Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट बुटिक’ संचालनमा

पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट बुटिक’ संचालनमा

रेम बिक
पोखरा, १३ फागुन । पोखरा ट्रेड मलमा ‘ह्याप्पी क्लोजेट’ नामक बुटिक आइतबारदेखि संचालनमा आएको छ । अनौपचारिक रुपमा यस अगाडि नै संचालनमा आईसकेको बुटिकलाई संचालकले आइतबारदेखि आधिकारिक रुपमा संचालनमा ल्याएका हुन् ।

आईतबारदेखि संचालनमा आएको बुटिकको उद्घाटन मानव मिलन नारी जागरण समूहकी अध्यक्ष सबिता बरालले गरिन् । एक विशेष समारोहका बीच बरालले रिबन काटेर बुटिकको औपचारिक सुभारम्भ गर्दै यसका संचालकलाई सफलताको शुभकामना दिईन् । ‘विशेषगरि महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास सम्बन्धमा बुटिकले धेरै अर्थ राख्छ । यसले महिलाहरुको व्यक्तित्व विकाससँगै उनीहरुलाई स्वरोजगार बनाउन पनि भुमिका खेलिरहेको छ ।’ बरालले भनिन्–‘बुटिकका संचालकलाई व्यवसायिक रुपमा पनि यसले फाईदा पु¥याओस् भन्ने म शुभकामना दिन चाहन्छु ।’

‘ह्याप्पी क्लोजेट’ बुटिक स्नेहा गुरुङले संचालनमा ल्याएकी हुन् । बेलायतबाट बुटिक डिजाईनसम्बन्धि अध्ययन सकेर फर्केपछि उनले नेपालमै यसलाई व्यवसायिक रुप दिएकी हुन् । साँस्कृतिक पहिरनदेखि अन्तराष्ट्रिय ट्रेन्डमा चलेका सम्पूर्ण खाले पहिरनहरु ‘ह्याप्पी क्लोजेट’मा तयार हुने संचालक स्नेहा गुरुङले दाबी गरिन् ।

पहिरन पारखीहरुका लागि ‘ह्याप्पी क्लोजेट’ रोजाईको बुटिक बन्न सक्ने संचालकको दाबी छ । ‘हामी ग्राहकको रोजाईअनुसार र उनीहरुको शारिरीक बनोटसँग मिल्ने गरि पहिरनको डिजाइन गर्छौँ । र, तुलनात्मक रुपमा हामी अरुभन्दा सस्तोका साथै गुणस्तरका सामान उपभोक्तामाझ पु¥याईरहेका छौँ ।’ संचालक गुरुङले बताईन् । करिब ५५ लाख रुपैयाँ लगानीमा शुरु भएको बुटिकले लगानी अझै विस्तार गरिरहेको छ । हाल बुटिकमा ६ जनाले रोजगारी पाएका छन् ।

आईतबार भएको बुटिकको शुभारम्भ कार्यक्रममा संचालक स्नेहाका बुवा चित्रबहादुर लेकाली गुरुङले आफ्नी छोरीले विदेशमा अध्ययन गरेर नेपालमै फर्केर व्यवसाय शुरुवात गरेको आफूलाई निकै मन परेको बताए । छोरीको पौरखबाट आफु निकै खुशी भएको प्रतिक्रिया दिँदै उनले बुटिक व्यवसायमा आफ्नी छोरी स्थानिपत भएको हेर्न चाहेको बताए । त्यस्तै संचालककी आमा पञ्चप्यारी गुरुङले पनि छोरीलाई आर्शिबाद दिईन् ।

शुभारम्भ कार्यक्रममा पोखरा ट्रेड मलका व्यवस्थापक माधव तिमिल्सिना, गुरुकुल म्यूजिक सेन्टरका तीर्थराज पोखरेल, टोल विकास संस्था वडा नम्बर ९ का अध्यक्ष उत्तम जोशी लगाएतले बुटिकको व्यवसायिक सफलताको कामना गरेका थिए । कार्यक्रम अस्मिता गुरुङले संचालन गरेकी थिईन् ।

तस्वीर: सन्दिप जोशी

Check Also

बिग एफएम नवनियुक्त स्टेशन म्यानेजर अधिकारीको पहिलो निर्णय: ‘न्यूनतम पारिश्रमिक लागू’

पोखरा, १० असार । पश्चिमाञ्चलकै नम्बर वान एफएम बिग एफएम १०१.२ मेगाहर्जले न्यूनतम पारिश्रमिक लागू गर्ने …