Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » मनोरञ्जन » युवा ज्योतिष हरिहर अधिकारी अब ‘शुभ लभ’ का नायक

युवा ज्योतिष हरिहर अधिकारी अब ‘शुभ लभ’ का नायक

टिभीको सानो पर्दामा देखिँदै आएका चर्चित युवा ज्योतिष हरिहर अधिकारीलाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । त्यो पनि ज्योतिषका रुपमा होइन, नायकका रुपमा । सानै उमेरमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त ज्यो. अधिकारीले चलचित्र ‘शुभ लभ’ बाट डेव्यु गर्दैछन् ।

निर्माता प्रदीप कुमार उदयले निर्माण गर्ने उक्त चलचित्र ‘शुभ लभ’ बाट उनले नायकको रुपमा डेव्यु गर्न लागेका हुन । उनकै लेखन रहेको फिल्म ‘शुभ लभ’ को शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । फरक प्रेम कथा बाकेको चलचित्र ‘शुभ लभ’ मा हरिहरसँग मिस टिन २०१७ कृष्टिना पौडेलले स्क्रिन शेयर गर्दैछिन् ।

सन्तोष बाबु लोहरीले निर्देशन गर्ने ‘शुभ लभ’ लभस्टोरी कमेडी जनरामा निर्माण हुने बताइएको छ । फिल्ममा हरिहर र कृष्टिनीसँगै नायक प्रदीप बास्तोला, अभिनेता सरोज खनाल, अग्रज कलाकार राजाराम पौडेल, रविन्द्र झाको अभिनय रहेनछ । साथमा, डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने प्रेसमिटमा जानकारी गराइयो ।

भाद्र १५ गतेबाट फ्लोरमा जाने फिल्मको प्रदर्शन मिति चैत १५ गतेलाई तोकिएको छ । अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

‘शुभ लभ’ बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । कस्ट्युम डिजाइन रोबिन परियारले गर्नेछन् । चलचित्रको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायत क्षेत्रमा हुने फिल्म युनिटले जनाएको छ ।

Check Also

चौथो मिस तामाङ पोखरा माघ १९ गते हुने, तयारी तीब्र

पोखरा । मिस तामाङ पोखराको चौथो संस्करण आगामी माघ १९ गते हुने भएको छ । …