Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » गुण्डा नाइके गणेश लामा जेल चलान

गुण्डा नाइके गणेश लामा जेल चलान

बिग खबर
काठमाण्डौ, २६ चैत । अवैध हतियारसहित गौशालामा समातिएका गुण्डा नाइके गणेश लामालाई प्रशासनले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि डिल्ली बजार कारागार चलान गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताएका छन् ।

३० फागुनमा गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको थियो ।

घटनास्थल नजिकैबाट गणेश लामालाई टाइप ५४ मोडेलको चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Check Also

मोदीको फेरि पनि पोखरा भ्रमण रद्द, सुरक्षा कारण बहाना

काठमाडौँ,३० श्रावण २०७५ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । …