Listen BIG FM 101.2 MHz LIVE

Breaking News
Home » राष्ट्रिय » अपडेट: हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जीवितै

अपडेट: हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु, एक जीवितै

गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङ नभई नुवाकोटमा दुर्घटना भएको खुलेको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाका अनुसार हेलीकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका ४ मा दुर्घटना भएको हो। हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ। सोही हेलीकोप्टरमा सवार डोल्मा आनी भने जीवितै रहेको बताइएको छ। उनको उद्धारको प्रयास भइरहेको प्रहरीले जनायो।

सामागाउँबाट उडेको उक्त हेलीकोप्टरमा पाँच जना नेपाली, एक जापानी र पाइलट निश्चल केसी सवार रहेको नुवाकोट जिल्ला प्रशासनले पुष्टी गरेको छ। हेलीकोप्टरमा गोरखाको चुमनुब्री गाउँपालिकास्थित ल्हो गाउँकी आनी डोल्मा, चुमनुब्री १ साम्दोका छेवाङ नुर्बु, सिन्धुपाल्चोकका सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कामात्सु, रामेछापका दिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा सवार थिए।

सम्बन्धित समाचार

गोरखाबाट काठमाण्डौ उडेको हेलिकोप्टर दुर्घटनाग्रस्त

Check Also

प्रदेशलाई सघाउँदै स्विस सरकार

कात्तिक २९,पोखरा । प्रादेशिक सडक अन्तर्गत आवश्यकमोटरवेल पुलनिर्माणमा स्विस सरकारले सहयोग गर्ने भएको छ । …