Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » Featured » हरिहरलाई ‘बेस्ट एष्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड

हरिहरलाई ‘बेस्ट एष्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड

बिग न्यूज
पोखरा, १३ जेठ । ज्योतिष हरिहर अधिकारी ‘बेस्ट एस्ट्रोलोजर अफ दी नेपाल’ अवार्ड बाट सम्मानित भएका छन् । शनिबारदेखि पोखरामा शुरु भएको चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलनको क्रममा अधिकारीले सो अवार्ड प्राप्त गरेका हुन् ।

दक्षिण एसियाली ज्योतिष महासंघले अधिकारीलाई नेपालमा रहेर बैज्ञानिक हिसाबले ज्योतिषशास्त्रको प्रबद्र्धन गरेको भन्दै अवार्ड प्रदान गरेको हो । महासंघका प्रतिनीधिसँगै प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंगले अधिकारीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

अवार्ड पाएपछि अधिकारीले ज्योतिष विज्ञानको क्षेत्रमा आफुले अझै धेरै गर्ने हौसला प्राप्त गरेको प्रतिक्रिया दिए । उनले नेपालको ज्योतिष विज्ञानको क्षेत्रमा आफुले धेरै गर्नुपर्ने कामहरु रहेको बताउँदै आगामी दिनमा पनि यहि क्षेत्रमा रहेर ज्योतिष विज्ञानलाई नयाँ उचाई दिने प्रतिबद्धता जनाए ।अधिकारी बिग एफएमका अफिसियल ज्योतिष पनि हुन् ।

महासंघको आयोजनामा भएको कार्यक्रम आइतबार सकिएको छ । सम्मेलनमा नेपाल सहित भारत, कोरिया, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड, मलेसिया, हङकङ, इण्डोनेसिया लगायतका ११ देशका प्रतिनिधीको सहभागिता रहेको ज्योतिष सम्मेलन मुल तयारी समितिका संयोजक डा. लोकराज पौडेलले जानकारी दिए ।

सम्मेलनमा ज्योतिषहरुले पालना गर्ने आचार संहिता कस्तो बनाउने, ज्योतिषीको मान्यतालाई दक्षिण एशिया भित्र कस्तो बताउने, नयाँ पुस्तालाई ज्योतिष विज्ञानप्रति आर्कषण कसरी बनाउन लगाएतका विषयमा छलफल गरेका थिए ।

सम्मेलनमा पत्रकारीताको क्षेत्रबाट ५ जना र अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । निर्भिक पत्रकारिता गरेको आधारमा ताण्डव न्यूज साप्ताहिकका अर्जुन गिरिलाई पनि महासंघले सम्मान गरेको थियो । सोहि क्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम, राष्ट्रिय धर्म सेवा नेपालका अध्यक्ष एवं पूर्व पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. माधव भट्टराई, प्रा. श्रीकृष्ण अधिकारी, संस्कृति एवं ज्योतिषविद डा. जगमान गुरुङ, एसियन एष्ट्रोलोजर कांग्रेस भारतका सभापति डा. सत्य विश्वास, वरिष्ठ वास्तुविद डा. माधव मंगल जोशी लगायतलाई अभिनन्दन गरीएको थियो ।

Check Also

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । …