Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » स्थानीय » गण्डकी र हाईनानबीच भगिनी सम्बन्ध:२० जना विद्यार्थीले छात्रवृत्ति पाउने

गण्डकी र हाईनानबीच भगिनी सम्बन्ध:२० जना विद्यार्थीले छात्रवृत्ति पाउने

पोखरा,१ मंसिर । स्थापनाको ३ दशकमै विकासमा छलाङ मारेको चीनको हाईनान प्रान्तले गण्डकी प्रदेशसँग भगिनी सम्बन्ध गाँसेको छ । नेपालमा प्रदेश सरकार स्थापना भएपछि पहिलोपटक गण्डकी प्रदेशले विकसित देशको प्रान्तबाट समृद्धि अपेक्षासहित सहकार्य गर्न तयार भएको हो । प्राविधिक र व्यावसायिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार वाणिज्य र सांस्कृतिक आदानप्रदान गर्ने सहमति सहित दुई देशका प्रान्त र प्रदेशले शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध गाँसेको सन्देश दिए । शुक्रबार प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनमगर र हाईनान प्रान्तका भाईस चेयरमेन छु जुनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा चीनियाँ प्रविधिको विकास, प्राविधिक शिक्षा, ऊर्जा, पर्यटन, व्यापार तथा संस्कृति लगायतका सात विषय रहेका छन् ।

प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले यो सम्झौताले दुवै देशलाई फाईदा पुग्ने बताए । बस्नेतका अनुसार गण्डकी प्रदेशले लिएको लक्ष्य पुरा गर्न यो सम्झौता निकै महत्वपूर्ण छ । ‘दुवै देशका दुवै प्रान्त र प्रदेशलाई यसले फाईदा पु¥याउँछ कसरी भने, गण्डकी प्रदेशले त्यहाँको प्रविधी सहित विकास निर्माणको मोडललाई अनुसरण गर्न सक्छ भने हाईनानले हाम्रो प्रदेशको सांस्कृतिक एकता सहितका विषय सिक्ने अवसर पाउँछ ।’ उनले भने । गण्डकी प्रदेशको प्राकृतिक सौन्दर्यता र संस्कृतिको चीनमा प्रचार हुँदा चिनियाँ पर्यटक बढ्ने र प्रदेशले पर्यटनमा लिएको लक्ष्यमा सघाउ पुग्ने अपेक्षा रहेको उनको भनाई छ । ‘नेपाल चिनाउने र नेपालमा उनीहरूका तर्फबाट पर्यटक भित्र्याउने काम हुनेछ,’ उनले भने । संस्कृति, कला, परम्परा, जनस्तरको सम्बन्धका लागि यो भगिनी अवधारणा महत्वपूर्ण मानिन्छ । ‘सहिष्णुता त कायम हुन्छ नै, उनीहरुको आगमनले हामीलाई प्रत्यक्ष फाईदा पनि पुग्छ ।’ बस्नेतले भने ।

भगिनी सम्बन्धको चर्चा भने अघिल्लो झन्डै दुई महिनाअघि देखि नै चलेको हो । त्यतिबेला प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री भएयता पहिलोपटक विदेश भ्रमणस्वरुप उनी हाईनान प्रान्त गएका थिए । भ्रमणमा गएका मुख्यमन्त्री त्यहाँका विकास र समृद्धिसँग लोभिए र उनीहरुलाई पनि गण्डकी प्रदेशको भ्रमण गर्न निम्ता दिए । त्यतिबेला नै उनले भगिनी सम्बन्ध गाँस्ने बताएका थिए । त्यही निम्तो मान्न चिनियाँ टोली पोखरा आएको हो । यस्तै, शुक्रबार नै गण्डकी प्रदेशका २० जना विद्यार्थीलाई हाईनान प्रान्तले स्नातक तहको अध्ययन गराउने भएको छ । आगामी ५ वर्षसम्म प्रदेशबाट ४ जनाका दरले नेपाली विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनको लागि हाईनान प्रान्त जानेछन् । विद्यार्थी छनोटको प्रक्रियाको मापदण्ड भने छिटै तयार हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लालमणि ओझाले जानकारी दिए । प्रदेशसँगै पोखरा महानगर र हाईकावो सिटी बिचपनि भगिनी सम्बन्ध गाँसिएको छ । महानगरका तर्फबाट उपमेयर मञ्जुदेवी गुरुङ र हाईनान प्रान्तको हाईकावो सिटीका फाङ जोङ्लीले भगिनी सहरको समझदारीपत्रमा हस्ताक्षर गरे । महानगरले चिनियाँ टोलीलाई उपहार समेत दिएको थियो ।

Check Also

स्कुटरले ठक्कर दिँदा पोखरामा एक पैदल यात्री घाइते

मंसिर २९, पोखरा । स्कुटरले ठक्कर दिँदा पोखरामा एकजना पैदल यात्री घाइते भएका छन् । …