Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » किन भए यी कलाकारहरु हैरान ? (भिडियोसहित)

किन भए यी कलाकारहरु हैरान ? (भिडियोसहित)

बिग खबर
पोखरा, ४ बैशाख । जब हत्तु परेर हैरान हुन्छ । मान्छेको भावभंगी कस्तो हुन्छ ? फिल्म हैरानको टाइटल गीतको भिडियोमा यो कुरालाई देखाउन खोजिएको छ ।

सत्यराज आचार्य र स्वरुपराज आचार्यको शब्द तथा संगीतमा तयार भएको गीतमा सत्य स्वरुपसँगै सरगम आचार्य र बबिता मानन्धरले स्वर दिएका छन् । सार्वजनिक गीतको भिडियोमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल, निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिएका छन् । यो गीतको भिडियोलाई गम्भिर विष्टले कोरियोग्राफि गरेका हुन् ।

फिल्म हैरानलाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका हुन् । यो उनको दोस्रो फिल्म हो । यसअगाडि उनले लभ यू बाबा नामको फिल्म निर्देशन गरिसकेका छन् । जुन फिल्मकै कारणले उनले गिनिज बुकमा आफुलाई विश्वकै कान्छा निर्देशकको रुपमा दर्ज गरेका थिए ।

Check Also

आकाश र आँचलको डार्क प्रेमकथा ‘ब्ल्याक’ शुक्रबार देखी प्रदर्शनीमा

२५ साउन,पोखरा ।नेपाली चलचित्र ब्ल्याक आउँदो भदौ १ गतेबाट देशै भर प्रदर्शनीमा आउने भएको छ …