० प्रतिशत मात्र हो । ४० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले नै व्योहोर्नुपर्नेछ । नगरपालिका र मन्त्रालयको गरि एउटा शौचालयमा ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ खर्च हुनेछ ।

प्रति शौचालयमा मन्त्रालयले २० लाख छुट्याएको छ । यो दरले मन्त्रालयले २६ नगरपालिकामा शौचालय बनाउन ५ करोड २० लाख रुपैयाँ खर्च गर्नेछ । नगरपालिकाले भने ४० प्रतिशतको दरले प्रति हरेकबाट १३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँको दरले ३ करोड ४६ लाख ६६ हजार रुपैयाँ खर्चनेछन् । मन्त्रालय र नगरपालिकाको गरि कुल २६ वटा शौचालयमा ६६ लाख रुपैयाँ बजेट खर्च हुनेछ । मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले सार्वजनिक शौचालय निर्माण कार्यविधी पारित गरेको हो । यो कार्यविधी अनुसार नै सार्वजनिक शौचालयको निर्माण हुने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका बस्नेतको मन्त्रालयले नै शौचालय निर्माणमा करोडौँ बजेट छुट्याएको हो ।

यो बाहेक मन्त्रालयले पोखरा महानगरपालिकासँग ६०÷४० को लगानीमा स्मार्ट शौचालय बनाउनेछ । मन्त्रिपरिषदको बैठकले स्मार्ट शौचालय कार्यविधी पनि स्विकृत गरेको छ । यो शौचालयको लागि पोखरा महानगर आफैले जग्गा व्यवस्थापन तथा डिजाईन निर्माण गर्नुपर्ने मन्त्री बस्नेतको भनाई छ । नगरपालिकामा बन्ने सार्वजनिक शौचालयको हकमा पनि यो प्रक्रिया लागु हुनेछ । तर, महानगरपालिकामा बन्ने स्मार्ट शौचालयको लागत भने ईष्टिमेट तयार भएपछि मात्रै आउनेछ । ईष्टिमेट अनुसारको लागतमा मन्त्रालय र महानगरले ६०÷४० को अनुपातमा बजेट व्यवस्थापन गर्नेछन् । यसको कार्यान्वयन जिम्मा महानगरको हुनेछ ।

File Photo

Check Also

बाँदरको सुकुटी बेच्न पाईयोस

पोखरा,१ मंसिर । सरकारले ल्याउन लागेको नेपाल वन विधेयकले मानव र वन्यजन्तु बिचको द्वन्द्व व्यवस्थापन गर्ने …