Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » अष्ट्रेलियाको ‘क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूट’को ‘ब्राण्ड एम्बेसडर’मा ज्योतिष हरिहर अधिकारी

अष्ट्रेलियाको ‘क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूट’को ‘ब्राण्ड एम्बेसडर’मा ज्योतिष हरिहर अधिकारी

बिग न्यूज
पोखरा, २७ पुस । अष्ट्रेलियाको क्विन्सल्याण्ड इन्टरनेशनल इन्स्टिच्यूटले युवा ज्योतिष हरिहर अधिकारीलाई वर्ष २०१८ का लागि नेपालको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्ने भएको छ । नियुक्तिका लागि इन्स्टिच्यूटले उनलाई अष्ट्रेलिया निम्ताएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा रहेको इन्स्टिच्यूटको निम्तो मान्दै ज्योतिष अधिकारी त्यसतर्फ प्रस्थान गरेका छन् ।

अधिकारीले अष्ट्रेलिया रहँदा ब्राण्ड एम्बेसडरको नियुक्ति एक विशेष समारोहका बीच लिने कार्यक्रम रहेको छ । त्यसका साथै उनले सो शैक्षिक संस्थाको उपलब्धि, यसका फरक फरक कार्यक्रमहरुको बारेमा जानकारी लिनेछन् । त्यो बाहेक उनले संस्थाका सदस्यहरु एवं यस संस्थामा अध्यय्नरत विद्यार्थीहरुसँग साक्षात्कार गर्नेछन् ।

यस लगायत ज्योतिष अधिकारीले क्विन्सल्यान्ड राज्यको प्रमुख स्थानहरु घुम्ने, खानपिन तथा रहनसहनको बारेमा जानकारी लिने, त्यहाँ रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय भएको छ । ज्योतिष अधिकारी अष्ट्रेलियामा एक महिनासम्म रहनेछन् ।

Check Also

पोखरा इन्टरनेटको बिल अब ‘इ–सेवा’बाट भुक्तानी गर्न सकिने

रेम बिक पोखरा, २८ कात्तिक । ‘पोखरा इन्टरनेट’का सेवाग्राहीले अब ‘इ–सेवा’ मार्फत आफ्नो बिल भुक्तानी …